नेकपा (बहुमत)ले भिमदत्तनगरमा जल्दावल्दा मागहरु राखेर बुझायाे ज्ञापनपत्र

News Political

महेन्द्रनगर: नेकपा बहुमत भिमदत्त नगरपालीका लाई १५ बुदे माग पत्र बुझाएकाे छ ।

नेकपा (बहुमत) भिमदत्त नगर पार्टी समितिको तर्फबाट नगर प्रमुख लाई मंगलबार माग पत्र बुझाईएको हाे।

भिमदत्त नगरपालिका ले आफ्नै लगानिमा सरकारी उध्योग खोल्नु पर्ने, नगर भित्र रहेका गाई गोरु व्यवस्थापन का लागि चाडै पहलकदमि लिनुपर्ने, नगर भित्र रहेका ई रिक्सा अटो रिक्सा को उचित पार्किङ को व्यवस्था गर्नुपर्ने, किसानहरु लाई चाडो भन्दा चाडो सव्जि मण्डि को उचित व्यवस्थापन हुनुपर्ने। निर्माणाधिन अवस्थामा रहेका हरेक योजनाहरु तत्काल अनुगमन गरि मापदण्ड अनुसार बिकास का काम अगाडि बढाउनुपर्ने, नगरपालीका १२ र १३ नम्बर वडाको बिचमा रहेको दाहसंस्कार भवन तत्काल प्रयोग मा ल्याउनुपर्ने, बजार भित्र रहेका हरेक व्यवसायिहरु लाई दर्ताको प्रक्रियामाल्याई व्यवसायि दर्ता गर्नुपर्ने, एडिवि द्वारा निर्माणाधिन अवस्थामा रहेको काम लाई आवश्यक अनुगमन गरि काम गर्न तत्काल वातावरण बनाउनुपर्ने ।

खुलामञ्च र बजारका सार्वजनिक शाैचालय को उचित व्यवस्थापन गर्नुपर्ने । भारतिय नाकाबाट आयात तरकारी,फलफुल तत्काल बन्द गरि स्वदेश भित्र रहेका किसानहरुले उत्पादन गरेको समान को उचित वजार व्यवस्थापन हुनुपर्ने । वडा ४ मा सञ्चालित शिवशिखर तथा गार्डेन मार्ट मा उत्पन्न भएको समस्या बारे आवश्यक अनुसन्धान गरि चाडै निकास निकाल्नुपर्ने । सरकारी कर्मचारी ,जनप्रतिनिधि लगायत सम्पुर्ण राजनितिक कर्मिहरुका छोराछोरीहरु सरकारी बिधालय मै पठनपाठन का लागि निर्देशन गर्नुपर्ने । भिनपा ०९ स्थित रहेको सिद्वनाथ मन्दिर मा मेला लागेका बेला नेपालिहरु लाई नेपाल को भुमिमा व्यापार गर्न भारतिय पक्षबाट हुने रोकटोक भैरहेकाेमा सहजिकारण गरि भारतिय हस्तक्षेप रहित वातावरण बनाईनुपर्ने । भिनपा भित्र रहेका लघुवित्तहरु ले जनताहरु बाट चर्को व्याजदर लिने,किस्ता समयमा तिर्न नसक्दा दिनदिनै मानसिक टर्चर दिने खालका गतिविधिहरु तत्काल बन्द गर्न निर्देशन गर्नुपर्ने र नगर भित्र लागु औषधको खुल्लम खुल्ला भण्डारण ओसारपसार र विक्रि वितरण भईरहेका ले गैर कानुनि कार्य तत्काल नियन्त्रण गर्न कदम चाल्नुपर्ने मागहरु राखेकाे युवा जनस्वयं सेवक संघका अध्यक्ष दिपेन्द्र सिह ऐरिले बताएका छन ।

ज्ञापन पत्र नगर प्रमुख पदम बाेगटि र उप प्रमुख निलम लेखक जाेशीले संयुक्त रुपमा बुझेका छन । याे समाचार समृदृिपाेस्टमा छापिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *