सर्लाही : नेकपा (बहुमत) सर्लाहीले पार्टीका जिल्ला समिति सदस्य किसुनदेव शर्मालाई पार्टीबाटै निष्कासित गरेको छ । जिल्ला संयोजक बिहानीले मङ्गलबार विज्ञप्ति जारी गरी पार्टी निलम्बनपछि सम्पर्कमा आएर सच्चिने प्रतिबद्धता गर्नुको सट्टा अर्को पार्टीमा गएर पार्टी नेतृत्वका विरुद्ध अफवाह फैलाएकाले मङ्गलबारबाटै किसुनदेवलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको जनाएका छन् ।
दलाल पुँजीवादको विकल्प नयाँ जनवादी क्रान्तिको कार्यभारसहित वैज्ञानिक समाजवादी क्रान्तिको खातिर बेजोडले क्रियाशील हुनुपर्ने अवस्थामा आफ्नो जिम्मेवारी पूरा नगरी नेतृत्वका विरुद्ध विषबमन गरेको र पार्टीको अनुशासनमा रही सच्चिनका लागि पटकपटक सुझाव दिँदा पनि अराजक बनिरहेकाले माघ २१ गते बसेको जिल्ला समितिको तेस्रो पूर्ण बैठकले किसुनदेवलाई निलम्बन गरेको विज्ञप्तिमा उल्लेख छ ।