२ काँग्रेसका ठेकेदारलाई दियाे नेकपा (बहुमत) निकट युवा संगठनले यस्ताे चेतावनी

National News

कञ्चनपुर : कञ्चनपुरमा निर्माणाधिन हुलाकी सडक निर्माणमा चरम लापबाही गरेपछि नेकपा बहुमत निकट युवा संगठन जनस्वयम सेवक नेपालले चेतावनी दिएको छ । आइतबार जनस्वयम सेवक नेपाललेबेदकोट नगरपालिकाको दैजी चोक हुलाकी सडक क्षेत्रमा कालो ब्यानर टाँसिएको छ ।

जनस्वयम सेवक नेपाल कञ्चनपुरका इन्चार्ज ठेकेदारले सडक निर्माणमा ढिलासुस्ती गरेकाले चेतावनी स्वरुप कालो ब्यानर टाँसिएको बताए । उनले अहिले शिघ्र निर्माणको माग अघि सारेर दुवै निर्माण कम्पनीको नाम संचाकल सहितको सम्पर्क नम्बर राखेर चेतावनी दिईएको बताए अनेकन बहाना बनाएर निर्माण कम्पनीले तोकिएको समयमा काम गर्न नसक्दा सडक अधुरै रहेको छ ।

६२ किलोमिटर सडक कालोपत्रेका लागि पहिलो पटक ३० महिनाका लागि सम्झौता गरिएको थियो । पहिलो पटकको म्याद सकिएर चौथो पटक समेत म्याद थप गर्दा पनि निर्माण कार्य पुरा भएको छैन । ठेकेदार कम्पनी पाँचौँ पटक म्याद थपको तयारीमा छन ।

३६ महिनामै सक्नुपर्ने काम निर्माण कम्पनीको लार्पबाहीले दोब्बर बढी ६५ महिना वितिसक्दा पनि सडक अधुरै रहेको छ । ०७३ साल फागुनमा निर्माण कम्पनीद्वय बाबाहंस सिद्धिकीशाही, शर्मा राजेन्द्र जेभी र हुलाकी राजमार्ग आयोजनाविच ३० महिनाभित्रै सडक कालोपत्रे गर्ने काम सम्पन्न गर्ने सम्झौता भएको थियो ।

तर, सम्झौता भन्दा दोब्बर समय अवधि र चार पटक म्याद थपेर पनि निर्माण कम्पनीले सडक निर्माण गर्न सकेको छैनन । कैलाली कञ्चनपुरका सदरमुकाम जोड्ने हिसाबले डोकेबजार–पुनर्वास–बेलौरी–बेलडाँडी हुँदै दैजी जोड्ने हुलाकी राजमार्ग निर्माणमा ठेकेदार कम्पनीले कहिले कसैलाई कहिले कसैलाई दोषारोपण गर्दै म्याद थप्याको थप्याई छ ।

शर्मा राजेन्द्र जेभीका संचालक भीम साउद नेपाली काँग्रेस डडेल्धुरामा जिल्ला सभापति एव परशुरामनगरका निर्वतमान मेयर र बाबाहंस सिद्धिकीशाहीका संचालक दिपेन्द्र ब. शाही डोल्पा काँग्रेस सभापति भएकाले म्याद थप्ने तर, काम नगर्ने प्रवृति हावि भएको छ ।

कञ्चनपुर कैलालीका सदरमुकाम जोड्ने उक्त सडक कालोपत्रे भए दक्षिणी क्षेत्रका स्थानीयलाई यातायातमा राहत र समग्र (कैलाली–कञ्चनपुर)को आर्थिक विकासमा बृद्धि हुने अपेक्षा लिएपनि ठेकेदार कम्पनीको लार्पबाहीका कारण स्थानीय हैरान भएका छन ।

डोकेबजार–पुर्नवास–बेलौरी–बेलडाँडी हुँदै दैजी महेन्द्रराजमार्ग सम्म जोड्ने हुलाकी राजमार्ग समयमै निर्माण नहुँदा सडक धुलाम्मे, हिलाम्मे हुँदै आएका छन । ६२ किलोमिटर सडक कालोपत्रेका लागि कुल १ अर्ब, १७ करोडको लागतमा उक्त सडकको ७ मिटर चौडाई कालोपत्रे गर्ने सम्झौता ५० प्रतिशत भन्दा बढि भुक्तानी पाईसकेको जनाएको छ । तरपनि निर्माण कम्पनीले निर्माण कार्य सम्पन्न गरेका छैनन ।
janasarokarpost बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *