शान्तिबाटिकामा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रम भव्य रुपमा सम्पन्न

News Political

काठमाडौं : तीन क्रान्तिकारी महिला संगठनहरुको संयुक्त अयोजनामा आयोजित ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस काठमाडौंको रत्नपार्क शान्तिबाटिकामा भव्य रुपमा सम्पन्न भएको छ ।

नेकपा (बहुमत) निकट अखिल नेपाल महिला संगठन, नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) र नेकपा (मशाल) निकट अखिल नेपाल महिला संघले ‘स्वाधीनता, समानता र जनगणतन्त्रका लागि संघर्ष गरौं, ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपमा मनाऔं’ भन्ने मूल नाराका साथ कार्यक्रमको आयोजना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *