कर्णाली र बागमती प्रदेश सरकारले दुबै प्रदेशमा फागुन १ जनयुद्ध दिवस मनाउने

News Social

दुबै प्रदेशमा सार्वजनिक बिदा
काठमाडाैँ : तत्कालीन नेकपा (माओवादी)ले २०५२ फाल्गुन १ गते जनयुद्ध सुरू गरेकाे दिनलाई विशेष दिनकाे रुपमा स्मरण गर्दै कर्णाली र बागमती प्रदेश सरकारले प्रदेशमा फागुन १ जनयुद्ध दिवस मनाउने भएको छ ।

जनयुद्ध दिवस मनाउन फागुन १ गते दुबै प्रदेशभरी नै सार्वजनिक बिदा दिएको कर्णाली प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जीसी र बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका
उपसचिव/प्रवक्ता अनुशील साापकाेटाले विज्ञप्तिमाफार्फत जानकारी दिए । अहिले कर्णाली प्रदेशमा मुख्यमन्त्री माओवादीका तर्फबाट राजकुमार शर्मा छन् भने बागमती प्रदेशमा मुख्यमन्त्री माओवादीका तर्फबाट शालिकराम जम्कट्टेल छन् । कर्णाली र बागमतीमा माओवादी तथा एमालेकाे संयुक्त सरकार छ । दुबै प्रदेशमा सार्वजनिक बिदासमेत दिएकाे बताइएकाे छ ।

स्मरण रहाेस यश अघि पनि तत्कालीन मधेश प्रदेश सरकार र कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री हुदा माओवादी नेता तथा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकारले फागुन १ लाई जनयुद्ध दिवशकाे रुपमा मनाउने निर्णय गरेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *