नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी)बीच पार्टी एकता गर्ने ऐतिहासिक निर्णय

National News Political

पार्टी एकतासम्बन्धी जानकारी दिन शुक्रबार पत्रकार सम्मेलन हुँदै

काठमाडाैँ : नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी)बीच पार्टी एकता गर्ने ऐतिहासिक निर्णय
काठमाडौँ : नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) बीच पार्टी एकता गर्ने ऐतिहासिक निर्णय भएको छ । दुवै पार्टीको एकता संयोजन समितिको बैठकले ऐतिहासिक मे दिवसका दिन वैशाख १८ गते सोमबार पार्टी एकता गर्ने निर्णय भएको हो । अन्य क्रान्तिकारी मालेमावादीहरूसँग पनि पार्टी एकता र क्रान्तिकारी ध्रुवीकरणका लागि छलफल र बहस भइरहेको जनाइएको छ ।
नेकपा (बहुमत) केन्द्रीय कार्यालयले दिएको जानकारीअनुसार शुक्रबार मध्याह्न काठमाडौँ अनामनगर धोबीखोला किनारमा रहेको इच्छुक सांस्कृतिक प्रतिष्ठानको सभाहलमा पार्टी एकता सम्बन्धमा जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएको छ ।
नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) बीच हुन लागेको पार्टी एकता सम्बन्धमा जानकारी दिन दुवै पार्टीका शीर्ष नेतृत्वले सम्बोधन गर्ने गरी जनआन्दोलन दिवसका दिन चैत २४ गते मध्याह्न १२ बजे संयुक्त पत्रकार सम्मेलन आयोजना गरिएको जानकारी नेकपा (बहुमत) को केन्द्रीय कार्यालयले दिएको हो । कार्यक्रममा नेपालको दलाल पुँजीवादी संसदीय व्यवस्थाविरुद्ध जारी सङ्घर्षलाई जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने खाका सम्बन्धमा दुवै पार्टीका शीर्ष नेताहरूले पत्रकारका जिज्ञासा सम्बोधन गर्नेछन् ।
कार्यक्रममा उपस्थित भएर पार्टी एकतासम्बन्धी जानकारी हासिल गर्न दुवै पार्टीले कार्यकर्ता, समर्थक, शुभचिन्तकहरूलाई आह्वान पनि गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *