मोरङमा २८ औँ जनयुद्ध दिवसको अवसरमा दीप प्रज्वलन

Political

मोरङ: नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मोरङका नेता तथा कार्यकर्ताले आइतबार साँझ सुन्दर हर्रैचा नगरपालिकाको विराटचौकमा २८ औँ जनयुद्ध दिवसको पूर्वसन्ध्यामा मैनबत्ती बालेर दीप प्रज्वलन गरेका छन् ।

दीप प्रज्वलनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै पार्टीका मोरङ संयोजक सिर्जनले दलाल पुँजीवादी संसदीय व्यवस्थाको अन्त्य नभएसम्म समाजवादी क्रान्तिका लागि निरन्तर लडिरहने बताए ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का मोरङ जिल्ला संयोजक सिर्जनको नेतृत्वमा पार्टी जिल्ला समिति सदस्यहरू तथा सर्वसाधारणहरुको उपस्थितिरहेको थियो ।

कार्यक्रमको अन्त्यमा नेकपा (बहुमत) जिन्दावाद, २८ औँ जनयुद्ध दिवस भव्यतापूर्वक मनाऔँ, वीर सहिदहरू लालसलामलगायत नारा लगाइएको थियो ।

त्यसैगरी सुनसरीको इटहरीमा नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) को संयुक्त आयोजनामा तथा झापा र उदयपुरमा पनि दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको पार्टी स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *