एमालेका रघुनाथ उप्रेती नेकपा (बहुमत) मा प्रवेश

News Political

दोलखा : नेकपा एमालेमा लामो समयसम्म क्रियाशील रहेका दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १, पोवटीका रघुनाथ उप्रेती उक्त पार्टीबाट विद्रोह गरी बिहीबार नेकपा (बहुमत) मा लामबद्ध भएका छन् ।
नेकपा (बहुमत) दोलखाले पोवटीमा आयोजना गरेको कार्यक्रममा नेकपा एमालेको क्रियाशील सदस्यता र उक्त पार्टीको किसान सङ्गठनको जिल्ला समिति परित्याग गरी उप्रेती पार्टी प्रवेश गरेका हुन् । नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य एवम् दोलखा–सिन्धु्पाल्चोक इन्चार्ज विनयराज शर्माले उप्रेतीलाई विधान पढाउनुका साथै प्रतिबद्धता व्यक्त गराएर पार्टी प्रवेश गराएका हुन् ।
नेकपा (बहुमत) मा प्रवेश गरेपछि उप्रेतीले नेकपा एमाले, नेकपा माकेलगायत पार्टी दलाल संसदीय व्यवस्थाका मतियार भएकाले उनीहरूले क्रान्ति नगर्ने निष्कर्ष निकालेर नेपालको एक मात्र मालेमावादी क्रान्तिकारी पार्टी नेकपा (बहुमत) मा प्रवेश गरेको बताएका थिए ।
पार्टी प्रवेश कार्यक्रममा अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का केन्द्रीय सदस्य गोपाल उप्रेती, युवा जनस्वयम्सेवक नेपालका केन्द्रीय सदस्य भरत घिसिङलगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *