अगस्ट ब्लाङ्की | बुटवल
नेपाल गोजुरियो कराते दो संघ लुम्बिनी प्रदेशको प्रथम अधिबेशन सम्पन्न भएको छ। नेपाल गोजुरियो कराते दो संघका महासचिव तथा प्रमुख प्रशिक्षक एवम् नेपाल कराते महासंघका सचीव बि.आर मित्रको अध्यक्षता र प्रदेश खेलकुद परिषद लुम्बिनी सदस्य सचीव जय प्रकाश भट्टराईको प्रमुख आतिथ्यतामा प्रदेश संघ गठन भएको छ।
विशिष्ट अथिती नेपाल कराते महासंघका बरिष्ठ उपाध्यक्ष हरिशरण के.सि, अथिती श्याम शेर्पा, पवन पौडेल लगायतको उपस्थिति रहेको थियो। तेज बिक्रम वलिको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण कराते प्रशिक्षक केशब विक ले गर्नुभएको थियो।
तपशिल-
अध्यक्ष :- उमा शंकर घिमिरे
उपाध्यक्ष :- निशाना रोका मगर
सचीव :- तारा बहादुर वलि
कोषाध्यक्ष :- तेज बिक्रम वलि
सदस्यहरु :- एमेसन चौधरी, सत्यदेब थापा, अस्मिता बोगटी, सरोज थापा, पुजा राणा