क्रान्तिकारी कम्युनिस्ट पार्टी अर्घाखाँचीको अधिवेशन, प्रशिक्षण तथा बैठक सम्पन्न

News Political

काडमाडाैँ : मोहन बैध ‘किरण’ नेतृत्व को नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला ‘कञ्ंचन’ नेतृत्व नेकपा (बहुमत) बीच मजदुर दिवस अवसर पारी बैशाख १८ गते पार्टी एकता भई देशैभरि पार्टी एकता प्रक्रिया अगाडि बढेको सन्दर्भमा अर्घाखाँची जिल्लामा शनिबार क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको पुर्नगठन भएको छ ।

पार्टीले प्रदेश हुँदै जिल्ला सम्म एकता प्रक्रिया अगाडि बढाएको हो जस अन्तर्गत आज असार २३ गते शनिबार क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अर्घाखाँची जिल्ला संगठन समिति को एकता अधिबेशन , प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । एकता अधिबेशनले टकमान रावत ज्वालाको नेतृत्व तथा संयोजकत्वमा २९ सदस्य जिल्ला सम्मेलन आयोजना समिति गठन गरेको हो। अधिबेशनमा क. ज्वालाको अध्यक्षतामा, पार्टी प्रदेश इन्चार्ज प्रमोदको प्रमुख आतिथ्यता पार्टी सचिवालय सदस्य तथा प्रदेश सह– संयोजक समीर, पार्टी प्युठान जिल्ला इन्चार्ज, पार्टी अर्घाखाँची जिल्ला इन्चार्ज हुकुम र विद्यार्थी प्रदेश संयोजक तथा पार्टी पुर्ब अर्घाखाँची सचीव नवीन खड्का ‘बारुद’को विशेष उपस्थितिमा सम्पन्न भयो।

अधिबेशन, प्रशिक्षण तथा बैठकमा जिल्ला भरिबाट साबिकका दुई पार्टीका जिल्ला कमिटी सदस्यहरुको उपस्थिति भएको थियो ।

Panini Newsबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *