गाईघाट : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आइतबार प्रमुख जिल्ला अधिकारीलाई बन्दी रिहाइ र झूट्टा मुद्दा खारेजीका मागसहितको ज्ञापनपत्र बुझाएको छ ।
पार्टीको नवौँ महाधिवेशन आयोजक समितिका सदस्य एवम् उदयपुर जिल्ला इन्चार्ज सुरेन्द्रको नेतृत्वमा ब्युरो सदस्य, जिल्ला समितिका सदस्यहरूसहितको सहभागितामा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई ज्ञापनपत्र बुझाइएको हो ।