नेकपा (बहुमत)का धनकुटा जिल्ला इन्चार्ज रोशनलाई अविलम्ब रिहा गर : प्रवक्ता सुदर्शन

News Political

काठमाडौँ : नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले पार्टीको नवौँ महाधिवेशन आयोजक समितिका सदस्य एवम् धनकुटा जिल्ला इन्चार्ज रोशन राईलाई बिनासर्त, अविलम्ब रिहा गर्न सरकारसँग माग गरेका छन् ।
प्रवक्ता सुदर्शनले शुक्रबार विज्ञप्ति जारी गरी वर्तमान सरकारले तीनबुँदे सहमतिअनुसार अन्यायपूर्वक कारागारमा कोचिएका पार्टी नेता–कार्यकर्तालाई रिहा गर्नुको सट्टा उल्टै बिनाकारण थप गिरफ्तार गर्नु भनेको जनताको न्यायपूर्ण आवाजलाई कुल्चनु र जनता तथा सरकारका बीचमा द्वन्द्व चर्काउनु रहेको पनि प्रस्ट पारेका छन् । राईलाई सरकारले धनकुटा जिल्लाको सहिदभूमि गाउँपालिका वडा नं. ६ बाट गिरफ्तार गरेको हो ।
पार्टी प्रवक्ता सुदर्शनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘धनकुटा जिल्लाको सहिदभूमि गाउँपालिका वडा नं. ६ बाट नेपाली श्रमजीवी तथा उत्पीडित जनताको अग्रदस्ता नेपाल कम्युनिस्ट पार्टी (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य एवम् धनकुटा जिल्ला इन्चार्ज क. रोशन राई गिरफ्तार भएको खबरले केन्द्रीय कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘वर्तमान सरकारले तीनबुँदे सहमतिअनुसार अन्यायपूर्वक कारागारमा कोचिएका कमरेडहरूलाई रिहा गर्नुको सट्टा हाम्रो पार्टीका जिम्मेवार कमरेडहरूलाई बिनाकारण थप गिरफ्तार गर्नु भनेको सरकारले जनताको न्यायपूर्वक आवाजलाई कुल्चनु र जनता तथा सरकारका बीचमा द्वन्द्व चर्काउनु हो । अतः वर्तमान सरकारलाई यसप्रकारको हर्कत रोक्न र कमरेड रोशन राईलाई तुरुन्तै बिनासर्त रिहा गर्न जोडदार माग गर्दछौँ ।’
press-bigyapti

Leave a Reply

Your email address will not be published. Required fields are marked *