दोलखा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जिल्ला संगठन समिति दाेलखा र नेकपा (क्रान्तिकारी माओवादी) दाेलखाले २८ औँ महान जनयुद्धको पुर्व सन्ध्यामा संयुक्त रुपमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेकाे छ । उक्त कार्यक्रममा नेकप (बहुमत)का केन्द्रीय सदस्य दाेलखा सिन्धुपाल्चोक ईन्चार्ज विनयराज शर्मा, तामाङ राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रीय संयाेजक सुन्तलि, सल्लाहकार समिति सदस्य पवित्र, युवा जनस्वयमसेवकका केन्द्रीय सचिवालय सदस्य अजय जिल्ला संयाेजक अन्जान, क्रान्तिकारी माओवादीका जिल्ला ईन्चार्ज गाेविन्द काफ्ले, सेक्रेटरी राकेश, दजमाेका संयाेजक मान बहादुर तमाङ लगायत नेताकार्यकता र जनताकाे उपस्थिति रहेकाे थियाे ।
यसैगरी नेकपा (बहुमत) मकवानपुरले हेटौंडा बजारकाे बुद्धचाेकमा दिप प्रज्वलन सहित संसदीय व्यवस्थाको खारेज गर वैज्ञानिक समाजवाद स्थापना गर्न भन्दै नारालगाई काेण सभामा सम्पन्न भएकाे बताइएकाे छ । त्यसैगरी २८ औं महान जनयुद्ध दिवसको पुर्ब सन्ध्यामा दिप प्रज्वलन गरि जनयुद्ध दिवसको शुभकामना आदान प्रदान गर्दै निरन्तर क्रान्तिको पथमा लाम्बद्ध हुने संकल्प सहित आजको कार्यक्रम भब्यताका साथ मनाइएको छ ।
यसैगरी २८ औं जनयुद्ध दिवसकाे पुर्व सन्धामा नेकपा (क्रान्तिकारी माओवादी ) र नेकपा (बहुमत) सुनसरी जिल्लाद्वारा आयाेजित
दिप प्रज्वलन कर्यक्रम ईटहरीमा सम्पन्न गरिएकाे छ ।