‘हामी विप्लव समूहमा प्रवेश गरेको कुरा झूट्टा हो’

News

चितवन : नेकपा (बहुमत) चितवनका विभिन्न जिम्मेवारीमा रहेका नेता–कार्यकर्ताले आफूहरू विप्लव समूहमा प्रवेश गरेको भनी हल्ला फैलाइएको विषय झूट्टा रहेको भन्दै उक्त समाचारको खण्डन गरेका छन् ।

प्रेस वक्तव्य जारी गरी झूट्टा समाचारको खण्डन गर्नेहरूमा नेकपा (बहुमत) जिल्ला सम्मेलन आयोजक समितिका सदस्य आशबहादुर गुरुङका साथै अखिल नेपाल क्रान्तिकारी सेल्स मजदुर सङ्घकी जिल्ला उपाध्यक्ष शोभा पौडेल, जिल्ला कोषाध्यक्ष पिताम्बर अर्याल, जिल्ला सदस्य पार्वती सुनार र जिल्ला सदस्य सीता जीसी छन् ।

गुरुङले बेग्लै वक्तव्य जारी गरेका छन् भने मजदुर सङ्गठनमा आबद्धहरूले बेग्लै वक्तव्य जारी गरी उक्त समाचारको खण्डन गर्दै आफूहरू नेकपा (बहुमत) मै रहेको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *