पाेखरा : जनता समाजवादी पार्टीका प्रदेश कमिटी सदस्य तथा समाजवादी ट्रेड युनियन महासंघ गण्डकी प्रदेश इन्चार्ज झलक पौडेलको नेतृत्वमा प्रदेश कमिटी आध्यक्ष भुवन भट्टराई,उपाध्यक्ष केशव थापा,सचिव दिपक अधिकारीलगायत सिङ्गो प्रदेश कमिटी,साथै कास्की जिल्लाको पनि अध्यक्ष लगायत सिङ्गो जिल्ला कमिटी लगायत सयौं नेताकार्यकर्ता नेकपा (बहुमत)मा ध्रुवीकरण भएको छ ।
शुक्रबार पार्टी प्रवेश कार्यक्रम अायाेजना गरि प्रमुख अतिथि नेकपा (बहुमत) कास्की जिल्ला इन्चार्ज गोकुल, कार्यक्रममकाे अध्यक्षता पार्टी जिल्ला संयोजक बद्री, संचालक प्रमोद सिंहले गरेका थिए भने कार्यक्रममा पार्टीका जिल्ला सदस्यहरू पनि सहभागि भएका थिए । प्रमुख अतिथि नेकपा (बहुमत) कास्की जिल्ला इन्चार्ज गोकुलले देशकाे समसामयिक बिषय बस्तु, अबको एकता क्रान्तिकारीहरु बिचको एकता र वर्गसंघर्षको लागि आवश्यक रहेको समेत बताए ।
