क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जाजरकोटकाे प्रथम बैठक सम्पन्न

News Political

जाजरकोट : माेहन वैद्य “किरण” नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल,जिल्ला संगठन समिति जाजरकोटकाे प्रथम बैठक सम्पन्न भएकाे छ ।

सबै खाले संशोधनवाद,तिव्र महत्वआँकाक्षि अवसरवाद र फुटवादलाई ध्वस्त पाराैं ,एकताको पक्षमा उभिदै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे कार्यदिशा वैज्ञानिक समाजवादको बाटाेमा दृढतापुर्वक अगाडि बढाैं ,विकृति दलाल ब्यवस्थाका विरुद्ध धावा वाेलाैं,भ्रष्टाचार मुक्त समाज निर्माण गराैं भन्ने मुल उद्धेश्यका साथ पहिलो बैठक सम्पन्न भयकाे पार्टी संयोजक हिमालले जानकारी गराएका छन् ।

बैठकले तत्काल भ्रष्टाचार बिरुद्धकाे भण्डाफोर अभियान सुरू गर्ने घाेषणा गरेको छ । वैठकमा पुर्व जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर बिजयलाई सम्मान गरिएकाे थियाे । बैठक संचालन संयोजक हिमालले गरेका थिए भने पार्टी केन्द्रकाे निर्णय र आगामी कार्यक्रम बारे ईन्चार्ज धमिलले प्रशिक्षण दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *