जनयुद्ध दिवसमा नेपाल सरकारले दियाे भाेली सार्वजनिक विदा

National News

काठमाडौं : सरकारले जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक विदा दिने निर्णय गरेको हो।

२०५२ साल फागुन १ गतेबाट सुरू भएको जनयुद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो। त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने लोकतान्त्रिक गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए ।

यसभन्दा अगि तत्कालीन नेकपा (माओवादी)ले २०५२ फाल्गुन १ गते जनयुद्ध सुरू गरेकाे दिनलाई विशेष दिनकाे रुपमा स्मरण गर्दै कर्णाली र बागमती प्रदेश सरकारले प्रदेशमा फागुन १ जनयुद्ध दिवस मनाउने भएको छ ।

जनयुद्ध दिवस मनाउन फागुन १ गते दुबै प्रदेशभरी नै सार्वजनिक बिदा दिएको कर्णाली प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जीसी र बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका
उपसचिव/प्रवक्ता अनुशील साापकाेटाले विज्ञप्तिमाफार्फत जानकारी दिए । अहिले कर्णाली प्रदेशमा मुख्यमन्त्री माओवादीका तर्फबाट राजकुमार शर्मा छन् भने बागमती प्रदेशमा मुख्यमन्त्री माओवादीका तर्फबाट शालिकराम जम्कट्टेल छन् । कर्णाली र बागमतीमा माओवादी तथा एमालेकाे संयुक्त सरकार छ । दुबै प्रदेशमा सार्वजनिक बिदासमेत दिएकाे बताइएकाे छ ।

स्मरण रहाेस यश अघि पनि तत्कालीन मधेश प्रदेश सरकार र कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री हुदा माओवादी नेता तथा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकारले फागुन १ लाई जनयुद्ध दिवशकाे रुपमा मनाउने निर्णय गरेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *