दोलखामा नेकपा (बहुमत)सहित २ पार्टीले मनायाे २८औँ जनयुद्ध दिवस

Political

दोलखा : नेकपा (बहुमत) नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जिल्ला संगठन समिति दाेलखा र नेकपा (क्रान्तिकारी माओवादी)ले संयुक्त रुपमा २८औँ जनयुद्ध दिवसकाे अबसरमा र्यालि सहित काेण सभा सम्पन्न गरेकाे छ ।

उक्त कार्यक्रम बसपार्कबाट र्यालि सुरु भएर सातदाेवाटाे बिचबजार हुँदै पुन सातदोबाटो चाेकमा आएर काेण सभा भएकाे थियाे । उक्त कार्यक्रममा उल्लेखनीय जनता,नेता तथा कार्यकर्ताहरुकाे उपश्थिति थियाे । काेण सभालाई सम्वाेधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का जिल्ला ईन्चार्ज गाेविन्द काफ्लेले संम्बाेधन गरेका थिए ।

उनले सम्बाेधन गर्दै भने अहिलेकाे संसदवादी कम्युनिस्ट भनेकाे नक्कलि र लुटेराहरुकाे संज्ञा दिदै जनयुद्धका क्रममा सहिद बेपत्ता घाईतेहरुकाे स्मरण समेत गरे भने जनयुद्ध केकाे लागि थियाे भन्ने समेत पुष्टि गरे ।

त्यसैगरी नेकपा(बहुमत)का केन्द्रीय सदस्य दाेलखा सिन्धुपाल्चोक ईन्चार्ज विनयराज शर्माले यहि व्यवस्था रहेसम्म दलाल रहने दलाल संसदीय व्यवस्थाका बिरुद्ध संघर्ष गर्नु पर्ने जनयुद्धका नाममा लुटि खाने भ्रष्ट कम्युनिस्टहरूलाई सातदोबाटोमा हजाराैं जनताका बिचमा नाङ्गेझार बनाउनु पर्ने र त्यसकाे नेतृत्व नेकपा(बहुमत)ले लिने समेत घाेषणा गरे ।

साथै देश र जनताले मुक्ति नपाए सम्म संघर्ष गर्ने दलाल र भ्रष्टहरुले नमाने फेरि अर्को जनयुद्ध भए त्यसकाे जिम्मेवार स्वयम् संसदीय दलाल हुने समेत जिकिर गरेका थिए । युवा उद्योगी प्रेम आचार्य जस्ताे आत्मदाह गर्नु नपर्ने दलालहरुका टाउकाेमा आगाे लगाउन समेत युवाहरूलाई आह्वान गरेका थिए ।

काेण सभाका अध्यक्षता नेकपा (क्रान्तिकारी माओवादी)का जिल्ला सेक्रेटरी राकेशले गरेका थिए भने सञ्चालन नेकपा (बहुमत)का जिल्ला संयाेजक अन्जानले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *