नेकपा (बहुमत) बर्दिया जिल्लाको बढैयाताल गाउँपालिकाको प्रथम पालिका भेला

News Political

बर्दिया : नेपाल कम्युनिष्ट पार्टी (बहुमत) बर्दिया जिल्लाको बढैयाताल गाउँपालिकाको प्रथम पालिका भेला सम्पन्न भएको छ ।
भेलाबाट रमेशको नेतृत्त्वमा र सञ्जय लगायत २१ सदस्यिय पालिका कमिटी गठन गरिएको छ ।

कार्यक्रमा नेकापा (मावोवादी केन्द्र)बाट वडा सदस्य तारा पाशी, माओवादी केन्द्र निकट दलित मुक्ति मोर्चा पालिका अध्यक्ष्य तिलोसी पासी र नेपाली कांग्रेस क्रियाशील सदस्य लोकेन्द्र थारु नेपाल कम्युनिष्ट पार्टी (बहुमत)मा प्रवेश गरेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि बाँके बर्दीया इञ्चार्ज कमरेड अनन्त, बुद्धिजिवि संगठन का केन्द्रीय संयोजक बालकृष्ण ओली, बर्दिया जिल्ला संयोजक कमरेड शक्ति, अथिती दलित मुक्ति मोर्चा केन्द्रीय सदस्य तथा बाँसगढी नगरपालिका इञ्चार्ज कैलाशको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता बढैयाताल गाउँ कमिटी इन्चार्ज कमरेड रमेशले गरेका थिए भने सञ्चालन अखिल (क्रान्तिकारी) बर्दीया जिल्ला संयोजक कमरेड भरतले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *