नेकपा (बहुमत) दोलखाकाे चाैथाे पूर्ण बैठक सम्पन्न, यस्ताे छ महत्त्वपूर्ण निर्णय

News Political

दोलखा: नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जिल्ला संगठन समिति दाेलखाकाे चाैथाे पूर्ण बैठक महत्त्वपूर्ण निर्णय गर्दै शनिबार सम्पन्न भएकाे छ । बैठकले १ महिने अभियान सहित २८औँ जनयुद्ध दिवस मनाउने निर्णय समेत गरेकाे छ । साथै विभिन्न महत्त्वपूर्ण निर्णयहरु गरिएकाे छ।

बैठकका प्रमुख अतिथि नेकपा (बहुमत) पूर्वी वाग्मती ब्यूराेका ईन्चार्ज अटलले भाव सम्प्रेषण सहित निर्देशानात्मक र प्रशिक्षणात्मक भनाइ राखेका थिए । बैठकका अतिथि तथा दाेलखा-सिन्धुपाल्चोक जिल्लाका ईन्चार्ज विनयले आगामि याेजना र याेजना कार्यन्वयनका लागि जिम्मेवारीबोध भएर काम गर्न प्रेरित गरेका थिए ।

बैठकमा उठेका कामकाे संभावना,चुनाैति र समधानका बिषयमा संयाेजक अन्जान लामाले प्रष्ट पारेका थिए भने युवाका व्यूराे ईन्चार्ज कमरेड अजय तामाङ राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रीय संयाेजक कमरेड सुन्तलि र सल्लाहकार समितिका सदस्य कमरेड पवित्र फुयालले अनुभतिजन्य मन्तव्य राखेका थिए ।

बैठकको अध्यक्षता तथा संचालन जिल्ला संयाेजक अन्जान लामाले गरेका थिए भने बैठकका प्रमुख अतिथि पूर्वी बाग्मति व्यूराेका ब्यूराे ईन्चार्ज कमरेड अटल अतिथिहरु दाेलखा सिन्धुपाल्चोक जिल्लाका ईन्चार्ज कमरेड विनयराज शर्मा तामाङ राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रीय संयाेजक कमरेड सुन्तलि अखिल नेपाल क्रान्तिकारी महिला संघका केन्द्रीय उपअध्यक्ष तथा केन्द्रीय सल्लाहकार समितिका सदस्य कमरेड पवित्र युवाका ब्यूराे ईन्चार्ज कमरेड अजयकाे उपस्थित रहेकाे थियाे।बैठकमा जिल्ला कमिटीका सदस्यहरूले आ-आफ्ना क्षेत्रका रिपोर्टिङ गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *