सर्लाही : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको आयोजनामा महान सहिद कुमार पौडेलकाे पाचौं स्मृति सभा सम्पन्न भएकाे छ । मंगलबार सर्लाहीको, हरिवनमा सप्पन्न भएकाे सभामा सहिद कुमार पौडेलको बुवा खिलकराज पौडेलको उपस्थितिमा, मधेस प्रदेश इन्चार्ज सागरको प्रमुख आतिथि, मधेश प्रदेश सह-संयोजकद्वय नयन, सर्वजित, एकता महाधिवेशन आयोजक समिति सदस्यहरु विमला, अनुपम, अविनास, अर्जुनको आतिथि रहेका थिए ।
मधेश प्रदेश सदस्य सन्ध्या प्रधानको अध्यक्षता र मधेश प्रदेश सदस्य विहानीले सञ्चालन गरेकाे कार्यक्रममा महान सहिदहरुको सपना पुरा गर्ने नेताहरूले प्रतिबद्दता व्यक्त गरेका थिए ।
