नेकपा (बहुमत) दोलखाले बुझायाे ज्ञापण पत्र

Political

दोलखा : नेकपा (बहुमत) नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जिल्ला संगठन समिति दाेलखाले आइतबार नारा जुलुस सहित जिल्ला प्रशासन कार्यलयका प्रमुख शेखर पाैडेललाई बन्दी रिहाइ, झुठ्ठा मुद्दा खारेज,जनजीविका र ३ बुदे सहमति कार्यन्वयनकाे माग गर्दै ज्ञापन पत्र बुझाइएकाे छ । अतिथिहरु दाेलखा सिन्धुपाल्चोक जिल्लाका ईन्चार्ज कमरेड विनयराज शर्मा, तामाङ राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रीय संयाेजक कमरेड सुन्तलि, अखिल नेपाल क्रान्तिकारी महिला संघका केन्द्रीय उपअध्यक्ष तथा केन्द्रीय सल्लाहकार समितिका सदस्य कमरेड पवित्र, युवाका ब्यूराे ईन्चार्ज कमरेड अजय श्रेष्ठ, युवाकाे जिल्ला संयाेजक भरत, नगर ईन्चार्ज ईश्वर, किसानका केन्द्रीय सदस्य गाेपाल लगायतकाे उपस्थित रहेकाे थियाे भने ज्ञापनपत्र जिल्ला संयाेजक अन्जान लामाले पढेर सुनाएका थिए । ज्ञापनपत्र ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी पाैडेलले आफू ३ बुदे सहमति, बन्दि रिहाइकाे बिषयमा सकारात्मक रहेकाे र ज्ञापनपत्र सुझाव सहित गृहमन्त्रालय पठाउने प्रतिबद्धता जाहेर गरे भने समग्र अभियानकाे शुभकामना दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *