नेकपा (बहुमत)द्वारा शुक्लाफाँटा नगरमा ज्ञापन पत्र

Political Social

लघुवित्तको ज्यादतीदेखि क्षेत्रीय शहरी विकासको गुणस्तहिन काम नियन्त्रण गर्नुपर्ने माग
कञ्चनपुर: नेकपा (बहुमत)ले कञ्चनपुरको शुक्लाफाँटा नगरमा ज्ञापन पत्र बुझाएको छ । मंगलबार विविध ६ बुँदे माग अघि सारेर पालिकामा ज्ञापन पत्र बुझाएको हो ।

बहुमतका नगर इन्चार्ज एवं वडा नम्बर ८ का वडाध्यक्ष बहादुर सिह महराले मेयर रण बहादुर महरालाई ज्ञापन पत्र बुझाएका हुन ।

ज्ञापन पत्रमा नगर भित्र रहेका मिटर ब्याजी, लघुवित्त सहकारीको ज्यादती रोक्नुपर्ने, ई-रिक्सा पार्किङ्ग स्थल बनाउनुपर्ने, सरकारी जमिन अतिक्रमण फिर्ता, रोजगारी दिनुपर्ने लगायतका क्षेत्रीय शहरी विकास आयोजनामा भईरहेको गुणस्तहिन काममा रोक लगाउनुपर्ने लगायतका माग अघि सारेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *