भाकपा (माओवादी) नेता आनन्दको निधनप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टीको भावपूर्ण श्रद्धाञ्जली

International News

काठमाडौं : भारतको कम्युनिस्ट पार्टी (माओवादी) केन्द्रीय समितिको पोलिटब्युरो सदस्य कटकम शुदर्शन कमरेड आनन्दको यही ३१ मे २०२३ का दिन असामयिक निधन भएकोमा क्रान्तिकारी कम्युनिस्ट पार्टीले गहिरो शोक व्यक्त गरेको छ ।

पार्टीका प्रवक्ता कञ्चनले जारी गरेको शोक वक्तव्यमा कमरेड आनन्दको निधनले भाकपा (माओवादी), भारतीय क्रान्ति र अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनलाई समेत अपुरणीय क्षति पुगेको उल्लेख गरिएको छ ।

भाकपा माओवादी पार्टीका प्रवक्ता अभयको वक्तव्यमा उल्लेख भए अनुसार कमरेड आनन्द ६९ वर्षको हुनुहुन्थ्यो र उहाँ लामो समयदेखि क्रोनिक ब्रोङ्काइटिस, मधुमेह, अधिक रक्तचापको समस्याले पीडित हुनुहुन्थ्यो भन्दै यो अपुरणीय क्षतिलाई अमोघ शक्तिमा बदल्न भाकपा (माओवादी) सक्षम हुनेछ भत्रे कुरामा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल विश्वस्त रहेको उल्लेख गरिएको छ र कमरेड आनन्दप्रति भावपूर्ण श्रद्धाञ्जली सहित लाल सलाम अर्पण गरिएको छ । साथै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *