युवा जनस्वयमसेवक बाँकेको पाचौं सम्मेलन भब्य, अध्यक्षमा रामु चौधरी चयन

बाँके : नेकपा (बहुमत) को सहायक सङ्गठन युवा जनस्वयमसेवक नेपाल बाँकेको जिल्ला समिति बाँकेको पाचौं सम्मेलन भब्य भएकाे छ । अध्यक्षमा रामु चौधरीलाइ चयन गरिएकाे छ । दलाल, माफिया र भ्रष्टहरु विरुद्ध हाम्रो आन्दोलन, युवा जागरण, वैज्ञानिक समाजवादी क्रान्तिकारीका लागी पाचौं जिल्ला सम्मेलन’ भन्ने मुल नाराका साथ सोमवार सम्पन्न जिल्लाको पाचौं सम्मेलनले चौधरीको नेतृत्वमा २९ […]

Continue Reading

तीन क्रान्तिकारी किसान सङ्गठनले गरे मिटरब्याजको ठगीमा परेका उत्पीडितहरूको आन्दोलनलाई समर्थन

काठमाडौँ : नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा मशाल निकट तीन क्रान्तिकारी किसान सङ्गठनले संयुक्त विज्ञप्ति जारी गरी मिटरब्याजी ब्याजखोरहरूद्वारा ठगिएर घरजग्गासमेत गुमाउन पुगेका किसानहरूको सङ्घर्षलाई समर्थन गर्दै उनीहरूका माग अविलम्ब पूरा गर्न सरकारसँग आग्रह गरेका छन् । नेकपा (बहुमत) निकट अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष हरि श्रेष्ठ, क्रान्तिकारी माओवादी निकट अखिल […]

Continue Reading

रामेछाप रामपुरको राजमा ब्रान्डिङ,लेभलिङ र प्याकेजिङ सहित अब बजारमा

राजन महतारा/रामेछाप : रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ५ रामपुर गेडागुडीको पकेट क्षेत्र हो । रामपुरमा गहत,मस्याङ,मास र राजमा धेरै मात्रामा उत्पादन हुँदै आएको छ । यहाँ उत्पादन भएको राजमा अब ब्रान्डिङ,लेभलिङ र प्याकेजिङ सहित देश तथा विदेशका बजारहरुमा पुग्ने भएको छ । सगरमाथा कृषि तथा पशुपालन सहकारी संस्था रामपुरले बजारीकरणको काम थालेको छ […]

Continue Reading

क्रान्तिकारी ट्रेड युनियन महासङ्घले गर्याे यस्ताे निर्णय

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले १३४ औँ मजदुर दिवस भव्य रूपमा मनाउने निर्णय गरेको छ । काठमाडौँमा शनिबार सम्पन्न महासङ्घका उपलब्ध केन्द्रीय सदस्यसहितको बैठकले मजदुर दिवस भव्य रूपमा मनाउने निर्णय गरेको जानकारी महासङ्घ केन्द्रीय कार्यालयले दिएको छ । प्राप्त समाचारअनुसार बैठक नेपाल कम्युनिस्ट पार्टी (बहुमत) केन्द्रीय सचिवालय […]

Continue Reading

लघुवित्तको ठगी धन्दाविरुद्ध नेकपा (बहुमत) बागमती उपत्यका ब्युरोकाे काठमाडौँमा प्रदर्शन

काठमाडौँ : नेकपा (बहुमत) बागमती उपत्यका ब्युरोले लघुवित्तको ठगी धन्दाविरुद्ध काठमाडौँमा प्रदर्शन गरेको छ । नेकपा (बहुमत) केन्द्रीय कार्यालय सदस्य तथा सङ्घर्ष समितिका प्रमुख उदयबहादुर चलाउने ‘दीपक’ को नेतृत्वमा कमलपोखरीमा लघुवित्तको शोषणविरुद्ध निस्किएको ¥याली निर्धन लघुवित्तको केन्द्रीय कार्यालयअगाडि कोणसभामा परिणत भएको थियो । कोणसभामा सम्बोधन गर्दै नेकपा (बहुमत) का केन्द्रीय कार्यालय सदस्य गुणराज लोहनीले वित्तीय […]

Continue Reading

नेकपा (बहुमत) का नेता रामचन्द्र बलामीको श्रद्धाञ्जलीसभा

पार्टीद्वारा बलामीका रचना प्रकाशित गर्ने, छोरीहरूलाई अध्ययनको व्यवस्था मिलाउने र अक्षयकोष स्थापना गरी पुरस्कार वितरण गर्ने घोषणा काठमाडौँ : नेकपा (बहुमत) केन्द्रीय कार्यालयले बुधबार काठमाडौँमा पार्टीका केन्द्रीय सदस्य रामचन्द्र बलामीको श्रद्धाञ्जलीसभा सम्पन्न गरेको छ । पार्टीका संयोजक कञ्चनले नेपालको कम्युनिस्ट आन्दोलनमा सरल र इमानदार छवि निर्माण गरेका पार्टी केन्द्रीय सदस्य बलामीको मृत्यु कमरेड माओले भनेझैँ […]

Continue Reading

‘वैज्ञानिक समाजवादको अपरिहार्यता’ विषयक विशेष अन्तरक्रिया

वैज्ञानिक समाजवाद नै जनताको उत्तम व्यवस्था भएको निष्कर्ष काठमाडौँ : ‘वैज्ञानिक समाजवादको अपरिहार्यता’ विषयक विशेष अन्तक्र्रिया/गोष्ठी तथा ‘वैज्ञानिक समाजवादका आधारहरू’ नामक पुस्तक सार्वजनिकीकरण कार्यक्रम मङ्गलबार काठमाडौँको बागबजारमा सम्पन्न भएको छ । कार्यक्रमका वक्ताहरूले वैज्ञानिक समाजवाद नै उत्तम व्यवस्था भएको र यो हाम्रै जीवन व्यवहारमा सम्भव हुने बताएका छन् । कार्यक्रममा प्रस्तुत कार्यपत्रको व्याख्या गर्दै नेकपा […]

Continue Reading

पूर्वी ब्युरोका सबै जिल्लामा शोषणकारी लघुवित्त कार्यालयहरूमा नेकपा (बहुमत) को ताला

काठमाडौँ : नेकपा (बहुमत) को पूर्वी ब्युरोले ब्युरोअन्तर्गत रहेका जनतामारा लघुवित्तीय संस्थाका कार्यालयहरूमा तालाबन्दी गरेको छ । पार्टीको केन्द्रीय कार्यक्रमअनुसार चैत ८ गते प्रदर्शनसहित तालाबन्दी गरिएका लघुवित्तीय संस्थाहरूमा जीवन विकास लघुवित्तीय संस्था, प्रदेश कार्यालय, धनकुटा, जीवन विकास लघुवित्तीय संस्था, शाखा कार्यालय, कर्सिया, मोरङ, सिम्रिक लघुवित्तीय संस्था, काँकडभिट्टा, झापा, डिप्रेस लघुवित्त वित्तीय संस्था कटारी उदयपुरलगायत रहेका […]

Continue Reading

सात दलित सङ्गठनले जातीय विभेदविरुद्धको दिवस मनाए

काठमाडौँ : जातीय विभेदविरुद्धको दिवस २१ मार्चका सन्दर्भमा विभिन्न राजनीतिक पार्टीहरूसँग आबद्ध दलित समुदायसँग सम्बन्धित सङ्गठनहरूले अन्तर्राष्ट्रिय जातिभेद उन्मूलन दिवस मनाएका छन् । नेकपा (बहुमत) सहित ७ दलित सङ्गठनले उक्त दिवसका सन्दर्भमा अन्तरक्रिया आयोजना गरी दिवस मनाएका हुन् । अन्तरक्रिया कार्यक्रमको अध्यक्षता नेकपा (क्रान्तिकारी ) माओवादी निकट दलित सङ्गठनका संयोजक अम्मर परियारले गरेका थिए । […]

Continue Reading

चियाकपमा सुनामी !

बृहत् शान्ति सम्झौता भएको १६ वर्ष पुगिसकेको छ तर गत फागुन १९ गते प्रचण्डविरुद्ध जनयुद्धकालीन मुद्दा पेस भयो र सर्वोच्चका दुई न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरि फुयाँलले दर्ता गर्ने आदेश दिएका थिए । त्यसका विरुद्ध विभिन्न पार्टीमा विभाजित विगतका माओवादीहरूका ९ वटा पार्टीले फागुन २३ गते ‘समकालीन न्यायको प्रक्रियाविपरीतका कामकारबाहीहरूले शान्ति सम्झौताको कार्यान्वयनमा सहयोग पु¥याउँदैन […]

Continue Reading