कञ्चनपुर : नेकपा (बहुमत)को सहायक संगठन युवा जनस्वयमसेवक संघ नेपाल कञ्चनपुरको अध्यक्षमा गोकर्ण जोशी चयन भएका छन् । आइतबार महेन्द्रनगरमा सम्पन्न भएको युवा जनस्वयमसेवक संघ नेपाल कञ्चनपुरको दोस्रो जिल्ला भेलाबाट अध्यक्षमा जोशी सर्वसम्मत भएका हुन् ।
युवा जनस्वयमसेवक संघ नेपाल नेता दिपेन्द्र सिह ऐरीले सहमतीय आधारमा कार्य समिति चयन गरिएको बताए । उनका अनुसार उपाध्यक्ष भुवन भट्ट, सचिव पदम नेपाली, सह सचिव मुन्नी चौधरी, जगदिश जोशी, कोषाध्यक्ष जिवन ठगुन्ना सहित रहेका छन् ।
युवा जनस्वयमसेवक संघ नेपालका केन्द्रीय सदस्य हरिस भट्टको प्रमुख आथित्यमा भएको थियो । कार्यक्तममा नेकपा (बहुमत) सेती महाकाली ईन्चार्ज महान, प्रबास ब्यूरो इन्चार्ज डिडि पाण्डे, नेकपा जिल्ला इन्चार्ज अर्जुन लगायतका नेता कार्यकर्ताको उपस्थितिमा सम्मेलन भएको थियो । नेकपा बहुमत, युवा जनस्वयमसेवक संघका नेताहरुले नव चयन भएको युवाको टिमलाई जनहितका पक्षमा काम गर्न सुझाव दिएका छन् ।