राजनीतिक सहमति कार्यान्वयन गर्न नेकपा (बहुमत)सहित ४ कम्युनिस्ट पार्टीद्वारा सरकारसँग माग

National News Political

संक्रमणकालीन न्यायका सम्बन्धमा गम्भिर ध्यानाकर्षण

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत), नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) सहित ४ कम्युनिस्ट पार्टीलेसशस्त्र संघर्षका घटनाक्रमहरुलाई संक्रमणकालीन न्यायको सिद्धान्तअनुरुप मेलमिलापपूर्ण समाधान र निरुपण सत्य निरुपण तथा मेलमिलाप आयोगले गर्ने गरी विस्तृत शान्ति सम्झौताको भावना र मर्म रहेको भन्दै सोहीअनुसार छिटै सत्य निरुपण तथा मेलमिलाप आयोगलाई पूर्णता दिई त्यससँग आवश्यक सम्पूर्ण प्रक्रिया यथाशीघ्र अघि बढाएर शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याईयोस भन्ने अपिल गरेका छन् ।

संक्रमणकालीन न्यायका सम्बन्धमा चलिरहेको चर्चाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै चार कम्युनिस्ट पार्टीले तत्कालीन विद्रोही नेकपा (माओवादी) र नेपाल सरकारबीच विस्तृत शान्तिसम्झौताको उद्देश्य राजतन्त्रको अन्त्य र आर्थिक, सामाजिक रुपान्तरणसहितको जनपक्षीय लोकतन्त्र स्थापना गर्नु भएपनि प्रथम संविधानसभाको विघटनसँगै त्यसमाथि गम्भीर कुठाराघात भएको बताएकाछन् ।

चार पार्टीको आज बसेको बैठकपछि जारी संयुक्त अपिलमा जनयुद्धकालीन मुद्दामा कैयौँ साथीहरु अझै जेलमा रहेको अवस्था हुँदाहुँदै राज्यले गतकालमा विभिन्न राजनीतिक पक्षहरुसँग गरेका सहमतिहरुसमेत कार्यान्वायन नगरेको भन्दै सरकारसँग ती सम्पूर्ण सहमतिहरुको कार्यान्वयन गर्न चारपार्टीले सरकारसँग माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *