काठमाडौं : नेपालका दुईवटा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी)सहित विश्वका ८ वटा क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले साम्राज्यवादी विश्वयुद्धको तयारीका विरुद्धमा क्रान्तिकारी संघर्षको विकास गर्न सार्वजनिक आव्हान गरेका छन् ।
माग १५ गते जारी गरेकाे घोषणा पत्रमार्फत् यसरी आव्हान गर्ने क्रान्तिकारी पार्टीहरुमा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत), कम्युनिस्ट वर्कर युनियन (एमएलएम) कोलम्बिया, कम्युनिस्ट (माओइस्ट) पार्टी, अफगानिस्तान, भारतीय कम्युनिस्ट पार्टी (माओवादी), माओइस्ट कम्युनिष्ट पार्टी – इटाली, माओइस्ट कम्युनिष्ट पार्टी ग्यालिसिया निर्माण समिति, रेड रोड (माओवादी समूह), इरान रहेका छन् ।
घोषणा पत्रमा अगाडि भनिएकाे छ, ‘सबै साम्राज्यवादी देशहरूले आफूलाई स्वतन्त्रता, लोकतन्त्र र विश्व शान्तिका रक्षक भएको घोषणा गर्छन् । तिनीहरू सबैले तानाशाही तथा अन्तर्राष्ट्रिय आतंकवादको विरुद्ध लड्ने बहाना गर्छन् । तर, वास्तवमा, तिनीहरू संसारका सबैभन्दा खराब आतंकवादी तानाशाह हुन् । तिनीहरूले शान्तिको कुरा गर्छन् तर विश्वव्यापी लुटपाटका लागि नयाँ युद्धको तयारी गर्छन् । तिनीहरूले हतियार उद्योगलाई बलियो बनाउँछन् । तिनीहरूले आफ्नो हतियार भण्डारमा वृद्धि गर्छन् । तिनीहरूले ठूला युद्ध मेसिनहरू मुख्यत: पूर्वी युरोपतिर परिचालन गर्छन् । तिनीहरूले प्यालेस्टाइन, सिरिया, यमनका जनताविरुद्धका लामा युद्धहरूलाई प्रायोजित गर्छन् । तिनीहरू ताइवान जलडमरु, कोरियाली प्रायद्वीप, पूर्वी चीन सागर, युक्रेनी–बेलारुस सीमा, ग्रीस र टर्कीका बीचको समुद्री सीमामा नयाँ प्रतिक्रियावादी युद्ध भड्काउन उक्साइ रहेका छन् । याङ्की साम्राज्यवादको कमाण्डमा रहेको नेटोले युक्रेनमा किभको कठपुतली शासनमार्फत् आफ्ना भाडाका सेना, हतियार तथा सैन्य प्रमुखहरूलाई रुसी साम्राज्यवादको सैन्य शक्तिसँग भिडाएको छ । दुवै पक्षले आणविक हतियार प्रयोग गर्ने बहाना खोजिरहेका छन् । चर्किदै गएका अन्तर–साम्राज्यवादी अन्तरविरोधहरुका कारण नयाँ आणविक विश्वयुद्ध भोलिको खतरामात्र रहेको छैन यसबाट हुने विश्वसमाज र त्यसको बासस्थानको रक्षामाथिको जोखिम बढदै गएको छ ।
मूलत: अहिले चलिरहेका छद्मयुद्ध र व्यापार युद्धहरु, उदीयमान व्यापारिक तथा सैन्य गठजोडहरु, भारी सैन्य बजेटको बाँडफाँड, विशाल तथा आम विनाशकारी हतियारहरूको निर्माण, सैन्य बलहरूको आधुनिकीकरण र अन्तरिक्षमा समेत गरिएका विश्वयुद्धको तयारीले एशिया, अफ्रिका र ल्याटिन अमेरिकी देशहरू लगायत पूर्वी युरोपेली देशहरूमाथि आर्थिक स्रोतसाधन तथा राजनीतिक नियन्त्रण गर्न साम्राज्यवादीहरुका बीच तीव्र प्रतिस्पर्धा चलिरहेको देखिन्छ । यसरी चर्किँदै गएको अन्तर–साम्राज्यवादी अन्तरविरोधले बजारको पुनर्विभाजन र विश्वआधिपत्य तर्फ सङ्केत गर्दछ ।’
घोषणा पत्रमा भनिएकाे छ, ‘पतनशील र विघटित विश्व साम्राज्यवादी व्यवस्थाले आफ्नो चिहानतिरको एकतर्फी यात्राको प्रक्रियामा समाजमा चर्किँदै गएको विश्व आर्थिक संकटले भयावह परिणाम ल्याएको छ र यससँगै सबै महादेशहरुमा सामाजिक, स्वास्थ्य र पर्यावरणीय संकटहरू विस्तार भएका छन् । भोका साम्राज्यवादीहरूका लागि सामाजिक श्रमको विश्वव्यापी शोषण, वित्तिय पुँजीको सुदखोरी निर्यात, प्रकृतिको विनाश तथा उत्पीडित राष्ट्रहरुको शोषणको मूल्यमा एकाधिकारीकरण र पुँजी सञ्चय पुगेको छैन । तिनीहरूको राज्य व्यवस्था र मुख्यत: अर्थप्रणालीेको सङ्कटले साम्राज्यवादीहरूलाई पहिले नै विभाजित संसारको नयाँ विभाजन गर्न उत्प्रेरित गरेको छ । आर्थिक शक्ति, वित्तीय शक्ति, सैन्य शक्ति, पतनशील केही साम्राज्यवादी देशहरू र विश्व आधिपत्यका लागि लडिरहेका देशहरुका बीचको विश्वयुद्धको बलबाट मात्रै हासिल गर्न सकिने नयाँ विभाजन असमान आर्थिक विकासको अपरिहार्य उपज हो ।
परन्तु साम्राज्यवादीहरूलाई लुटपाटको युद्धमा धकेल्ने तिनै आर्थिक तथा सामाजिक कारणहरू पुँजीका दासहरू, शोषित सर्वहारा वर्ग तथा साम्राज्यवादी देशहरूका उत्पीडित जनता एवम् राष्ट्रहरूको विद्रोहको भौतिक अवस्था एकाधिकारी तथा साम्राज्यवादी देशहरुका लागि बाँच्नै र सहनै नसकिने हुन पुग्छन् । साथै, उनीहरूमा क्रान्तिकारी चेतना ल्याउने र विद्रोहलाई तिनको साझा शत्रु — दमन र शोषणको विश्व पुँजीवादी व्यवस्थाका विरुद्ध क्रान्तिकारी सङ्घर्षमा संगठित र रूपान्तरण गर्ने काम अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा निर्भर छ ।
कमरेड माओले भन्नुभएको छ, “विश्वयुद्ध भड्किन सक्छ, परिणामस्वरूप क्रान्तिहरू हुन सक्छन्, अथवा, क्रान्तिहरू जताततै भड्किन सक्छन् र त्यसलाई रोक्नको लागि आफ्नो शक्तिलाई केन्द्रित गर्दा साम्राज्यवादका लागि अर्को विश्वयुद्ध सुरु गर्न असम्भव हुन सक्छ, जे सुकै भए पनि यो क्रान्तिको युग हो ।”’
घोषणा पत्रकाे अन्तिमा भनिएकाे छ, ‘साम्राज्यवादी पुँजीवाद संकटग्रस्त छ ! समाजवाद तथा साम्यवाद जिन्दावाद !, हाम्रो क्रान्तिले युद्ध रोक्छ अथवा युद्धले क्रान्ति जन्माउँछ !, विश्वका मजदुर तथा जनताहरु साम्राज्यवादका विरुद्ध एक होऔं !’ भन्ने नाराका साथ जारी गरिएको घोषणा पत्रमा भनिएको छ, “नयाँ साम्राज्यवादी विश्व नरसंहारको तयारीका विरुद्ध अन्तर्राष्ट्रिय एकता र संघर्षको उदाहरण दिन, प्रतिक्रियावादी युद्धका लागि सेना र हतियारहरूको परिचालनको विरुद्धमा सबै देशहरूमा सर्वहारा सेनाहरूको क्रान्तिकारी सङ्घर्षलाई प्रवर्द्धन गर्ने प्रयासमा सामेल हुन र त्यसको समन्वय गर्न, विश्वभरका आफ्ना साम्राज्यवादी मालिकहरूलाई विशेष गरी अर्ध–औपनिवेशिक र अर्ध–सामन्ती देशहरूका कठपुतली शासहरुले दिने समर्थन र सैन्य प्रतिबद्धताको विरोध गर्ने सबै क्रान्तिकारीहरू, साम्राज्यवाद विरोधी, लोकतान्त्रिक र वातावरणवादी शक्तिहरूका बीचमा साझा मोर्चा निर्माण गर्न, सर्वहारा वर्ग र जनताको नाममा साम्राज्यवादी गुटहरू मध्ये एकलाई समर्थन गर्ने संसारका उत्पीडित र शोषितहरूका घातक शत्रु अवसरवादी भरौटेहरूलाई देशद्रोही भनी अस्वीकार र निन्दा गर्न, साम्राज्यवाद र त्यसको रखवारी गर्ने घरेलु प्रतिक्रियावादीहरुका विरुद्ध आज विश्व सर्वहारा क्रान्तिको अग्रपंक्तिमा रहेका मुख्यत: भारतको जनयुद्धसँगै फिलिपिन्स, टर्की, पेरुमा भएका अन्य जनयुद्धहरू सच्चा माक्र्सवादी–लेनिनवादी–माओवादी कम्युनिस्टहरूको नेतृत्वमा भएको क्रान्तिकारी सङ्घर्षलाई अथक रूपमा समर्थन गर्न अगाडि आउनु कम्युनिस्टहरुको कर्तव्य हो ।”
यस्तो छ आठवटा क्रान्तिकारी पार्टीले जारी गरेको घोषणा पत्र :
‘साम्राज्यवादी विश्वयुद्धको तयारीका विरुद्धमा क्रान्तिकारी संघर्षको विकास गरौं !’
– घोषणा पत्र –
सबै साम्राज्यवादी देशहरूले आफूलाई स्वतन्त्रता, लोकतन्त्र र विश्व शान्तिका रक्षक भएको घोषणा गर्छन् । तिनीहरू सबैले तानाशाही तथा अन्तर्राष्ट्रिय आतंकवादको विरुद्ध लड्ने बहाना गर्छन् । तर, वास्तवमा, तिनीहरू संसारका सबैभन्दा खराब आतंकवादी तानाशाह हुन् । तिनीहरूले शान्तिको कुरा गर्छन् तर विश्वव्यापी लुटपाटका लागि नयाँ युद्धको तयारी गर्छन् । तिनीहरूले हतियार उद्योगलाई बलियो बनाउँछन् । तिनीहरूले आफ्नो हतियार भण्डारमा वृद्धि गर्छन् । तिनीहरूले ठूला युद्ध मेसिनहरू मुख्यत: पूर्वी युरोपतिर परिचालन गर्छन् । तिनीहरूले प्यालेस्टाइन, सिरिया, यमनका जनताविरुद्धका लामा युद्धहरूलाई प्रायोजित गर्छन् । तिनीहरू ताइवान जलडमरु, कोरियाली प्रायद्वीप, पूर्वी चीन सागर, युक्रेनी–बेलारुस सीमा, ग्रीस र टर्कीका बीचको समुद्री सीमामा नयाँ प्रतिक्रियावादी युद्ध भड्काउन उक्साइ रहेका छन् । याङ्की साम्राज्यवादको कमाण्डमा रहेको नेटोले युक्रेनमा किभको कठपुतली शासनमार्फत् आफ्ना भाडाका सेना, हतियार तथा सैन्य प्रमुखहरूलाई रुसी साम्राज्यवादको सैन्य शक्तिसँग भिडाएको छ । दुवै पक्षले आणविक हतियार प्रयोग गर्ने बहाना खोजिरहेका छन् । चर्किदै गएका अन्तर–साम्राज्यवादी अन्तरविरोधहरुका कारण नयाँ आणविक विश्वयुद्ध भोलिको खतरामात्र रहेको छैन यसबाट हुने विश्वसमाज र त्यसको बासस्थानको रक्षामाथिको जोखिम बढदै गएको छ ।
मूलत: अहिले चलिरहेका छद्मयुद्ध र व्यापार युद्धहरु, उदीयमान व्यापारिक तथा सैन्य गठजोडहरु, भारी सैन्य बजेटको बाँडफाँड, विशाल तथा आम विनाशकारी हतियारहरूको निर्माण, सैन्य बलहरूको आधुनिकीकरण र अन्तरिक्षमा समेत गरिएका विश्वयुद्धको तयारीले एशिया, अफ्रिका र ल्याटिन अमेरिकी देशहरू लगायत पूर्वी युरोपेली देशहरूमाथि आर्थिक स्रोतसाधन तथा राजनीतिक नियन्त्रण गर्न साम्राज्यवादीहरुका बीच तीव्र प्रतिस्पर्धा चलिरहेको देखिन्छ । यसरी चर्किँदै गएको अन्तर–साम्राज्यवादी अन्तरविरोधले बजारको पुनर्विभाजन र विश्वआधिपत्य तर्फ सङ्केत गर्दछ ।
पतनशील र विघटित विश्व साम्राज्यवादी व्यवस्थाले आफ्नो चिहानतिरको एकतर्फी यात्राको प्रक्रियामा समाजमा चर्किँदै गएको विश्व आर्थिक संकटले भयावह परिणाम ल्याएको छ र यससँगै सबै महादेशहरुमा सामाजिक, स्वास्थ्य र पर्यावरणीय संकटहरू विस्तार भएका छन् । भोका साम्राज्यवादीहरूका लागि सामाजिक श्रमको विश्वव्यापी शोषण, वित्तिय पुँजीको सुदखोरी निर्यात, प्रकृतिको विनाश तथा उत्पीडित राष्ट्रहरुको शोषणको मूल्यमा एकाधिकारीकरण र पुँजी सञ्चय पुगेको छैन । तिनीहरूको राज्य व्यवस्था र मुख्यत: अर्थप्रणालीेको सङ्कटले साम्राज्यवादीहरूलाई पहिले नै विभाजित संसारको नयाँ विभाजन गर्न उत्प्रेरित गरेको छ । आर्थिक शक्ति, वित्तीय शक्ति, सैन्य शक्ति, पतनशील केही साम्राज्यवादी देशहरू र विश्व आधिपत्यका लागि लडिरहेका देशहरुका बीचको विश्वयुद्धको बलबाट मात्रै हासिल गर्न सकिने नयाँ विभाजन असमान आर्थिक विकासको अपरिहार्य उपज हो ।
परन्तु साम्राज्यवादीहरूलाई लुटपाटको युद्धमा धकेल्ने तिनै आर्थिक तथा सामाजिक कारणहरू पुँजीका दासहरू, शोषित सर्वहारा वर्ग तथा साम्राज्यवादी देशहरूका उत्पीडित जनता एवम् राष्ट्रहरूको विद्रोहको भौतिक अवस्था एकाधिकारी तथा साम्राज्यवादी देशहरुका लागि बाँच्नै र सहनै नसकिने हुन पुग्छन् । साथै, उनीहरूमा क्रान्तिकारी चेतना ल्याउने र विद्रोहलाई तिनको साझा शत्रु — दमन र शोषणको विश्व पुँजीवादी व्यवस्थाका विरुद्ध क्रान्तिकारी सङ्घर्षमा संगठित र रूपान्तरण गर्ने काम अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा निर्भर छ ।
कमरेड माओले भन्नुभएको छ, “विश्वयुद्ध भड्किन सक्छ, परिणामस्वरूप क्रान्तिहरू हुन सक्छन्, अथवा, क्रान्तिहरू जताततै भड्किन सक्छन् र त्यसलाई रोक्नको लागि आफ्नो शक्तिलाई केन्द्रित गर्दा साम्राज्यवादका लागि अर्को विश्वयुद्ध सुरु गर्न असम्भव हुन सक्छ, जे सुकै भए पनि यो क्रान्तिको युग हो ।”
नयाँ साम्राज्यवादी विश्व नरसंहारको तयारीका विरुद्ध अन्तर्राष्ट्रिय एकता र संघर्षको उदाहरण दिन, प्रतिक्रियावादी युद्धका लागि सेना र हतियारहरूको परिचालनको विरुद्धमा सबै देशहरूमा सर्वहारा सेनाहरूको क्रान्तिकारी सङ्घर्षलाई प्रवर्द्धन गर्ने प्रयासमा सामेल हुन र त्यसको समन्वय गर्न, विश्वभरका आफ्ना साम्राज्यवादी मालिकहरूलाई विशेष गरी अर्ध–औपनिवेशिक र अर्ध–सामन्ती देशहरूका कठपुतली शासहरुले दिने समर्थन र सैन्य प्रतिबद्धताको विरोध गर्ने सबै क्रान्तिकारीहरू, साम्राज्यवाद विरोधी, लोकतान्त्रिक र वातावरणवादी शक्तिहरूका बीचमा साझा मोर्चा निर्माण गर्न, सर्वहारा वर्ग र जनताको नाममा साम्राज्यवादी गुटहरू मध्ये एकलाई समर्थन गर्ने संसारका उत्पीडित र शोषितहरूका घातक शत्रु अवसरवादी भरौटेहरूलाई देशद्रोही भनी अस्वीकार र निन्दा गर्न, साम्राज्यवाद र त्यसको रखवारी गर्ने घरेलु प्रतिक्रियावादीहरुका विरुद्ध आज विश्व सर्वहारा क्रान्तिको अग्रपंक्तिमा रहेका मुख्यत: भारतको जनयुद्धसँगै फिलिपिन्स, टर्की, पेरुमा भएका अन्य जनयुद्धहरू सच्चा माक्र्सवादी–लेनिनवादी–माओवादी कम्युनिस्टहरूको नेतृत्वमा भएको क्रान्तिकारी सङ्घर्षलाई अथक रूपमा समर्थन गर्न अगाडि आउनु कम्युनिस्टहरुको कर्तव्य हो ।
साम्राज्यवादी पुँजीवाद संकटग्रस्त छ ! समाजवाद तथा साम्यवाद जिन्दावाद !
हाम्रो क्रान्तिले युद्ध रोक्छ अथवा युद्धले क्रान्ति जन्माउँछ !
विश्वका मजदुर तथा जनताहरु साम्राज्यवादका विरुद्ध एक होऔं !
कम्युनिस्ट वर्कर युनियन (एमएलएम) कोलम्बिया
कम्युनिस्ट (माओइस्ट) पार्टी, अफगानिस्तान
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)
नेपाल कम्युनिस्ट पार्टी (बहुमत)
भारतीय कम्युनिस्ट पार्टी (माओवादी)
माओइस्ट कम्युनिष्ट पार्टी – इटाली
माओइस्ट कम्युनिष्ट पार्टी ग्यालिसिया निर्माण समिति
रेड रोड (माओवादी समूह), इरान
माघ १५, २०७९