नेकपा (बहुमत) बर्दिया मधुबननगरपालिकाको नगर भेला सम्पन्न

Political

बर्दिया : नेपाल कम्युनिष्ट पार्टी (बहुमत)बर्दिया जिल्लाको मधुबननगरपालिकाको नगर भेला बिहीबार सम्पन्न भएको छ । भेलाबाट नगर इन्चार्ज दिलमान सिंह केसी र नगर संयोजक यम सुवेदीको नेतृत्वमा २१ सदस्य नगर समिति गठन भएको हाे ।
कार्यक्रममा मधुवन नगर ईन्चार्ज कमरेड दिलमान सिंह केसिको अध्यक्षतामा र प्रमुख अथिति बाके बर्दिया ईन्चार्ज अनन्त,अथिति बुद्धिजीवी संगठनका केन्द्रीय संयोजक कमरेड सुशान्त, अथिति पार्टीका केन्द्रीय सदस्य तथा बर्दिया जिल्ला संयोजक कमरेड शक्तिको उपस्थितिमा सम्पन्न भएको छ । नेकपा (बहुमत) बर्दियाले संगठन विस्तारलाइ तीव्रता दिंदै आइरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *