विप्लवले ‘खोक्रो वामपन्थी अवसरवादी, लिनपियाओवादी हमला’ को शीर्षक दिएर उनको प्रवृत्तिमाथि नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले गरेका सटिक र वैज्ञानिक संश्लेषणको खण्डन गरेका छन् । उनले सारसङ्ग्रहवादी, जुझारु अर्थवादी, अधिभूतवादीजस्ता संश्लेषणहरूको खण्डन गरेका छन् तर उनले निम्नपुँजीवादी रोमाञ्चवादी संश्लेषणको भने खण्डन गरेका छैनन् । कि उनले त्यो संश्लेषणको त्यति भेउ पाएका छैनन् वा त्यो विषय छुटेको पनि हुनसक्छ । जे होस्, हाम्रो संश्लेषणमाथि उनले आफ्नो बल–बुता, बुद्धि र क्षमताले भ्याएसम्मको प्रतिवाद गरेका छन् । ती स्पष्टीकरण वा खण्डनको अन्तर्यबारे केलाउने प्रयत्न गरौँ ।
विप्लवले त्यो लेखमा भनेका छन्– उनको गुट ‘एमसीसीविरुद्धको सङ्घर्षसम्म पुग्दा देशको श्रेष्ठ एवम् क्रान्तिकारी पार्टीका रूपमा स्थापित बन्न पुग्यो ।’ जति बेला एमसीसीविरुद्ध सङ्घर्ष चलिरहेको थियो, विप्लवको आँखामा, कञ्चन, सुदर्शनहरू काठमाडौँको कोठामा बसेर विप्लवहरूलाई गाली गर्दै थिए । विप्लवले लेखेका छन्, ‘वास्तवमा उनीहरू राष्ट्रिय स्वाधीनताको, खासगरी एमसीसीविरोधी सङ्घर्ष, भ्रष्टाचारविरोधी सङ्घर्ष चल्दासम्म उदास अनुहारमा बसिरहेका थिए । औपचारिकताका लागि भाग लिए पनि जोस–जा“गर र उत्साह थिएन । बानेश्वरमा लडाइँ चेलेको छ, जुलुस र भिडन्त चलेको छ तर उनीहरू कोठामा बसेर नेताहरूको भण्डाफोर चलाइरहेका छन् ।’ पहिलो कुरा त त्यति बेला कन्चन संघर्षको अग्रिम मोर्चामा थियो, याक एण्ड एती आगाडि भाषण गर्नेमा होस या बानेश्वरका मोर्चाहरू समाल्नेमा; दोश्रो कुरा, त्यतिबेला विप्लव कहाँ थिए ? जति बेला एमसीसीविरुद्ध अरू सबै पार्टीका नेताहरू काठमाडौँमा केन्द्रित भएर नेतृत्व गरिरहेका थिए र नेकपाको नेतृत्वको माग सडकमा युवा जमातले गरिरहेको थियो, त्यति बेला विप्लव कपिलवस्तुको आफ्नैे घरमा बनेको ‘जनकम्युन’ को एकल बराह (एउटा सुँगुर) को खेती गरिरहेका थिए । जनकम्युनको सुँगुरखेती, मासुको व्यापार र नबिकेपछिको घरायसी खपतसहितको विप्लवको अर्थनीतिमा आधारित अर्थप्रणालीको रोचक कहानी छ, त्यो पछि प्रसङ्गमा उल्लेख गरौँला । बताइरहन आवश्यक छैन– एमसीसीका विरुद्ध नेपालका सचेत, देशभक्त जनताले व्यापक विरोध गरेका थिए र त्यसमा सबै देशभक्त, क्रान्तिकारी, लोकतन्त्रवादी शक्तिहरू दिलोज्यानले एमसीसी पारित नगराउनका लागि कोसिस गरेका थिए । त्यसमा हामीले काठमाडौँमा गरेको सङ्घर्ष घरको बार्दलीबाट सुँगुरको खोरतिर चिहाउने विप्लवका आँखाले देख्ने कुरा भएन । हाम्राविरुद्ध उनका सबै प्रकारका झूटा बकबासहरू यत्तिले खारेज गर्छ । जहाँसम्म विप्लवले एमसीसीविरुद्धको सङ्घर्षमा केवल त्यो पार्टी देशको श्रेष्ठ पार्टी भएको भ्रम पालेका छन् त्यो उनको आत्मतुष्टि मात्र हो । उनको ‘महाधिवेशन’ मा शुभकामना दिने उनका ‘मित्र सङ्गठन’ का एकजना नेताले हामीसँग भनेका थिए, संयुक्त बैठकमा प्रकाण्डले यति अशोभनीय बढाइचढाइका साथ भत्रे गर्थे त्यही आन्दोलनका कारण संसद्को बैठक सर्यो, त्यही आन्दोलनका कारण एमसीसी धकेलियो । तर उनको भनाइ शतप्रतिशत झूट हुँदाहुँदै पनि हामी कुनै प्रतिक्रिया दिँदैनथ्यौँ किनकि हामीलाई उनको कुराभन्दा एमसीसीविरुद्ध संयुक्त कार्यक्रममा जोड दिनु प्रमुख हुन्थ्यो र कार्यक्रम बनाउनेमै हाम्रो जोड हुन्थ्यो । यो तथ्य सायद न विप्लव गुटको एउटा पाटो विप्लवलाई थाहा होला, न अर्को पाटो प्रकाण्डलाई । किनभने उनीहरूमा अरूले के भन्छ भनेर त्यसका बारे विचार गर्ने संस्कृति नै छैन । त्योभन्दा त अझ रोचक, गम्भीर र आपत्तिजनक कुरा त अर्को छ । उनको ‘महाधिवेशन’ शुभकामना दिने विप्लवका मित्र पार्टीका एकजना नेताले हामीसँग भनेका थिए, ‘विप्लवहरूले त एमसीसीबाट कमिसन खाएछन् नि !’ पार्टी फुटिसकेको थियो तर हामीले भन्यौँ– यस्तो वाइयात कुरा गर्नु हुँदैन । उनले थपे, ‘होइन, सबैले त्यही भन्छन् !’ हामीले फेरि भन्यौँ– के तपाईंले उनीहरूसँग त्यसबारे छलफल गर्नुभयो ? उनले भने, ‘प्रकाण्डसँग कुरा गरेँ ।’ हामीले फेरि सोध्यौँ– के भने त प्रकाण्डले ? उनको जबाफ थियो, ‘प्रकाण्डले के भत्रे, होइन भने !’ हामीले भन्यौँ– त्यसो होइन होला । त्यति नीच काम त नगर्नुपर्ने । भोलि कुनै न कुनै दिन यो त थाहा भैहाल्छ । उनले भने, ‘होइन त भनिहाल्छन् नि !’ यो थियो उनका मित्रसँगको संवाद । यति बेला विप्लवले एमसीसीविरुद्धको सङ्घर्षमा उनी श्रेष्ठ भएको दाबी गरिरहेका छन् त्यो श्रेष्ठताको वास्तविक अर्थ के हो ? वैज्ञानिक समाजवादी क्रान्तिका लागि भनेर एनसेलको मुद्दामा तमाम साथीहरू जेल बसे, तमाम साथीहरू अहिले पनि जेलमै छन् तर एनसेलबाट ‘ट्याक्स’ असुल गर्न सफल भएर विप्लवले जति ‘श्रेष्ठता’ हासिल गरे, एमसीसीको सङ्घर्षमा प्राप्त गरेको ‘श्रेष्ठता’ को रहस्य भविष्यमा अवश्य खुल्दै जानेछ ।
यति ठूलो श्रेष्ठता हासिल गरेको पार्टीलाई त्यो श्रेष्ठता नै भताभुङ्ग हुने गरी बहुमतको पार्टी पुनर्गठन भएपछि विप्लव विक्षिप्त हुनु बिल्कुल अस्वाभाविक र अनपेक्षित कुरा होइन र भएको पनि त्यही छ र त उनी तथानाम बर्बराएका छन् जुन कुरा उनको समझमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ‘मौका कुरेर मार हान्ने षड्यन्त्रकारी’ देखिन पुग्छ ।
विप्लवले आफ्नो लेखमा एउटा तथ्य सही किसिमले उद्धरण गरेका छन्, ‘उनीहरूले महासचिव–प्रवक्तालगायत नेताहरू संसद्वादमा भासिएको, आत्मसमर्पणवादी भएको, क्रान्तिलाई ध्वस्त पारेको, एकीकृत जनक्रान्तिको कार्यदिशा सारसङ्ग्रहवादी भएको, जुुझारु अर्थवादी भएको भन्ने प्रचार गर्दै पार्टी नै फुटाउने ठाउँमा पुगे । पार्टी नीतिको बचाउ गर्ने पङ्क्ति निकै कमजोरजस्तो बन्यो ।’ हो यो कुरा सही हो र यसका बारेमा माथि नै उल्लेख गरिएको छ । यसबारेमा वैशाख महिनामै रातो खबर पत्रिकामा ‘पार्टीमा देखिएका गम्भीर समस्या र समाधान’ शीर्षकमा नेपाली कम्युनिस्ट आन्दोलनका दुई लाइन सङ्घर्षहरूमध्ये इतिहासिमै एउटा महत्वपूर्ण लेख छापिएको छ । यसमा विप्लवको सैद्धान्तिक अस्पष्टता, राजनीतिक विचलन, प्रस्ट गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को ऐतिहासिक दस्ताबेजमा पनि पर्याप्त उल्लेख गरिएको छ । यहाँ फेरि पनि स्पष्ट कुरा के हो भने विप्लवले अपनाएको कार्यदिशा सारसङ्ग्रहवादी नै छ । उनको बुझाइ एकाङ्गी, मनोगतवादी, रोमाञ्चवादी छ जुन कुरा अहिलेसम्मका अनुभव, व्यवहार र उनका बुझाइबाट प्रमाणित भैसकेका छन् । यसले त्यहाँ रहेका तमाम कमरेडहरूलाई विप्लवले भनेजस्तो ‘कमजोरजस्तो’ मात्र होइन, पूरै कमजोर बनाएको छ, क्रान्तिको दिशामा गतिहीन बनाएको छ र क्रान्तिकारी अपेक्षाको विपरीत प्रतिक्रान्तिकारी हर्कतहरूमा अग्रसर बनाएकोे छ । गर्दै जाँदा विप्लवले एक ठाउँमा भने सही कुरा गरेका छन्, ‘पार्टी नेतृत्व संसद्वादमा फस्छ वा क्रान्ति छोडेर दलाल पुँजीवादी सत्ताभित्र छिर्दछ भने त्यसलाई नाङ्गेझार पार्नै पर्दछ र क्रान्तिकारीहरूले विद्रोह गर्नै पर्दछ । संसद्वाद, आत्मसमर्पणवाद र विसर्जनवादविरुद्ध धावा बोल्नुपर्छ र नयाँ पार्टी बनाउनैपर्छ ।’ हो, यहाँ भएकै त्यही हो । जब विप्लव–प्रकाण्ड गुटले मार्क्सवाद–लेनिनवाद–माओवादका आधारभूत मान्यतालाई सैद्धान्तिक रूपमा परित्याग गर्दै माओवादलाई केवल ओठेभक्तिमा रूपान्तरित गर्न पुग्यो, वर्गसङ्घर्षको मान्यतालाई जुझारु अर्थवादको मान्यतामा पतन गराउन पुग्यो र यो प्रक्रियाबाट सहिदको रगतमा खेलबाड गर्न पुग्यो, जब उनले घुमाउरो तरिकाले केजरीवाल शैलीको पार्टी र पपुलिस्ट नीतिमा पतन हुने बाटो अपनाउन पुगे त्यो विसर्जनवाद थियो । तब विप्लव–प्रकाण्ड गुट पहिले आफैँमा नाङ्गेझार भयो, दोस्रो आमजनतामा नाङ्गेझार बनाउनुपर्ने आवश्यकता पैदा भयो र तेस्रो, पार्टीको पुनर्गठन गर्दै विप्लव गुटलाई पार्टीबाट बर्खास्त गर्नुपर्यो । त्यही कारण त हो, वैज्ञानिक समाजवादी क्रान्तिको झन्डालाई उचो राख्ने ऐतिहासिक कार्यभार पूरा गर्न नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को गठन भएको र त्यसप्रकारको विसर्जनवादका विरुद्ध धावा बोलेको । यो मार्क्सवाद–लेनिनवाद–माओवाद हो । परन्तु, विप्लवको नीति माथि नै भनिएजस्तो ‘बिरप्पनवाद’ हो ।
बाह्रौँ केन्द्रीय समितिको बैठक चलिरहेको समयमा सचिवालयको बैठक पनि बसिरहन्थ्यो । त्यो बैठकमा विप्लवका संसद्वादपरस्त रुझान कुमालेको चक्का घुमेजस्तै पुरानै तर्कहरूमा घुमिरहन्थ्यो । त्यो बैठकमा मैले विप्लवलाई भनेको थिएँ, ‘तपाईंका सोचहरू अत्यन्त भोलाभाला प्रकारका छन् । तपाईंलाई संसद्वादमा आत्मसमर्पण गरेर क्रान्ति हुन्छ भत्रे लागेको छ भने, यस्तो केटौले उत्तेजनामा विश्वास छ भने यो मृगमरीचिका मात्र हो । होइन, तपाईंको विचार नै त्यही हो भने, तपाईं संसद्वादी राजनीतिमा जाँदै हुनुहुन्छ भने र हाम्रो सदासयताका विपरीत तपाईं संसद्वादी राजनीतिमा जाने नै हो भने मेरो बाउला नसमात्नुस्, मेरो हात छाडिदिनुस् । त्यो भोलाभाला तर्क के थियो, त्यसका बारे विप्लवले आफैलेँ लेखेका छन्, ‘बाह्रौँ पूर्ण बैठकमा पार्टीले स्थानीय चुनावलाई प्रयोग गर्ने कार्यनीति लिनुपर्छ भन्ने प्रस्ताव महासचिवले पेस गरेको साँच्चै हो तर यो प्रतिक्रियावादी, दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थातिर फर्किनका लागि या क्रान्ति छोड्नका लागि कदापि थिएन र यो कल्पना गर्न सकिने विषय नै होइन । यदि नेतृत्वले संसद्वादी मार्ग लिने सोच्दो हो भने किन स्थानीय चुनावको बाटोबाट लिनुपर्छ ? प्रचण्डसहितको माओवादी पार्टी, बाबुराम प्रधानमन्त्री बन्दाको परिस्थिति, ३ बुँदे सहमति हुँदा केपी सरकारको आग्रह, हालको पाँचदलीय गठबन्धनकै सोचाइ जताबाट पनि केन्द्रमै सहभागी बन्ने पर्याप्त विकल्पहरू थिएनन् र !’ यी भोलाभाला तर्कहरू थिए विप्लवका । सोच एउटा, व्यवहार अर्को, विप्लवको अज्ञेयवाद हो । चाहना संसद्वादपरस्त नहुने, व्यवहार संसद्वादमा छिरिछाड्ने । यो हो उनको अकर्मण्यतावाद । अनि यो हो विप्लवको बितण्डतावादी तर्क र प्रचण्ड वा ओलीसँग संसदीय राजनीतिमा एकाकार हुन नसक्नुको कुण्ठा, पीडा र छट्पटाहटको अरण्य रोदन ।
कुरा त्यति मात्र होइन, हामीले माथि नै उल्लेख गरेका छौँ– एक्काईसौँ शताब्दीको नवउदारवादी संसद्वादी वा पुँजीवादी व्यवस्था, जसले समाजवादका आधारभूत आर्थिक आधारलाई एकाधिकारवादी पुँजीवादको कब्जामा राखेर जनताकालागि राजनीतिक, सामाजिक, सास्कृतिक र व्यक्तिगत स्वतन्त्रताको वकालत गरेको हुन्छ , जसले समाजवादका आधा मूल्य र मान्यतालाई आफ्नो जस्तो गरी प्रस्तुत गरेको हुन्छ, त्यसले धेरै कम्युनिस्ट भत्रेहरूलाई विचलित बनाइरहेको हुन्छ र उनीहरूलाई लेनिन र माओको दुहाइ दिँदै कार्यनीतिका नाममा पुँजीवादी राजनीतिमा नडुबिरहन मुस्किल पार्ने गरेको हुन्छ । यही दशाको सिकार विप्लव–प्रकाण्ड गुट बनेको छ । यो कुराको बुझाइमा विप्लवको खोट छ । भलै उनले तमाम अवसरहरूलाई छाडेका किन नहोऊन् तर यो सैद्धान्तिक तथ्यलाई विप्लवले कदापि बुझ्न नसकेका कारण नै उनलाई आत्मग्लानि भैरहेको छ, छट्पटाहट छ, रिस, आक्रोश र आवेग पैदा भैरहेको हुन्छ जसको परिणाम उनको विचारमा प्रतिशोध पैदा हुन पुग्छ र विगतका घटनाहरूप्रति उनलाई पश्चाताप भएको तथ्यनै अभिव्यक्ति हुन्छ । यो उनको चिन्तनमा भएको अवसरवादको अभिव्यक्ति हो, हीनताको अभिव्यक्ति हो ।
बाँकी रह्यो संसद्वादविरोधी तोतारटाइ, जस्तो उनले भनेका छन्, ‘इमानदार पार्टीपङ्क्तिलाई थाहा छ कि नेपाली क्रान्तिको कार्यदिशा के हुनुपर्दछ भन्ने सवाललाई निदान गर्दै हामीले किरणबाट विद्रोह गर्दा ‘एकीकृत जनक्रान्ति’ ठोस गरेका थियौँ । यो कुनै रातारात मनोगतवादी तरिकाले गरेको संश्लेषण वा कसैको नक्कल गरेर प्रस्तुत गरेको संश्लेषण नभएर जनयुद्धदेखि कम्युनिस्ट आन्दोलन, विशेषतः नेपाली क्रान्तिभित्र कार्यदिशाबारे चलेको गहिरो बहस, जनविद्रोह र जनयुद्ध भन्ने कार्यदिशाका मूर्त विशेषता एवम् तिनका परिस्थितिजन्य सीमा, २१ औँ शताब्दीका नयाँ विशेषताहरू र नेपाली अर्थराजनीतिक सम्बन्धहरूमा आएका परिवर्तनलाई विश्लेषण गरेर बुद्धिमत्तापूर्ण ढङ्गले गरेको संश्लेषण हो । हामीले त्यति बेला नै स्पष्ट भनेका छौँ– जनविद्रोह र जनयुद्ध बीसौँ शताब्दीका क्रान्तिकारी कार्यदिशा हुन् । सापेक्षित पुँजीवादी देश रुसमा प्रयोग भएको जनविद्रोहको कार्यदिशा र किसान र ग्रामीण क्षेत्र बाहुल्य भएको अर्धसामन्ती तथा अर्धऔपनिवेशिक देश चीनमा प्रयोग भएको दीर्घकालीन जनयुद्धको कार्यदिशा त्यस बेलाका ठोस परिस्थितिलाई समाधान दिन सक्षम कार्यदिशा थिए तर ती कार्यदिशाले आजको नेपाली एवम् विश्वपरिस्थितिसँग मेल खाँदैनन् । नेपाल अहिले न रुसको जस्तो परिस्थितिमा छ, न त चीनको जस्तो विशेषतामा नै छ । नेपालमा सामन्तवादको अन्त्यपछि दलाल पुँजीवादी सत्ता चलिरहेको छ । राजनीतिक एवम् आर्थिक रूपले निकै नयाँ र भिन्न विशेषतामा छ । यहाँको मुख्य अन्तर्विरोध दलाल पुँजीवादी सत्ता र श्रमिक जनताका बीचमा रहेको छ । यसको समाधान सही तरिकाले गर्ने हो र हामीले वास्तविक सफल क्रान्ति गर्ने हो भने तीभन्दा गुणात्मक रूपले नयाँ र उच्च कार्यदिशा संश्लेषण गर्नुपर्छ ।’ विप्लवका यी भनाइहरू लामो समयदेखि माक्र्सवादी साहित्यमा अभ्यस्त हुनुका परिणाम हुन् जुन विप्लवका ‘अनुसन्धान’ र संश्लेषण नभएर प्रचण्ड, किरण र अझ अगाडि मोहनविक्रमहरूले लामो समयदेखि कम्युनिस्ट आन्दोलनमा प्रशिक्षित गर्दै आएका थिए । विप्लवले केबल यी तथ्यहरूलाई द्वन्द्वात्मक तरिकाले बुझ्नेभन्दा उच्च शिक्षा हासिल गर्ने विद्यार्थीले बढी अङ्क प्राप्त गर्नका लागि कण्ठस्थ गरेको भावमा अभिव्यक्त गरेका छन् । प्रश्न किताबमा पढेका कुरालाई उनले कसरी प्रस्तुत गर्छन् भत्रे होइन, विषय उनले के गर्छन् र पढेको कुरालाई कसरी बुझ्छन् भत्रे पनि हो । लेनिनले भत्रुभएको थियो, ‘हामी कसले के सोचेको हुन्छ वा के भन्छ भत्रेबाट होइन, उसले के गर्छ भत्रेबाट मूल्याङ्कन गर्दछौँ ।’ यहाँ विप्लवले क्रान्तिका बारेमा के भावना राख्छन्, के सोचिरहेका हुन्छन् वा के लेख्छन् भत्रे कुरासँग होइन, उनले के गर्छन् भत्रे कुरा नै प्रधान हुन्छ । पार्टी, क्रान्ति, कार्यदिशा र परिवर्तनका तमाम ओठेभक्तिका बाबजुद उनले संसदीय चुनाव उपयोग गर्ने नीति र बुझाइबाट उनी संसदीय राजनीतिमा भासिएका छन् । यो नै उनको अहिलेको मानक बिन्दु हो । यो बिन्दुमा जब उनी मार्क्सवादबाट चिप्लिएका छन् उनको सैद्धान्तिक रटान पण्डितको गीता पाठभन्दा कुनै अर्थमा अन्तर रहँदैन, मुल्लाहको घण्टा–घण्टाको कुरान उच्चारणभन्दा फरक हुँदैन र पादरीका धुपौरे प्रवचनभन्दा फरक छैनन् । त्यसमा विप्लवले जसरी व्याख्या गरेका छन्– एकीकृत जनक्रान्ति सानो दुःखले आज्र्याको होइन, यसमा ठूलै कसरत परेको छ । क्रान्ति भत्रे शब्द कम्युनिस्ट आन्दोलनमा चलेकै थियो, एकीकृत शब्द दीपकले सुझाइदिनुभएको थियो, जन शब्द रवीन्द्र श्रेष्ठले जुटाइदिनुभएको थियो र सबैको योग एकीकृत जनक्रान्ति बनेको थियो । यो सत्यलाई विप्लवले तोडमोड गर्न पृथ्वी नै उल्ट्याउनुपर्ला, दसौँ हर्कुलसको तागत लगाउनुपर्ला ।
विप्लवले भनेजस्तै किरणसँग अलग हुने समयमा कञ्चन शिवगढी नगएको सत्य हो । त्यो समयमा पार्टीभित्र ठूलाठूला बहसहरू थिए । कञ्चनको बहसको मुद्दा प्रचण्डको नेतृत्वमा जनगणतन्त्रसम्म आएको जनयुद्धले किन धक्का (सेटब्याक) खानुपर्यो, त्यसको सैद्धान्तिक कारण छलफल गरौँ भत्रे थियो । विप्लवको बहस प्रचण्डसँग अलग हुनुको फुटको औचित्य पुष्टि हुन सकेन भत्रे थियो । बादल, पम्फा र देव गुरुङको बहस यताबाट संसद् र सरकारमा सहभागिता सम्भव नहुने भएपछि प्रचण्डसँगै एकता गर्नुपर्छ भत्रे थियो । यिनै बहसका बीचमा विप्लवले हतार गर्दै पार्टी विभाजन गर्न हिँडेको साँचो हो । कञ्चन कन्भिन्स भएको कुरा के थियो भने युवाहरूका बीचमा विषयहरूप्रति गम्भीर बहस हुनेछ र सही विचार संश्लेषण गर्न आमक्रान्तिकारी ध्रुवीकरणको प्रयत्न हुनेछ । परन्तु विप्लवसँग लामो समयसम्म यसप्रकारको कुनै बहस भएन । अझ स्पष्ट भत्रे हो भने प्रकाण्डलाई यो बहससँग कुनै सरोकार थिएन र अहिले पनि छैन । उनको सरोकार केवल आर्थिक सङ्कलन गर्ने, छलछाम र झुटमुट गर्ने, पपुलिस्ट बत्रका लागि हरप्रयत्न गर्ने निम्नपुँजीवादी क्यारियरिस्ट आचरण थियो र अहिले पनि विद्यमान छ । यो स्थितिमा कुनै बहस हुने कुरा भएन ।
पार्टी विभाजनका लागि भएको बहसका सन्दर्भमा विप्लवले अन्वेषण गरेको एकीकृत जनक्रान्ति उत्भव रोचक प्रकारले भएको छ । माथि नै उल्लेख गरेजस्तो ‘एकीकृत’ शब्दका जन्मदाता कमरेड दीपक हुनुहुन्थ्यो जसले विप्लवको कार्यदिशालाई एकीकृत क्रान्तिको सिद्धान्त बनायो । छलफलकै क्रममा रवीन्द्र श्रेष्ठले ‘जन’ थपिदिनुभयो, त्यसपछि त्यो एकीकृत जनक्रान्ति भयो । जब एकीकृत जनक्रान्ति व्याख्या, विश्लेषण र त्यसको आकारप्रकारको कुरा आयो पाँच आधार र सात आधारबाहेक विप्लवसँग दुई–चार परिस्थितिको जोडजाड गर्ने सारसङ्ग्रहवादभन्दा केही निस्कने भएन । उनका लागि राजनीतिक कार्यदिशा, कार्यनीति, कार्यक्रम, सैनिक कार्यदिशा, कार्यनीति, कार्यक्रम कुनै पनि प्रस्ट हुन सकेनन् । उनका लागि सबै कुरा कमरेड दीपकले जुटाइदिएको ‘एकीकृत’ र कमरेड रवीन्द्रले जुटाइदिएको ‘जन’ को सारसङ्ग्रहवादी दुईको एकमा संयोजनबाहेक अर्को भएन । यो अवस्थामा नेता, कार्यकर्ता र जनतामा समेत प्रस्ट गर्न, नेतृत्वमा रहेका विप्लवलाई वैचारिक राजनीतिक हिसाबले मद्दत गर्न र वैज्ञानिक समाजवादी क्रान्तिको बाटो अगाडि बढाउन मेहनत गरिएको हो । विप्लवले जनयुद्ध, जनविद्रोहभन्दा फरक खोज्ने, मार्क्सवाद २०० वर्ष पुरानो भयो, लेनिनवाद १०० वर्ष पुरानो भयो र त्यसको नयाँ सिद्धान्तको खोजी हुनुपर्छ भन्दै एकीकृत जनक्रान्तिको सारसङ्ग्रहवादी रटान गर्दा कतैकतै मार्क्सवादका आधारभूत मान्यताबाट विचलित नहोऊन् भत्रे पनि हामीलाई लाग्ने नै भयो जसको परिणाम विप्लवले भनेजस्तै मेहनत गरेर लेख पनि लेखिएको हो तर एकीकृत जनक्रान्तिको मसिहा विप्लव आफैँमा रनभुल्ल भएपछि हाम्रा प्रयत्नहरू हामीसँग नै रहने भए ।
विप्लवले उल्लेख गरेको अमेरिकी प्राध्यापक र वायुयानको कहानी पनि सही नै हो । कञ्चनले उनीसँग छलफल गरिसकेपछि उनले एउटा नेपाली दैनिक पत्रिकालाई दिएको अन्तरवार्तामा भनेका पनि रहेछन्, जुन अन्तरवार्ता त्यही पत्रिकामा विप्लवले आफ्नै आँखाले देखेका छन् र आफ्नै हातमा लिएर पढेका पनि छन्– नेपालको राजनीतिक समस्या कुनै पनि पार्टी र नेताहरूले बुझेका छैनन् तर दुर्भाग्यवस भत्रुपर्छ– विप्लव माओवादीले सही किसिमले बुझेको छ । कञ्चन र सुदर्शनका तर्फबाट विप्लवलाई नेपाली राजनीतिमा सच्चा तरिकाले स्थापित गर्न सम्पूर्ण रूपले मद्दत गरेको हो । यही क्रममा राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा विप्लवलाई स्थापित गर्नु क्रान्तिका लागि हित हुन्छ भनेरै गरिएको हो । यसको पछाडिको मुख्य कारण एउटै थियो– विप्लवको जुझारुपना, त्यो समयमा देखिने क्रान्तिकारी रोमाञ्च, युवाशक्ति, जनतालाई कन्भिन्स गर्नसक्ने भाषण क्रान्तिका लागि जनतालाई जोड्ने साधन हुनसक्छ । उनका दर्जनौँ व्यावहारिक कमजोरीहरूसँग क्रान्तिकै लागि सौदाबाजी गरिएको पनि हो । तर इतिहासको एउटा कालखण्डमा विप्लव प्रवृत्ति जुत्तामा पोको लागेको चिम्टे–माटो मात्र रहेछ, त्यसलाई पत्थरमा पुछेर फाल्नुपर्ने भयो किनभने उनको विचारमा भएको खोट जसरी स्थानीय चुनावमा उजागर भयो त्यो कहिल्यै उजागर भएको थिएन । सबै केन्द्रीय समितिका कमरेडहरूलाई स्मरण हुनुपर्छ, मैले १२ औँ केन्द्रीय समितिको बैठकमा भनेको थिएँ– विप्लवका सयौँ व्यावहारिक समस्याहरूसँग सम्झौता गरिएको छ तर आधारभूत सैद्धान्तिक मुद्दासँग सम्झौता गर्ने स्पेस रौँबराबर पनि छैन । विप्लवले वैचारिक कमजोरी नसच्याएमा पुरानो पार्टी विघटन हुने कुरा स्पष्ट गरिएको थियो ।
विप्लवको सङ्कीर्णतावादी अजीर्णता र तथ्यहरूमाथि तोडमोड गर्ने प्रवृत्ति– ४
विप्लवले कमरेड सुदर्शन र दीपकबारे कतिपय प्रसङ्गहरू तोडमोड र प्रतिशोधपूर्ण तरिकाले उठाएका छन् । सुदर्शन जेलबाट रिहा भएको विषयलाई अनायास साँठगाँठको विषय बनाएका छन् जुन कुरा विप्लवको पूरापूर अनैतिक, भ्रष्ट र प्रतिशोधपूर्ण टिप्पणी हो । विप्लवको टिप्पणी अनैतिकताको पराकाष्टा यसकारणले हो– उनी स्वयम्को सहभागिता र पहलसहित सबै मित्रहरूको सङ्घर्षले सुदर्शनको रिहाइ भएको हो । रिस र आवेगमा तथ्यहीन तर्क गर्नु अवसरवाद हो, लागूपदार्थले बेहोस भएर बकबास गर्नुजस्तै हो । अनेक प्रयत्न गरेर रिहा गर्ने अनि आत्मसमर्पणको आशङ्का छरेर बदनाम गर्न खोज्नु अनैतिकता हो । आत्मसमर्पणकै कुरा गर्ने हो र इतिहासको ऐनामा हेर्ने हो भने बरु विप्लवले वास्तविक अनुहार उनकै प्रवक्तामा देख्नेछन् । सातौँ केन्द्रीय समितिको बैठकलगत्तै गिरफ्तार भएका प्रकाण्डको रिहाइ एनजीओको सहयोग र सरकारी व्यक्तिहरूको सहयोगमा पार्टीलाई जसरी पनि आत्मसमर्पण गराउँदै वार्तामा ल्यउँछु भत्रे वचनबद्धतासहित भएको थियो भत्रे सूचना विप्लवको हातमा केन्द्रित भएको थियो । यो व्यवहार सरकारका अगाडि आत्मसमर्पण हो भत्रे विप्लवको निष्कर्ष पनि हो । प्रकाण्डको अगाडि विप्लवको दब्बुपना, आर्थिक बाँडफाँटले पैदा गरेको स्वबुझपूर्णले अनुबन्धन र आन्दोलनले पैदा गरेको अप्ठ्यारो अवस्थाका कारण औपचारिक रूपमा विप्लवले बैठकहरूमा यो कुरै उठाएनन् । प्रकाण्ड रिहा भएपछिको बैठकमा उनको रिहाइको विषयलाई बहादुरी गरेको भनेर प्रशंसा गरियो । परन्तु अन्य कमरेडहरूको हकमा सबैलाई शङ्का गर्ने वा गिरफ्तार हुनेबित्तिकै अछुत अवस्थामा पुर्याउने र आन्दोलनको भाले बत्रे नीति विप्लव–प्रकाण्ड गुटको बन्यो । त्यही नीतिअनुसार हरेक केन्द्रीय सदस्य र अन्य पार्टी सदस्यहरूमाथि व्यवहार गर्न थालियो । त्यसपछि केही रोचक प्रसङ्गहरू उजागर हुन्छन् । कमरेड शीतल सुर्खेत हिरासतबाट रिहा भएपछि आत्मसमर्पण गरेर निस्किएको आरोप लगाइयो । मैले नै त्यो आरोप गलत भएको भनेपछि शीतलमाथि कारबाही र परीक्षणकाल लागू भएन । कमरेड असल र कमरेड आदर्शलाई आत्मसमर्पण गरेको आरोप लगाइयो । त्यतिबेला मैले भनेको थिएँ– साथीहरूलाई आत्मसमर्पण गरेको आरोप लगाउनुभन्दा त्यसको कारण खोज्नु उपयुक्त हुन्छ । नेताहरू एनजीओको सहयोग र सरकारसँग आत्मसमर्पण गरेर निस्कनु र कार्यकर्ताहरूलाई आरोप लगाउनु सैद्धान्तिक, राजनीतिक र सङ्गठनात्मक रूपले गलत हुन्छ । यो कुरा सुनेपछि बैठकमै प्रकाण्ड आक्रोशित भएर उफ्रिए र उनले यतिसम्म भने, ‘कुन दिमागले मेरो हिरासतको सङ्घर्ष र रिहाइले पार्टीलाई उचाइमा पुर्यायो भनेर निर्णय गर्नुभयो ? शङ्का छ भने आयोग बनाएर छानबिन गर्नुस् ।’ प्रकाण्डको उद्दण्डताप्रति विप्लव चुपचाप बसे । मेरो प्रतिवादकै कारण असल र आदर्शमाथि कारबाही रोकियो । यसरी प्रकाण्डको रिहाइ पार्टीलाई सम्झौतामा लैजाने, चुनावमा भाग लिन लगाउने, एमालेसँग एकता गराउने सर्तमा भएको थियो भत्रे सूचनाहरू विप्लवको खल्तीमा खात लागेका थिए जुन सूचनामा धेरै कृत्रिमता थिएन । यस्तो विषयलाई छोपछाप पार्ने विप्लवले अहिले सुदर्शनमाथि तोडमोड गर्नु निर्लज्जता र अनैतिकताको पराकाष्टा हो । त्योभन्दा अझ गम्भीर विषय त के छ भने विप्लवले आफ्नो लेखमा जसरी ‘… एनसेलमा जिम्मा लिने सुदर्शन छु्ट्ने तर हामीले भाग लिएका होइनौँ भन्ने कार्यकर्ता आजसम्म नछुट्ने कसरी हुन्छ ?!’ भनेका छन् त्यसले सुदर्शनलाई पुनः जेल हाल्नुपर्छ भत्रे अभिव्यक्तिका साथ प्रतिक्रियावादी सत्ताको चाकरी, दलाली र मतियारको स्तरमा गिराएका छन् ।
वार्ताकै प्रसङ्गमा विप्लवको अनैतिकता, प्रकाण्डको षड्यन्त्रपूर्ण पाखण्ड र आत्मसमर्पणवादी नीति सबैका अगाडि छर्लङ्ग छन् । वार्ताका सन्दर्भमा न केन्द्रीय समितिमा, न त सचिवालयमै कहिल्यै पनि ठोस नीति बनेन । राजनीतिक र वैचारिक बहस गर्न खोजे पनि विप्लव र प्रकाण्ड कहिल्यै पनि व्यवस्थित बहसमा आएनन् किनभने उनीहरूका लागि नेपालमा समाजवादी क्रान्ति सम्भव थिएन र षड्न्त्रपूर्ण तरिकाले पार्टीलाई आत्मसमर्पण गराउनु थियो । प्रकाण्डका लागि कुनै ठाउँबाट माननीय र बढीमा मन्त्री र विप्लवका लागि गिट्टी–बालुको ठेक्कापट्टा सुनिश्चित गर्नु थियो र यो कामको प्रयोजनका लागि तह लगाउने बमबारुदको तर्जुमासम्म गर्नु थियो । यसबारे एकपछि अर्को गरी रहस्यहरू खुल्दै गए । तर यसका लागि स्थानीय चुनावको ढोकासम्म पुग्नै पर्यो । मेरो गिरफ्तारीपछि केन्द्रीय समितिमा वार्ताका बारेमा जानकारी गराएको कुरा मेरो रिहाइपछि भनिएको थियो परन्तु त्यो छलफल र विमर्शभन्दा वार्ता प्रगतिको धुमिल चित्रको प्रस्तुति मात्र थियो ।
केन्द्रीय समितिमा विविध विषयमा हुने छलफल, सामूहिक निर्णय र व्यक्तिगत उत्तरदायित्वका मूल्यहरू समाप्त पारिएको थियो । यसप्रकारका व्यवहारहरू विप्लवको पार्टी जीवनमा बग्रेल्ती देखिन्थे । २०७४ को चुनाव बहिष्कारमा पनि विप्लव–प्रकाण्डमा अन्योल थियो । अझ उनीहरूमा आत्मसुरक्षावाद थियो । राजनीतिक लक्ष्य र उद्देश्य स्पष्ट नगरी कार्यकर्तालाई सङ्घर्षमा हुल्ने र त्यही सङ्घर्षका बलमा पार्टी र क्रान्तिका नाममा चन्दा उठाउनेभन्दा माथि उनीहरूको धर्म कहिल्यै उठेन । २०७४ को चुनाव बहिष्कारका बारेमा विप्लवसँग तमाम अस्पष्टता र अन्योल भए पनि हाम्रो हकमा स्पष्ट लक्ष्य थियो । राजनीतिक हिसाबले चुनाव बहिष्कार गरे पनि त्यसले सार्थक अर्थमा काम गरोस् भत्रे स्पष्ट उद्देश्य थियो । मेरो उद्देश्यमा माके र एमालेको एकतामा बनेको वामपन्थीको सके दुईतिहाइ, नभए बहुमत आओस् भत्रे थियो किनभने सामान्य जनता हमेसा व्यवहारवादी हुने भएकाले वामपन्थीको बहुमत आयो भने समाजवाद आउँछ भत्रे भ्रम व्यावहारिक रूपले खण्डन हुनेछ । साम्राज्यवादले जसरी मानिसहरूमा राजनीतिक स्वतन्त्रता, आर्थिक समृद्धि, सांस्कृतिक स्वच्छन्दताको भ्रम दिएर उत्पीडन गरेको हुन्छ, नेपालका संसद्वादीहरूले पनि संसद्मा दुईतिहाइ ल्याएर संविधान बदल्ने, व्यवस्था परिवर्तन गर्न सकिने भ्रम पैदा गरेका छन् । साम्राज्यवादीहरूको अनियन्त्रित लगानी र लुटखासोटबाट देश समृद्ध हुन्छ भत्रे भ्रम पैदा गरेका छन् । यसप्रकारको राजनीतिक भ्रम समाप्त गर्न वास्तवमा व्यावहारिक रूपमा कम्युनिस्टको बहुमत आउन आवश्यक थियो । संयोगले बहुमत आयो पनि र दुईतिहाइ बहुमतसहितको सरकार बन्यो पनि । माके–एमालेको बहुमत आउनुका पछाडि तीन कारणहरू थिए जसमा पहिलो कारण नेपाली जनतालाई समाजवादी सत्ताको आवश्यकता थियो, दोस्रो, दुई ‘कम्युनिस्ट’ पार्टीहरूको एकता थियो र तेस्रो, तत्कालीन हाम्रो पार्टीको चुनाव बहिष्कार थियो । मेरो हकमा राजनीतिक रूपले पूरापूर सफलता हासिल गरियो किनभने बहुमतको सरकार बन्यो । चल्दै जाँदा ‘वामपन्थी’ हरूकै दुईतिहाइ सरकार पनि भयो, किन्तु न त व्यवस्थामा परिवर्तन आयो न संविधानमा तर महान् उपलब्धि भनेको त्यो भयो– संसद्बाट सत्ता परिवर्तन गर्न सकिन्छ भत्रे संसद्वादी पाखण्ड जनताको दिमागबाट सदाका लागि पुछिएर सफा भयो ।
तर विप्लवको नीति कुहिरोको कागजस्तै दिशाविहीन थियो, लक्ष्य उद्देश्यविहीन थियो । उनले कमरेड जीवन्तलाई शेरबहादुर देउवासँग वार्ता गर्न पठाए । विप्लवले भनेअनुसार जीवन्तले कुरा पनि गरे । केन्द्रीय समितिको बैठकमा जीवन्तको भेटघाटका बारेमा कुरा उठ्यो । उनले शेरबहादुरकोमा पठाएको नैतिक जिम्मेवारीसमेत लिन मानेनन् र उल्टै गल्ती नगरेको जीवन्तलाई गल्ती गरेको करार गरियो । यो उनको राजनीतिक अनैतिकताको पराकाष्टा थियो । गुणराजलाई वार्ताका लागि भनियो र वार्ता गर्ने मेहनत गर्ने साथीहरूलाई दिशाविहीन बनाउने काम विप्लव–प्रकाण्डले गरे । पछि जो भेटियो त्यही मानिसलाई वार्ता गर्न लगाइयो । यस्ता कैयौँ घटना छन् जसको उल्लेख गर्न आवश्यकता र समय पर्खनु पर्नेछ तर यहाँ उल्लेख गर्नैपर्ने एउटा विषय के हो भने कमरेड अनिलले माधव नेपाललाई भेटेर मसँग जोडिदिए । नेपालगन्जमा लामो छलफल भयो । वार्ताको प्रक्रिया गम्भीर तरिकाले लिने हो भने गम्भीर तरिकाले नै पहल गर्छु– माधव नेपालले भने । त्यो कुरा जस्ताको तस्तै विप्लव र प्रकाण्डसँग गरियो । यो विषय कसैसँग नभत्रे भन्दै केन्द्रीय समितिको बैठकमा समेत रिपोर्ट गरिएन । पहिले भएका वार्ता र छलफलहरू जसरी तथानाम बाहिर आउँथे, त्यो विषय कहिल्यै त्यसरी आएन किनभने त्यसमा माधव नेपाल र मेरातर्फबाट कूटनीतिक मर्यादा र राजनीतिक विश्वसनीयता कायम गर्नु थियो, विप्लव–प्रकाण्ड गुटका लागि षड्यन्त्रपूर्ण तरिकाले यो प्रसङ्गलाई ओझेलमा पार्नु थियो । तर यहाँ रोचक कुरा के हो भने मेरो गिरफ्तारीपछि जे–जसरी वार्ता भए, जसरी अहिले पनि कमरेडहरू जेलमा रहने स्थिति बन्यो, त्यसमा वार्ता समितिका सदस्य दीपकको जानकारीबहिर तमाम सहमति भएका रहेछन् भत्रे उजागर भएका छन् जसको छनक प्रकाण्डले एमालेमा प्रवेश गर्ने हल्ला चल्नु, विप्लव संसद्वादमा बुर्कुसी मार्नु, प्रचण्डलाई प्रमुख दुस्मन मान्दै काङ्गे्रस र एमालेसँग चुनावी तालमेल मिलाउनु, पार्टीलाई एकताबद्ध बनाउने हाम्रो प्रयत्नमा लात मारिदिनु र अन्ततः हाम्रा कमरेडहरूमाथि साङ्घातिक हमला गर्नुमा अभिव्यक्त हुन्छन् । आर्थिक अपचलन र वर्चस्व, साङ्गठनिक निरङ्कुशता र राजनीतिक अवसरवादमा विप्लव र प्रकाण्ड एउटै सिक्काका दुई पाटा भए पनि यसको नेतृत्व कसले गर्ने र कसले बढी नियन्त्रण गर्ने भत्रेमा दाउपेच चलिरहेको थियो । जुन अन्तरविरोधको परिणामले तेस्रो सम्भावना पैदा गरेको थियो, त्यो थियो नेपालमा केजरीवाल पार्टीको निर्माण गर्ने र चुनावमा भाग लिने । विप्लव–प्रकाण्डको मनोगत विश्लेषण के थियो भने एमसीसीका विरुद्ध जति सङ्घर्ष भयो, त्यसले संसदीय चुनावमा पूरै भोट उनका पक्षमा खस्नेछ । सुरुकै अवस्थामा न्यूनतम् ३ लाखदेखि ५ लाखसम्म भोट आउनेछ र सम्भवतः तेस्रो ठूलो संसदीय पार्टी बत्रेछ । त्यसका लागि एमालेका भीम रावल, माकेबाट नारायणकाजी श्रेष्ठ र समाजवादीका झलनाथसहित नेकपा मिलाएर पार्टी बनाउन सबैसँग विप्लव र प्रकाण्डले कैयौँ राउन्ड कुरा गरेका थिए । हामीलाई उनीहरूले कुरा लुकाए पनि उनका मित्रहरूबाट कुनै न कुनै रूपमा यो सम्प्रेषित भैरहेको थियो । यसमा एउटै सर्त थियो– केन्द्रीय समितिको बैठकबाट संसद्वादमा प्रवेश गर्ने निर्णय गर्ने । सम्पूर्ण पार्टीलाई संसद्वादमा विसर्जन गर्ने विप्लवको कुत्सित षड्यन्त्र त्यति बेला पानीको फोकाझैँ फुट्यो जब केन्द्रीय समितिको अत्यधिक बहुमतले विप्लवको लाइन खारेज गर्यो । अन्ततः विप्लव–प्रकाण्ड गुट संसद्वादमा पतन भयो तर माओवादी पार्टी क्रान्तिकारी विरासतको रक्षा गर्दै नेपाल कम्युनिस्ट पार्टी (बहुमत) भएर सतिसालझै खडा भयो ।
चुनावका बारेमा सुदर्शनलाई जोडेर जसरी विप्लवले उल्लेख गरेका छन् त्यसमा पनि तथ्यमाथि तोडमोड गरेका छन् । विप्लवको चुनावपरस्त भावनालाई सैद्धान्तिक रूपमा बैठकहरूमा व्याख्या गरेको विषयलाई, विप्लवका कारणले चुनावप्रति आशङ्का पैदा भएका कार्यकर्ताहरूलाई सैद्धान्तिक छलफल गर्दा आउने तर्कहरूका आधारमा सुदर्शन चुनावका पक्षमा थियो भत्रु विप्लवको अनैतिक आचरण हो । त्यो पनि विप्लव आफैँले ती तर्कहरू सुनेका पनि होइनन् र यो बहस पैदा भएपछि पकाइएका खिचडी मात्रै हुन् । यसबारे सुदर्शनले तथ्यहरूमाथि प्रकाश पार्नुहुनेछ । तर जहाँसम्म ‘चुनावकै विषयमा कञ्चनको पनि सहमति नै थियो’ भनेका छन् त्यो उनको झूटमुटपूर्ण प्रलाप, राजनीतिक पाखण्ड र सैद्धान्तिक वितण्डताको पराकाष्टा हो ।
जहाँसम्म पार्टीभित्र चुनाव उपयोगको बहसबारे प्रसङ्ग छ विप्लव र प्रकाण्डले केन्द्रीय समितिको दसौँ बैठकमा चुनावमा भाग लिने मनसाय व्यक्त गरेका थिए । उनको त्यो प्रस्तावका विरुद्ध केन्द्रीय सदस्यहरूले सरकारसँग गोप्य सहमतिको आशङ्कासँगै पार्टीभित्र तीव्र विरोध गरेपछि त्यसको सामना गर्न जनमतसङ्ग्रह हुने सम्भावना भन्दै विषयान्तर गरेका थिए । विप्लवको यो भनाइ कसैले पत्याउने कुरा थिएन, भित्रभित्रै चुनावपरस्त सदस्यहरूलाई तयारीका लागि आदेश दिएका थिए । उनीहरूको भित्री प्रचारले पार्टी संसदीय चुनावमा जाने आशङ्का खडेरीको डढेलोझैँ देशभर फैलियो र विप्लव चुनावपरस्त भएको अनुमान चुलिँदै गयो । पार्टीको हरियालीमा धमिलोपना देखिन थाल्यो, जरा काटेको रूखजस्तै ओइलाउँदै गरेका सङ्केतहरू देखियो । एघारौँ बैठकपछि चितवनमा भएको प्रशिक्षणमा विप्लवले करिब मार्क्सवादको परित्याग हुने गरी सैद्धान्तिक विचलनयुक्त प्रशिक्षण गरे । वास्तवमा चुनावपरस्त नीतिको खण्डन गर्ने आतङ्कले त्यो प्रशिक्षणमा सुदर्शनलाई बोल्न पनि दिइएन । विप्लवले गैरमार्क्सवादी, अधिभूतवादी, निम्नपुँजीवादी रोमाञ्चवादी, पलायनवादी सैद्धान्तिक आधारमा अत्यन्तै व्यवहारवादी धारणा राखे र उनले चुनावपरस्त मात्र होइन, क्रान्तिकारी आन्दोलनबाट पलायनवादी दृष्टिकोण प्रशिक्षण गरे । त्यसपछि देशको कुनै पनि पार्टी समितिमा चुनावबारे पार्टीको नीति स्पष्ट गर्नु हरेक कार्यकर्ताको प्रश्न हुन्थ्यो । त्यही प्रक्रियामा सुदर्शनका सैद्धान्तिक प्रशिक्षण भएका थिए । विप्लवका धारणाहरूलाई गरिएका प्रस्ट्याइँलाई सुदर्शन चुनावपरस्त थियो भत्रु विप्लवको राजनीतिक बेइमानी, सैद्धान्तिक विचलन, ब्ल्याकमेलिङ गर्ने व्यापारिक मानसिकता र सामन्ती सङ्कीर्णताको इखले भरिएको निम्नपुँजीवादी अजीर्णता हो ।
जहाँसम्म दसौँ केन्द्रीय समितिमा मैले उठाएको राष्ट्रपतिको तत्कालिक कार्यनीतिको विषय छ विप्लवले त्यसको सिङ–पुच्छरको भेउ पाएका छैनन् । जति सम्झाए पनि उनी केवल पुँजीवादी सत्ताभित्रको प्रणालीभन्दा बाहिर निस्कन सक्दैनन् र कार्यनीतिक हिसाबले जनताको गतिशीलता ठम्याउन उनलाई धेरै पापड बेल्नु पर्नेछ । तथ्यहरूले प्रमाणित गरिसकेका छन्– दुनियाँको राजनीति एक्काईसौँ शताब्दीको रकेटमा उडिरहेको समयमा विप्लवको राजनीति १५ औँ शताब्दीको बयलगाडामा तन्किरहेको छ । जब हामीले जननिर्वाचित कार्यकारी प्रमुखको कुरा गरिरहेका छौँ, उनी केवल अमेरिका, फ्रान्स, श्रीलङ्काको राष्ट्रपति प्रणाली देख्छन् र हामीले भनेको कार्यनीतिक कार्यक्रम राजनीतिक स्थिरता जसमा जननिर्वाचित कार्यकारी प्रमुख र त्यो प्रमुखले देशका विज्ञहरूबाट निर्माण गर्ने मन्त्रिमण्डल, जननिर्वाचित न्यायपालिका, जननिर्वाचित जनकङ्ग्रेस र हरेक नागरिकको जन्मजात जमिनमाथि अधिकार हुने संवैधानिक व्यवस्थालाई अगाडि बढाएका छौँ, न विप्लवले रूपलाई ठीक किसिमले बुझ्न सक्छन् न त त्यसको सारलाई नै । हामीले उठाएका वैज्ञानिक समाजवादमा पुग्नका लागि तत्कालिक कार्यनीतिक कार्यक्रमका विषयलाई मनोगतवादी तरिकाले बुर्जुवा सत्तामा हुने राष्ट्रपति प्रणालीमा घालमेल गरिदिन्छन् । हामीले उठाएको कार्यनीतिक प्रश्नले नेपालको केवल अहिलेको विशिष्टतामा कसरी जनतालाई दलाल पुँजीवादी अथवा पुँजीवादी सत्ताका विरुद्ध आन्दोलित गर्दै कसरी रणनीतिक मान्यता वैज्ञानिक समाजवादमा पुग्न सकिन्छ भत्रे तथ्य विप्लवको जडसूत्रवादले बुझ्न दिँदैन र यो कार्यनीतिक मान्यता कसरी रणनीतिक मान्यता समाजवादी शासकीय प्रणालीसँग जोडिन पुग्छ भत्रे कुरा कुनै कुनाबाट उनको दिमागमा घुस्न सक्दैन । सम्भवतः उनको मुखमा माक्र्सवादी र जीवनमा व्यवहारवादी दार्शनिक मान्यताका कारण यसको प्रयोग र परिणाम नदेखिँदासम्म उनले यसबारे कुनै भेउ पाउने पनि छैनन् । विप्लवको संसद्वादमा पलायनसँगै नोपाल कम्युनिस्ट पार्टी (बहुमत) को गठन भैसकेपछि हामीले नेपाली क्रान्तिको कार्यदिशा– नयाँ जनवादसहितको वैज्ञानिक समाजवाद; तत्कालिक राजनीतिक कार्यनीति– स्वाधीन संयुक्त सरकार र तत्कालिक राजनीतिक सङ्घर्षको कार्यक्रम– संसदीय प्रणालीको अन्त्य, राजनीतिक स्थिरता, सामाजिक रूपान्तरण, शान्ति, समृद्धि र स्वाधीनता प्रस्ताव गर्यौँ । यो नेपाली क्रान्तिको राजनीतिक कार्यदिशाको शृङ्खला हो । यो राजनीतिक शृङ्खला पूरा गर्न सामरिक कार्यदिशाको शङ्खला आवश्यक पर्छ । सामरिक कार्यदिशा एकीकृत (वा समग्र) जनयुद्ध; सामरिक कार्यनीति–जनदवाब र राजनीतिक सहमति र सामरिक कार्यक्रम–जनसङ्घर्ष, जनप्रतिरोध र जनविद्रोहको शृङ्खला स्पष्ट गरेका छौँ । यी दुवै शृङ्खलालाई एउटैमा बुझ्न समग्र राजनीतिक कार्यदिशाको शृङ्खला भनिन्छ । केन्द्रीय समितिमा खुला, स्पष्ट, क्रान्तिप्रतिको पूर्ण जिम्मेवारीका साथ सबै कमरेडको छलफल र बहस, सबैका आआफ्ना क्षमता र विद्वता, प्रयोग र अनुभव, अध्ययन र अनुसन्धानको परिणाम यो समग्र कार्यदिशाको शृङ्खला अन्वेषित भएको हो । तर यसको एउटा अंश तत्कालको कार्यनीतिक कार्यक्रम राजनीतिक स्थिरताका बारेमा मैले दसौँ, एघारौँ र बाह्रौँ बैठकमा पर्याप्त छलफल गरेको थिएँ । त्यति मात्र होइन, दसौँ बैठकपछि कैयौँपटक विप्लवसँग यसबारेमा बोध गराउने प्रयत्न गरियो परन्तु विप्लवको सङ्कीर्णतावादी अजीर्णताले त्यसका बारेमा छलफल चलाउने हिम्मतसम्म गरेन र अहिलेसम्म पनि विप्लवले यो विषयको कुनै सिङ–पुच्छर भेट्टाउन सकेका छैनन्, बरु अन्धोले हात्ती छामेजस्तै एउटा विषयलाई लिएर अर्कै अनुमान गर्दै आएका छन् ।
कार्यनीतिका सन्दर्भमा हामीले मालेमावादी मान्यतालाई दह्रोसँग पकड्न आवश्यक हुन्छ । यहाँ स्टालिनका ती भनाइहरूलाई पुनर्उल्लिखित गर्नु सान्दर्भिक हुन्छ, ती भनाइ समाज विज्ञानमा वर्गसङ्घर्षका द्वन्द्वात्मक आधारभूत नियम हुन् । स्टालिनले भत्रुभएको थियो, ‘सामाजिक जनवादी कार्यनिति पछ्याउन दुई अवस्था थाहा पाउनु आवश्यक हुन्छ ? पहिले त्यो कार्यनीति सामाजिक जीवनको विपरीत जानु हुँदैन र दोस्रो, त्यसले जनमानसको क्रान्तिकारी भावनालाई माथिभन्दा माथि उठाउनुपर्छ ।’ जब हामीले तात्कालिक कार्यक्रमका रूपमा जननिर्वाचित कार्यकारी प्रमुख, जननिर्वाचित न्यायपलिका र जननिर्वाचित व्यवस्थापिका र हरेक नागरिकको जन्मजात जमिनमाथि स्वामित्वको संवैधानिक व्यवस्थाको नारा उठायौँ, यसले जनताको वास्तविक जीवनको आवश्यकतालाई आफ्नो राजनीतिक नाराको प्रवाहमा समाहित गरेको छ र यसले जनताको क्रान्तिकारी भावनाको प्रतिनिधित्व गर्दै आन्दोलनको आवश्यकता र जुझारुपनालाई माथिभन्दा माथि उठाएको छ । समाजवादी क्रान्तिको क्रान्तिकारी भावनालाई नयाँ उचाइमा उठाएको छ । यसले क्रान्तिकारीहरूबीचको एकतालाई फराकिलो पार्दै लगेको छ, वर्तमान दलाल पुँजीवादी सत्ताविरुद्ध क्रान्तिकारी जनसमुदायबीच राजनीतिक विकल्पलाई खुला गरेको छ, समस्त प्रगतिशील मानिसका विचार र भावनाहरू फक्रिएका छन् र त्यसले आन्दोलनको बाटो बनाउँदै लगेको छ तर विप्लवका लागि यी तथ्यहरू बोध गर्न जुनी व्यतित गर्नु पर्नेछ ।
विप्लवले तथ्यहरूमाथि तोडमोड गर्दै भनेका छन्, ‘उनले (कञ्चनले) अलि बढी जोड राष्ट्रपति प्रणालीलाई प्रस्ताव बनाऔँ भन्नेमा दिएका थिए । यो पनि उनको दिमागको उपज नभएर काठमाडौँका बुद्धिजीवीहरूले कोचारिदिएको भ्रामक चेत थियो । खासगरी कार्यालयबाट मैले उनलाई काठमाडौँमा भेटघाट गर्न पठाएको थिएँ । उनी गएर प्रधानमन्त्रीसँग भेट्न नपाए पनि बुद्धिजीवीहरूसँग भेटे । एक महिनापछि फर्किंदा उनले काठमाडौँमा डेरा हालेछन् र दिमागमा राष्ट्रपति बोकेर फर्केछन् । वैज्ञानिक समाजवाद पढाउन पठाएको नेता त राष्ट्रपतिको भूत लिएर आएछन् ।’ उल्लिखित तथ्यहरूका विपरीत यति ठूलो झूट कुरा गर्नु विप्लवको वैचारिक कालोबजारी (ब्ल्याकमेलिङ) हो । तथ्य कुरा त के हो भने हिरासतबाट निस्किएपछि मैले नेपालको राजनीतिक समस्या, त्यसको क्रान्तिकारी निकास र क्रान्तिको बाटोमा जनतालाई नेतृत्व गर्ने विधिका रूपमा यिनै तात्कालिक कार्यनीतिक र कार्यक्रमिक विषयलाई समेटेर लेखेको लेख अत्रपूर्ण पोस्टमा छापिएको छ । त्यसपछि त्यसको विस्तृत व्याख्या तीन घन्टा लगाएर दसौँ बैठकमा गरेको थिएँ तर यो तथ्यलाई तोडमोड गर्दै उनले लेखेका छन्, ‘उनले (कञ्चनले) एघारौँ बैठकमै केन्द्रको प्रस्ताव बनाउनुपर्यो भनेका थिए । हामीले वैज्ञानिक समाजवाद छोडेर राष्ट्रपति प्रणाली उठाउनु सैद्धान्तिक रूपले नै गल्ती हुन्छ, त्यो मिल्दैन । आखिर पुँजीवादी सत्ताभित्र संसदीय प्रणाली भए पनि राष्ट्रपति प्रणाली भए पनि क्रान्तिकारी कम्युनिस्टका लागि कुनै नयाँ विषय भएन । सत्ता पुँजीवादी वर्गको हातमा रहेसम्म शासकीय प्रणालीको मात्र कुरा गर्नुको कुनै तुक रहँदैन ।’ विप्लवले दसौँ बैठकको कुरा छाडेर केवल एघारौँ बैठकको कुरा गरेका छन्, त्यो उनको छलछामपूर्ण बेइमानी र वैचारिक असन्तुलन हो । विप्लवमा देखापरेको त्योभन्दा ठूलो वैचारिक असन्तुलन संसदीय राजनीतिभित्रको राष्ट्रपति प्रणाली कञ्चनले माग गरेको भत्रे बुझाइ हो । त्यति मात्र होइन, विप्लवले यस्ता तमाम फत्तुरहरू पिटेका छन् जसको राजनीतिक बहसमा कुनै तुक छैन तर उनले अत्यन्तै झूटो फत्तुर फर्मान गरेका छन् त्यो हो, ‘तत्काल सशस्त्र सङ्घर्ष सम्भव हुँदैन ।’ वास्तवमा यो विषय कहीँ छफफल नै भएको छैन । बरु मेरा तर्फबाट बारम्बार विप्लवलाई सैद्धान्तिक बहसमा स्पष्ट गराउन र वैचारिक हिसाबले प्रशिक्षित गर्न खोजेको कुरा के हुन्थ्यो भने संसारको कुनै पनि देशमा रहस्यात्मक तरिकाले, षड्यन्त्रको सहाराले समाजवादी क्रान्ति हुन सक्दैन जसका सङ्केतहरू विप्लवमा देखापर्थे । षड्यन्त्रको सहाराले कथम्कदाचित कुनै देशमा क्रान्ति भैहाल्यो भने त्यो टिक्न पनि सक्दैन । यी हुन् बहसका विषय तर उनले बहस नै नभएको विषयसँग जोडेर प्रस्तुत गरेका छन् यो उनको बेहइमानी हो ।
हो, विप्लवको अजीर्णता हटाउन र उनले रणनीतिक र कार्यनीतिक जटिलताहरूबारे गरिने जटिल बहस बुझ्नै नसक्ने भएपछि सरल तरिकाले सम्झाउन र बुझाउनका लागि विप्लवले उल्लेख गरेको ‘पार्टी र नेतृत्व जनतामा वैकल्पिक शक्तिका रूपमा स्थापित बनेका छन्, महासचिव कमरेड, यो प्रस्ताव बनाएर लैजाऊँ, जनता सडकमा पनि आउँछन्, प्रणाली पनि आउँछ, तपाईंले जित्नु पनि हुन्छ’ भनेको पनि हो तर विप्लवका लागि यी कुराहरू ‘भैँस के कान मे बिन बजाय’ भनेजस्तै भयो किनकि उनलाई क्रान्तिकारी आन्दोलनको विकास गर्नु थिएन, समाजवादी आन्दोलनका लागि जनतासँग भिज्ने, जनतासँग नङ र मासुको सम्बन्ध बनाउने, जनतासँग माछा र पानीको सम्बन्ध बनाउने कुरासँग सम्बन्ध थिएन, इमानदार कमरेडहरूलाई बमबारुद बोकाउने, ज्यान जानेसम्मको हर्कतमा दुरुत्साहित गर्ने र पुँजीपतिहरूसँग ब्ल्याकमेलिङ गर्दै अर्थ जम्मा गर्ने, नेता र कार्यकर्ताबीच क्रान्तिको अभिलाषा देखाउँदै पुँजीपतिबाट ल्याइएको पैसाले उनीहरूलाई नै ‘थ्याङ्स दिने’ सर्टिफिकेट छाप्ने र अन्ततः एनसेलजस्ता एकाधिकारवादी पुँजीपतिको चौकीदार बत्रु थियो र कालान्तरमा अथवा समयको चक्र मिलाएर संसद्वादमा प्रवेश गर्नु थियो । अन्ततः त्यही गरे ।
त्यस्तै क्रान्तिकारी आन्दोलन, रणनीति, कार्यनीतिका सन्दर्भमा विप्लवको रबैया प्रतिक्रियात्मक राजनीतिबाहेक केही थिएन । राजनीतिक पहल लिनका लागि कैयौँ छलफलहरू पनि भए । उनको हमेसा पुच्छरवादी नीति थियो । रूपमा क्रान्तिकारिता र सारमा विसर्जनवाद थियो जसलाई उनले यो लेखमा राम्रोसँग स्वीकार गरेका छन् परन्तु यसलाई कमजोरीका रूपमा होइन, बहादुरीका रूपमा । त्यही कार्यनीतिका सवालमा उनले भनेका छन्, ‘यदि पुँजीवादीहरूले नै संविधान संशोधन गरेर शासकीय स्वरूप राष्ट्रपतीय बनाएछन् भने कार्यनीतिक रूपले प्रयोग गर्न सकिएला, त्यसका लागि प्रचण्ड, बाबुराम, गगनहरूलाई भन्नुस् ।’ यो उनले भनेका पनि थिए र यसबाटै प्रस्ट हुन्छ, उनी राजनीतिक पहलकदमी आफ्नो हातमा लिनेभन्दा गगनहरूको पुच्छर बत्रु नै उनको राजनीतिक हैसियत थियो । वास्तविक अर्थमा यो विप्लवको राजनीतिक, वैचारिक र सङ्गठनात्मक दरिद्रताबाहेक केही थिएन ।
विप्लवले भनेजस्तै वैचारिक, राजनीतिक, दार्शनिक, आर्थिक नीतिहरूबारे छलफल गर्ने आवश्यकता किरणसँग हुँदै महसुस भएको थियो । त्यो विषयलाई प्रमुख रूपमा मैले नै उठाएको थिएँ । भलै विप्लवको फुटको औचित्य भएन भत्रे अमूर्त कुरा थियो, त्यसमा पनि यी विषयहरू समेटिन त सक्थे तर उनको कहीँकतै प्रस्टता थिएन । तर उनले नयाँ गरेको देखाउन गोलमटोल गरी दर्शन, राजनीति, अर्थशास्त्रको व्याख्या गरे, त्यसलाई व्यवस्थित गर्न सजातीय र विजातीयको पदावली सुदर्शनबाट जुराइएको थियो । त्यसो गर्दा निश्चित रूपमा सैद्धान्तिक आधारमा टेकेरै गरिएको थियो । त्यसलाई विप्लव–प्रकाण्ड गुटले आफ्नो आदेश मात्रेजति सजातीय र बहस गर्ने विजातीयका रूपमा स्खलित गरे । बहसको माग गर्ने साथीहरूलाई पाखा लगाउँदै सङ्गठन धराशायी पारियो र अन्ततः शुद्धीकरणका नाममा ‘महाधिवेशन’ बाट निर्वाचित बहुमत साथीहरूलाई निष्कासन गरियो । यसरी विप्लव–प्रकाण्ड गुटले मार्क्सवादका नाममा निरङ्कुशतावादको अभ्यास गर्यो, वितण्डतावाद पछ्याउँदै गर्यो, अन्ततः निषेधात्मक अधिभूतवादको सिकार बन्यो र दलाल पुँजीवादी संसद्वादको बाटो समात्यो ।