पाल्पा : पाल्पामा नेपाल कम्युनिस्ट कम्युनिस्ट पार्टी (बहुमत) चाैथाे बैठक सम्पन्न भएको छ । नेकपा(बहुमत) सम्पन्न केन्द्रीय समितिकाे पाँचौ पुर्ण बैठककाे भाव सम्प्रेषण एवम् कार्यवन्यनका लागि उक्त बैठक आयाेजना गरिएको उक्त पार्टीका जिल्ला संयाेजक दिग्दर्शनले बताएका छन् ।
बैठकले लघुवित्त,मिटरव्याज,स्वास्थ्य माफिया,मेडिकल माफिया,बैंकिङ्ग चर्को व्याज,शैक्षिक व्यापार,भ्रष्टाचार,कालाेबजारि,राष्ट्रिय उद्योग एवम् क्षेत्रीय उद्योग स्थापनार्थ संघर्ष गर्ने समेत निर्यण गरेको छ । साथै तीन पार्टी नेपाल कम्युनिस्ट पार्टी(बहुमत), नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा(मशाल) क्रान्तिकारी पार्टी एकताको पक्षमा दृढता पुर्वक उभिने निर्यण समेत गरेको छ ।
बैठकका नेपाल कम्युनिस्ट पार्टी(बहुमत) का केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला ईन्चार्ज सितलले “अब क्रान्तिकारी सहितको क्रान्तिकारी वर्गसंघर्ष अनिवार्य भएको बताउनुभयो,उहाँले विद्यमान दलाल सत्ता सामु लम्पसार परेर न्याय नमिल्ने बरु वर्गसंघर्षले मात्रै सर्वहारा वर्गको मुक्ति मिल्ने समेत बताए ।”