नेकपा (बहुमत) धनुषाका संयोजक अर्जुन १६ दिनपछि हिरासत मुक्त, के भने ब्युरो इन्चार्ज नयनले

News Political

धनुषा : नेकपा (बहुमत) मधेस ब्युरो सदस्य तथा धनुषा जिल्लाका संयोजक अर्जुन १६ दिनपछि बिहीबार हिरासत मुक्त भएका छन् । उनलाई जिल्ला इन्चार्ज विमला लगायत धनुषा जिल्ला पार्टीले अभिनन्दन गरेको जानकारी मधेस ब्युरो इन्चार्ज नयनले दिएका छन् ।

धनुषा जिल्लाका संयोजक अर्जुनलाई माघ १० गते धनुषाकै कमला नगरपालिका-४ को वडा अध्यक्षको जालझेल र षड्यन्त्रमा गिरफ्तार भएको इन्चार्ज नयनले दाबी गरेका छन्द ।

उनले भने ‘हाम्रो पार्टी नेकपा ( बहुमत ) को मधेस ब्युरो सदस्य तथा धनुषा जिल्लाका संयोजक कमरेड अर्जुन मिति २०७९ माघ १० गते धनुषाकै कमला नगरपालिका ४ को वडा अध्यक्षको जालझेल र षड्यन्त्रमा गिरफ्तार हुनुभएको थियो । ती सबै जालझेल र षडयन्त्र चिर्दै १६ दिनपछि माघ २६ गते हिरासत मुक्त हुनुभएको छ । आज वहालाई जिल्ला इन्चार्ज विमला लगायत धनुषा जिल्ला पार्टीले अभिनन्दन गरेको छ । साथै यो सुखद क्षणमा हामी पनि प्रिय कमरेड अर्जुनलाई हार्दिक स्वागत तथा अभिनन्दन गर्दछौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *