पूर्व त्रिबेनी गाउँपालिका अध्यक्षको स्ववियु निर्वाचनमा दादागिरी

Education

रुकुम पश्चिम् : रुकुम पश्चिमको त्रिबेनी गाउँपालिकाको सिम्रतु क्याम्पसमा स्वबियु चुनावमा मनोनयन दर्ताको बेला सोही गाउँपालिका पुर्ब अध्यक्ष तथा माओबादी केन्द्रका केन्द्रिय सदस्य समेत रहेका झक्कु प्रसाद घर्तीले संयुक्त प्यानलको मनाेनयन दर्ता फाईल च्यातिदिएका छन ।

क्रान्तिकारी-बहुमत ,अखिल क्रान्तिकारी-बिप्लब, र नेबिसंघको संयुक्त प्यानलको मनोनयन दर्ता फाइल घर्तीले च्याति दिएका हुन । जाँड खाएको नसामा, स्थानीय ट्यापे गुण्डा र रोल्पा जिल्लाबाट बोलाइएका भाडाका गुण्डाहरु लाई पनि प्रयोग गरेर दादागिरी,सैलिमा अखिल क्रान्तिकारी-बहुमत ,अखिल क्रान्तिकारी-बिप्लब, र नेबिसंघ को संयुक्त प्यानल को मनोनयन दर्ता फाइल च्यातेर फालेको अखिल (क्रान्तिकारी) रूकुम पश्चिमले जनाएको छ । माके निकट अखिल क्रान्तिकारी लाई एकल प्यानल घोषणा गर्ने उनकाे योजना छ ।

उनी माथी पहिले देखि नै आर्थिक अनियमितता ब्रहम लुट मच्चाएको र फेरि पनि त्यसैको निरन्तरता दिनको निमित्त यस्तो गैर राजनैतिक हर्कत गरेको अार‍‍ोप छ । क्याम्पसका सञ्चाक समितीका अध्यक्ष समेत रहेका चन्द्रबहादुर खड्काको पनि ठूलो चलखेल रहेको जानकारी दिएको छ, भने खड्का पनि पुर्ब वडा अध्यक्ष हुदा लाखौँ अनियमितता गरेको,नियम बिपरित आफ्नो डोजरलाई मात्र काम दिएको उनी माथी पनि आरोप छ ।

पुर्ब अध्यक्ष घर्तीले ज्यान मार्ने धम्की दिएको अखिल क्रान्तिकारी (बहुमत) रुकुम ले जनाएको छ, साथै यस्तो हर्कत गर्ने झक्कु प्रशाद घर्ती लगाएत संलग्न जो कोहि लाई कार्बाही गर्न र सिम्रतु क्याम्पसको स्वबियु निर्बाचन खारेज हुनु पर्ने संयुक्त विद्यार्थी संगठनले माग राखेको छ।

संगठनले यस्तो हर्कत गर्नेहरु सँग उचित समयमा जस्तो सुकै मुल्य चुकाउने जानकारी दिएको छ।
https://madhyanhapost.com/बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *