युवा जनस्वयम्सेवक नेपाल सिराहाको प्रथम सम्मेलन सम्पन्न

National News

सिराहा : नेकपा (बहुमत) को सहायक सङ्गठन युवा जनस्वयम्सेवक नेपाल सिराहाको प्रथम सम्मेलन जिल्लाको गोलबजारमा भव्यतापूर्वक सम्पन्न भएको छ ।
नेकपा (बहुमत) का केन्द्रीय कार्यालय सदस्य एवम् सङ्गठनका फ्र्याक्सन इन्चार्ज उदयबहादुर चलाउने ‘दीपक’ को प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनमा नेकपा (बहुमत) का सचिवालय सदस्य तथा मधेस ब्युरो इन्चार्ज नयन, युवा जनस्वयम्सेवक नेपालका केन्द्रीय अध्यक्ष हरिश भट्ट, नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिकी सदस्य विमला, पार्टी सल्लाहकार समितिका सदस्य झमानसिंह, युवा जनस्वयम्सेवक नेपालका उपाध्यक्ष अविनाश अतिथिका रूपमा सहभागी थिए ।
त्यसैगरी नेकपा (बहुमत) सिराहाका संयोजक प्रवीण, नेकपा (बहुमत) सर्लाहीका संयोजक बिहानी, नेकपा (बहुमत) सप्तरीका संयोजक दीपेन्द्र, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का उदयनारायण, अखिल नेपाल जनसांस्कृतिक महासङ्घकी केन्द्रीय सदस्य सीमा राय पनि अतिथिका रूपमा सहभागी थिए ।
महान् सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेर आरम्भ गरिएको सम्मेलनका क्रममा युवाहरूको ¥याली निकालिएको थियो । सम्मेलनमा स्वागत मन्तव्य श्रवणले र शुभकामना मन्तव्य अविनाशले राखेका थिए । कार्यक्रमको सञ्चालन तेजाब र अध्यक्षता योगेश यादवले गरेका थिए । सम्मेलनले योगेश यादवको नेतृत्वमा १७ सदस्यीय जिल्ला समिति चयन गरेको छ । कार्यक्रममा सहिद परिवारलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *