कैलाली : नेकपा (बहुमत) जिल्ला सम्मेलन आयोजक समिति कैलालीको चौथो पूर्ण बैठक महत्वपूर्ण निर्णय गर्दै शनिबार सम्पन्न भएकाे छ । प्रमुख अतिथि सेती महाकाली व्यूरो ईन्चार्ज महानको प्रमुख आतिथ्यमा अतिथि कैलाली ईन्चार्ज सिखर,९ महाधिवेशन आयोजक समिती सदस्य पार्वती ,सितल लगायतको उपस्थितीमा जिल्ला संयोजक प्रकाश रावल (अनमोल) अध्यक्षतामा बैठक सम्पन्न भएकाे जनाइएकाे छ ।
यस्ता छन् नेकपा (बहुमत) जिल्ला सम्मेलन आयोजक समिति कैलालीको चौथो पूर्ण बैठकका निर्णयहरू :-
१) मिटर ब्याजी, लघुबित्तको चक्रबृती ब्याज , चर्को बैंक ब्याजदर र बैंकले जनता माथि थोपरेको आतंकको बिरुद्ध संघर्ष गर्दै जनतालाई न्याय दिने । बैंक तथा बित्तिय क्षेत्रहरुलाई एक ‘१’ अंकमा व्याज घटाउन लगाउनको निम्ति कडा संघर्ष गर्ने ।
२) भारतिय पक्षले कैलालीका विभिन्न सिमा क्षेत्रमा अतिक्रमण गरिरहेको अवस्था बारे र जिल्लामा खुल्ला सिमाका कारण तस्करी, लुटपाट, अवैध सामानको आयात बारे अध्ययन अनुसन्धान गर्दै जनताहरु सहित राष्ट्रिय स्वाधिनताको संघर्ष र प्रशासनको ध्यानाकर्षण गराई संघर्ष गर्ने ।
३) लागु औषध कारोबार र तस्करीको कारण समाज आक्रान्त बन्न पुगेको छ, यसको सुक्ष्म रुपमा अध्यन गर्दै यसलाई नियमन गर्न जन सहभागिता सहित कडा कदम चालिने छ ।
४) सामाजिक विभेद , महिला हिंसा, लगायत समाजमा घटिरहेका यस प्रकारका विभेदकारी अत्यचार बिरुद्ध जनताहरु लाई जागरित गर्दै कडा संघर्ष गर्ने ।
५) स्वास्थ्य र शिक्षामा भैरहेको माफियाकरणले जनताको जिवन अत्यन्तै कष्टकर बनिरहेको छ । हाम्रो पार्टी स्वास्थ्य र शिक्षाको क्षेत्रमा देखिएका यस्ता समस्याहरु विरुद्ध सशक्त प्रकारले विभिन्न जनवर्गीय संगठनले संघर्ष गर्ने ।
६) स्थानीय निकाय र प्रशासनीक क्षेत्रमा भैरहेको भ्रस्टाचार, अनियमितता बिरुद्ध जनपरिचालन सहित सशक्त संघर्ष गर्ने ।
७) महंगी, कालोबजारीको कारण जनतालाई पर्न गएको संकट प्रति हाम्रो पार्टी शंवेदनसिल छ । जनता सहितको संघर्षको बलमा लुटधन्दा लाई ठेगान लगाउन विशेष संघर्ष गर्ने ।
८) जिल्लामा सुकुमबासी माथी भैरहेका अत्याचार लगायतका विरुद्ध संघर्ष गर्ने । सुकुमबासी माथि अत्याचार गर्नेहरु विरुद्ध जनपरिचालन सहित जनकारवाही सञ्चालन गर्ने ।
९) किसानहरुमाथि राज्य द्वारा भैरहको ज्यादति र बेवास्ता विरुद्ध किसान आन्दोलनलाई अगाडि बढाउने । भारतबाट निर्वाध रुपमा क्वारेन्टाईन चेक नगरि नेपालमा भित्री रहेका फलफुल, तरकारी, खाध पदार्थ, माछा मासु लगायतका उपभोग्य सामाग्रिहरुको कारण नेपाली जनताको स्वास्थ्यमा गम्भीर संकटहरु आईरहेका छन्, यस विरुद्ध हाम्रो पार्टीले सशक्त कडा संघर्ष गर्ने गर्ने ।
१०) पार्टीको ४४ बुँदे मागपत्रहरू प्रादेशिक कार्यालय, जिल्ला प्रशासन कार्यालय, नगरपालीका र गाउँपालीका मार्फत सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउने, २८ औं जनयुद्ध दिवस र सहिद सप्ताहलाई विविध कार्यक्रम गरी भव्य मनाउने, विभिन्न जनवर्गीय संगठनका जिल्ला भेला तथा सम्मेलन सम्पन्न गर्ने । साथै महत्वपूर्ण सांगठनिक निर्णय सहित कैलाली जिल्लाको चौथो पूर्ण बैठक सम्पन्न भएको छ !!
