विप्लवका मजदुर नेता कुमालद्वारा विद्राेह, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालमा प्रवेश

News Political

चितवन : विप्लवले नेतृत्व गरेको नेकपा निकट मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघमा लामो समयसम्म क्रियाशील रहेका चितवन जिल्लाका मजदुर नेता समर कुमाल उक्त पार्टीबाट विद्रोह गरी क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल चितवनमा आवद्ध भएका छन् ।

सोमबार समर कुमालले विज्ञप्तिमार्फत विप्लवले समाजवादी मोर्चामार्फत दलाल संसदीय व्यवस्थाको पुच्छर बनेकाले सो पार्टी तथा मजदुर संगठन परित्याग गरी क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालमा प्रवेश गरेका हुन् ।

समर कुमालले विज्ञप्तिमा भनेका भनेका छन्, ‘म समर कुमाल विगत केही बर्षदेखि नेकपा (विप्लव) ले नेतृत्व गरेको मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको चितवन जिल्ला सदस्यमा रही काम गर्दै आएको थिए । (विप्लव) ले समाजवादी मोर्चामार्फत दलाल संसदीय व्यवस्थाको पुच्छर बनेकाले आजकै मितिदेखि सो पार्टी तथा मजदुर संगठन परित्याग गरेको छु ।’

कुमालले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘साथै सर्वहारा वर्गको आशा र भरोसा बनेको क्रान्तिकारी पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले लिएको नीति तथा जनवादी क्रान्ति हुँदै वैज्ञानिक समाजवादीमा जाने तथा दलाल संसदीय व्यवस्थाका विरुद्ध लड्ने शक्तिप्रति म आजकै मितिदेखि पूर्ण विश्वस्त रही क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालमा आवद्ध रहेको जानकारी गराउछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *