सहिद भञ्ज्याङमा उभिएर

Arts-literature

कविता

लेखक : अविनाश
सपनाहरूको चाङ नियाल्दै गर्दा
पाखाबारीमा रगतले लतपतिएको
रातो झन्डा
इतिहासको यो घडीमा
इच्छुकको स्मृतिमा
सनराइजको स्मृतिमा
कुमारको स्मृतिमा
महानको स्मृतिमा
प्रज्वलको स्मृतिमा
क्षितिज पनि रक्ताम्मे हुँदै
विजयको स्वागत गर्दै
मुस्कुराउँदैछ शैलुङ
सिस्ने हिमाल
जलजला–थबाङ
लिस्ने–जेलबाङ
भुइँफूलहरूको गीत गुनगुनाउँदै
चुनु अनि च्याङ्बा ।

तिम्रो श्वेतआतङ्कका विरुद्ध
तिम्रो फर्मानविरुद्ध उभिएर
तिम्रो प्रतिबन्ध पैतलाले कुल्चँदै
आस्थाका बन्दीहरू
जनक्रान्तिका यात्रीहरू
महासमरका पाइलाहरू
तिम्रो लुटतन्त्रविरुद्ध
आगो ओकलिरहेछन्
आस्थाको साम्यवादका पक्षमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *