काठमाडौँ : जन बिहानी राष्ट्रिय मासिकका मुख्य बजार व्यवस्थापक नरेन्द्र रिजाल ‘सेराल’लाई मातृ शोक परेको छ । जन बिहानी राष्ट्रिय मासिकका प्रकाशक विपना ओलीले बुधबार श्रद्धाञ्जली तथा समवेदना विज्ञप्तिमार्फत जानकारी दिएकी छन् ।
उनले श्रद्धाञ्जली तथा समवेदना विज्ञप्तिमा भनेकी छन् ‘यस संस्था जन बिहानी राष्ट्रिय मासिकका मुख्य बजार व्यवस्थापक नरेन्द्र रिजाल ‘सेराल’की ममतामयी आमा नखरी रिजालको २०८० साल असार ६ गते बेलुका १०ः२० बजे कैलाली जिल्ला, लम्कीचुहा नगरपालिका वडा नं. ६ चैनपुरमा निधन भएको छ । मृतक आमाको स्वास्थ्य उपचारको लागि २०८० जेठ ३१ गते लम्कीचुहा नगरपालिका अस्पतालमा भल्कामा भर्ना गरेर निमोनिया रोगको उपचार गरी अस्पतालले २०८० असार ५ गते डिस्चार्ज गरेको थियो । डिस्चार्ज भएको एक दिन पछि ६ गते बेलुका १०ः२० बजे घरमा मृत्युु भएको छ । मृतक आमा नखरी रिजालका श्रीमान कपुरिंह बिश्वकर्मा, छोराहरु देव रिजाल, डम्मर रिजाल, नरेन्द्र रिजाल ‘सेराल’ हुनुहुन्छ । मृतक आमाको निधनप्रति हामी स्तब्ध भएकाछौँ । नरेन्द्र रिजाल ‘सेराल’की ममतामयी आमाको दुःखद् निधनमा आमाप्रति जन बिहानी राष्ट्रिय मासिक परिवार भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौँ । साथै नरेन्द्रलगायत सम्पूर्ण परिवारमा गहिरो समवेदना व्यक्त गर्दछौँ ।’
बिहीबार कर्णाली चिसापानी नदिमा दहासंस्कार कार्यक्रममा मृतक आमा नखरी रिजालको पार्थिक शरिरमा कम्युनिस्ट पार्टीकाे झण्डा ओडाएको बताइकाे छ ।