मधेस ब्युरोका ६ जिल्लामा प्रजिअलाई नेकपा (बहुमत)ले बुझायो ज्ञापनपत्र

News Political

काठमाडौँ : नेकपा (बहुमत) मधेश ब्युरोले मधेस प्रदेशमा रहेका विभिन्न जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।

बारामा पार्टीका जिल्ला इन्चार्ज बद्री र जिल्ला संयोजक शिवाको नेतृत्वमा, रौतहटमा पार्टी जिल्ला इन्चार्ज कुमार र ब्युरो सदस्य दीपकको नेतृत्वमा, सिराहामा जिल्ला इन्चार्ज सुमन, युवा जनस्वयम्सेवक नेपालका केन्द्रीय उपाध्यक्ष अविनाश र जिल्ला संयोजक प्रवीणको नेतृत्वमा, धनुषामा जिल्ला संयोजक अर्जुन र अखिल नेपाल महिला सङ्गठनकी केन्द्रीय सदस्य लक्ष्मी पाण्डेको नेतृत्वमा, सर्लाहीमा पार्टीका जिल्ला संयोजक बिहानी र युवा जनस्वयम्सेवक नेपालका सचिवालय सदस्य भरत पुलामीको नेतृत्वमा, सप्तरीमा पार्टी जिल्ला संयोजक प्रकाश र युवा जनस्वयम्सेवकका सचिवालय सदस्य ज्योतिष रायको नेतृत्वमा प्रमुख जिल्ला अधिकारीहरूलाई ज्ञापनपत्र बुझाइएको हो ।

नेकपा (बहुमत) का केन्द्रीय सचिवालय सदस्य एवम् मधेस प्रदेश इन्चार्ज नयनले महान् दसबर्से जनयुद्ध तथा विभिन्न जनसङ्घर्षका क्रममा र तीनबुँदे सहमतिविपरीत झूट्टा मुद्दा लगाई अन्यायपूर्ण तरिकाले देशका विभिन्न जेलमा बन्दी बनाइएका सम्पूर्ण नेता–कार्यकर्ताको यथाशीघ्र रिहाइको माग राखी मधेस प्रदेशमा रहेको विभिन्न जिल्लाका जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *