कास्की : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) कास्कीले सोमबार अनिलप्रकाश (खोप्लाङ्गे) र कृष्ण थापाका बीचमा लामो समयदेखि विवाद रही आएको जमिनमा कालो ब्यानर टाँगेको छ ।
पार्टीले पटकपटक सार्वजनिक रूपमा विवाद समाधान गर्न अपिल गर्दासमेत विवाद समाधान नभएकाले खोप्लाङ्गे र कृष्ण थापाबीच सहमति नहुँदासम्म भोगचलन नगर्न र नगराउन चेतावनीसहित विवादित जग्गामा कालो ब्यानर राखिएको जनाएको छ ।
ब्यानरमा लेखिएको छ, ‘यो जग्गा अनिलप्रकाश (खोप्लाङ्गे) र कृष्ण थापाका बीचमा लामो समयदेखि विवाद रही आएकाले र हाम्रो पार्टीले पटकपटक सार्वजनिक रूपमा विवाद समाधान गर्न अपिल गर्दासमेत विवाद समाधान नभएकाले खोप्लाङ्गे र कृष्ण थापाबीच सहमति नहुँदासम्म कुनै पनि भोगचलन नगर्न र नगराउन चेतावनी दिन चाहन्छौँ ।’