महेन्द्रनगर: शनिबार कञ्चनपुरमा ४ वटा सरकारी मोटरसाइकल व्यक्तिगत काममा गुडाइएको सरकारी सवारीसाधनलाई नेकपा (बहुमत)ले नियन्त्रणमा लिएकाे छ।
शनिबार नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को सहायक संगठन युवा जनस्वयमसेवक नेपाल कञ्चनपुर र अखिल (क्रान्तिकारी) ले बिदाका दिन गुडाइएका सवारीसाधन नियन्त्रणमा लिएर ट्राफिक कार्यालय महेन्द्रनगरलाई बुझाएका छन्।
उनीहरुले बैतडीस्थित शिवनाथ गाउँपालिकाको जिन्सीफाँट, घरेलु तथा साना उद्योग कार्यालय महेन्द्रनगर, पूर्वाधार विकास कार्यालय महेन्द्रनगर र लालझाडी गाउँपालिकाको सरकारी मोटरसाइकल नियन्त्रणमा लिएर ट्राफिक प्रहरीलाई बुझाएको नेकपा (बहुमत) का कार्यालय सचिव दीपेन्द्र ऐरीले जानकारी दिएका छन्।