क्रान्तिकारी पार्टीको दायित्व

Articles

कम्युनिस्ट पार्टी स्वयम् एक नयाँ ढङ्गको पार्टी हो । यस्तो पार्टीको निर्माणको जग मार्क्स–एङ्गेल्सले गर्नुभयो । उहाँहरूले समाजका परम्परागत सम्पत्ति सम्बन्धहरू तथा विचारहरूबाट ‘आमूल सम्बन्धविच्छेद’ का निम्ति, कम्युनिज्मको लक्ष्यसिद्धका निम्ति सर्वहारा वर्गको स्वतन्त्र राजनीतिक सङ्गठन अनिवार्य रूपले आवश्यक छन् । त्यसले आफ्नो लक्ष्यप्रति बलप्रयोगको भूमिकाबाटै गर्नसक्छ भन्ने कुरा बताउनुभयो ।

एङ्गेल्सले भन्नुभयो— सर्वहारा वर्गले हिंसात्मक क्रान्तिबिना राजनीतिक सत्तामाथि (जुन नयाँ समाजमा प्रवेश गर्ने एक मात्र ढोका हो) कब्जा गर्न सक्दैन । सर्वहारा वर्ग निर्णायक रूपमा विजयी बन्नका निम्ति पर्याप्त रूपमा शक्तिशाली होस् यसका निम्ति अरू सबै पार्टीहरूभन्दा भिन्न तिनका विरुद्ध एक अलग पार्टीको, सचेत वर्गको पार्टीको निर्माण गर्नुपर्दछ । उहाँहरूले सच्चा कम्युनिस्ट पार्टीको निर्माणका निम्ति लासालवादी एवम् अराजकतावादीहरूका विरुद्ध भीषण सङ्घर्ष चलाउनुभयो र सिद्धान्त तथा राजनीतिलाई प्रधानता दिनुभयो । हरेक सत्ता, राजनीतिक अनुशासन र सङ्गठनभित्र बहुमतको निर्णयलाई नकार्ने अराजकतावादी चिन्तनको विरोध गर्दै राजनीति, अनुशासन र सङ्गठनको महत्वमाथि विशेष जोड दिनुभयो । अन्य वर्गबाट पार्टीमा सामेल हुन चाहनेहरूका निम्ति उनीहरूले आफूमा विद्यमान पुँजीवादी तथा निम्न पुँजीवादी दृष्टिकोण त्यागी सर्वहारा दृष्टिकोण सच्चा हृदयले अङ्गीकार गर्नुपर्नेमा जोड दिँदै त्यसलाई पहिलो सर्तका रूपमा राख्नुभयो । यस सन्दर्भमा उहाँहरूले के बताउनुभयो भने गलत तत्वका हातमा नेतृत्व पर्यो भने पार्टी सीधै बन्ध्याकरण हुनेछ र सर्वहारा स्फूर्ति खतम हुनेछ । सारमा उहाँहरूको जोड के कुरामा रह्यो भने सर्वहारा एकता सिद्धान्तमा आधारित हुनुपर्छ अन्यथा सर्वहारा वर्ग गलत तत्वसित (विजातीय तत्वसित) सम्बन्धविच्छेद एवम् फुटका निम्ति पनि तयार रहनुपर्दछ ।

हेगेलको भनाइ उद्धृत गर्दै एङ्गेल्सले भन्नुभयो— वृद्ध हेगेलले पहिले नै बताइसकेका छन् : जुन पार्टी स्वयम् फुटका निम्ति तयार होस् र त्यो फुटलाई झेल्न सकोस्, त्यसले के सिद्ध गर्छ भने त्यो जीवन क्षमता भएको पार्टी हो । सर्वहाराको आन्दोलन अनिवार्यतः विकासका विभिन्न चरणहरू हुँदै अघि बढ्छ । हरेक चरणमा हिँड्नेहरूको एउटा हिस्सा बीचैमा छुट्छ र अघि बढ्न साथ दिँदैन । यही कारण हो– सर्वहाराको एकता, एकअर्काका विरुद्ध जीवनमरणको सङ्घर्षमा संलग्न विभिन्न पार्टी गुटहरूमा सबै ठाउँमा साँच्चै पूरा भइरहेको छ । एकताका नाममा फुटको बीज रोप्ने तत्वहरूका विरुद्ध मात्र होइन, सर्वहारा वर्गको पार्टीलाई अभिजात वर्गीय सर्वहारा पार्टीमा बदल्न चाहनेहरूका विरुद्ध पनि उहाँहरूले यी सबै कुरा व्यवहारतः पनि सम्पन्न गरेर देखाउनुभयो ।

चीन र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा दुई लाइन सङ्घर्ष तीव्र बन्दै गयो । त्यो बेला माओले पार्टीभित्रका प्रतिक्रान्तिकारी तत्वसँग सतर्क रहने र नयाँ उत्तराधिकारीहरूको सृष्टि तथा प्राप्ति गर्नुपर्ने आवश्यकतामाथि विशेष जोड दिनुभयो । माओले गुटवाद एवम् फुटवादका विरुद्ध कडा सङ्घर्ष चलाउँदै आउनुभयो र क्रान्तिका निम्ति नेतृत्वको विशेष महत्व हुने कुरा बताउनुभयो ।
अन्तर्राष्ट्रिय पार्टीहरू बढीमा र सारतः संसदीय चुनावी मञ्चका साधन साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगका सर्वहारा वर्गको ऐतिहासिक जिम्मेवारी पूरा गर्नसक्ने पार्टी थिएनन् । युद्धको नेतृत्व गर्नसक्ने पार्टी थिएनन् । त्यो स्थितिमा लेनिनले नयाँ ढङ्गको पार्टी निर्माण गर्ने कुरा महसुस गर्नुभयो । परिस्थितिले कस्तो पार्टीको माग गर्यो ? लेनिनको पार्टी कस्तो थियो ? स्टालिनले बताउनुभयो । त्यसैले आवश्यकता पैदा भयो– एक नयाँ पार्टीको, एउटा लडाकु र क्रान्तिकारी पार्टीको, यस्तो साहसी पार्टीको जसले राज्यसत्तामाथि अधिकार प्राप्त गर्ने सन्दर्भमा सर्वहारा वर्गको नेतृत्व गर्न सकोस् । त्यस्तो अनुभवी पार्टीको जसले क्रान्तिकारी परिस्थितिको अत्यन्त जटिल अवस्थामा पनि आफ्नो विवेक नगमाओस्, यस्तो कार्यकुशल पार्टीको जसले क्रान्तिको जहाजलाई पानीभित्र लुकेका चट्टानहरूबाट बचाएर त्यसलाई आफ्नो लक्ष्यसम्म पुर्याओस्, यस्तो पार्टी लेनिनवादी पार्टी थियो । त्यसरी लेनिनले सबैका निम्ति नमुना बन्नसक्ने पार्टीका रूपमा बोल्सेभिक पार्टीको निर्माण गर्नुभयो । उहाँले त्यस्तो पार्टीको निर्माणका निम्ति पुरानो इस्काको कालदेखि नै विचारधारात्मक राजनीतिक र साङ्गठनिक रूपमा निकै राम्रो तयारी गर्नुभएको थियो । उहाँले नयाँ ढङ्गको पार्टीका निम्ति क्रान्तिकारी सिद्धान्त, सही राजनीतिक लाइन, क्रान्तिकारी वर्गसङ्घर्ष र युद्धको भूमिका, सही दुई लाईन सङ्घर्ष र अवसरवादसितको निर्णायक सम्बन्धविच्छेद आदि कुरालाई मूल आधार बनाउनुभयो र सङ्गठनको सही परिचालनका निम्ति जनवादी केन्द्रीयताको सिद्धान्त प्रतिपादन गर्नुभयो । यस सन्दर्भमा उहाँले अर्थवादी मेन्सेबिक, विसर्जनवादी, सामाजिक अन्धराष्ट्रवादी, अराजकतावादी, उग्रवादी र मध्यपन्थी अवसरवादी सबैका विरुद्ध भीषण सङ्घर्ष चलाउनुभएको थियो । उहाँले भन्नुभएको थियो— अवसरवादसित निर्णायक सम्बन्धविच्छेदबिना तथा जनसाधारणलाई त्यसको टाटपल्टाइको जानकारी गराउनुबिना यो बेला समाजवादको लक्ष्यसिद्धि असम्भव छ ।

मजदुरहरूको सच्चा अन्तर्राष्ट्रिय एकताको उपलब्धि असम्भव छ । यस सन्दर्भमा लेनिनले के कुरामा जोड दिनुभयो भने पहिले इङ्ग्ल्यान्डमा एकाधिकार पुँजीवादको जन्मका साथै त्यहाँ अभिजातवर्गीय मजदुर पार्टीको जन्म भएको थियो र अब धेरै देशमा एकाधिकार पुँजीवाद अर्थात् साम्राज्यवादको जन्म भएको छ । त्यसैले ती देशहरूमा अभिजातवर्गीय मजदुर पार्टी बन्दैछन् । यो स्थितिमा मजदुर आन्दोलनमा फुट हुनु अनिवार्य छ र यसप्रकारको गलत पार्टीहरूका विरुद्ध जुधेर नै सही पार्टीको निर्माण हुनसक्छ । पुरानो पार्टीबाट क्रान्तिकारी पार्टीमा सङ्क्रमण किन जरुरी छ ? र त्यो कसरी हुनसक्छ, लेनिनले जोडदार रूपमा भन्नुभयो– क्रान्तिकारी सङ्गठनमा सङ्क्रमण गर्नुपर्दछ । यो बदलिएको ऐतिहासिक परिस्थितिको सर्वहारा क्रान्तिकारी कारबाहीको माग गर्दछ । परन्तु यी पुराना नेताहरू (क्रान्तिकारी ऊर्जाको गला रेट्नेहरू) प्रति पूरै आँखा चिम्लेर पुरानो पार्टीप्रति पूरै आँखा चिम्लेर त्यसलाई नष्ट गरेर नै गर्न सकिन्छ । नयाँ ढङ्गको लडाकु पार्टी निर्माणका निम्ति लेनिनले रुसका पुराना नेताहरू तथा पुरानो पार्टीलाई मात्र पूरै बेवास्ता गर्नुभएन । दोस्रो अन्तर्राष्ट्रियका अवसरवादी नेता तथा अवसरवादी पार्टीहरूलाई पनि पूरै बेवास्ता गर्नुभयो । तमाम प्रकारका सुधारवादी एवम् मध्यपन्थी अवसरवादबाट मुक्त तेस्रो अन्तर्राष्ट्रियको स्थापना गर्नुभयो । यस सन्दर्भमा उहाँले गुटबन्दी तथा सबै गुटहरूको अस्तित्वको अन्त्यको कुरा गर्नुभयो र तेस्रो अन्तर्राष्ट्रियको प्रवेशका निम्ति कैयौँ सर्तहरू निश्चित गर्नुभयो ।

नेपालमा नयाँ ढङ्गको पार्टी निर्माणका निम्ति यसप्रकारको मार्क्सवादी–लेनिनवादी मान्यतालाई निकै दह्रोसँग पकड्दै नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्नका लागि एकीकृत जनयुद्धको कार्यदिशामार्फत दलाल संसदीय व्यवस्थाको अन्त्य गर्नका लागि मार्क्सवाद–लेनिनवाद–माओवादको विचार दह्रो र बलियो क्रान्तिकारी पार्टीको आवश्यकता छ ।

लेखक : महेश चौधरी

विचारधारात्मक र राजनीतिक कार्यदिशा कुनै पनि बनिबनाउ र स्थिर चीज हुँदैनन् । ती विकसित भइरहन्छन् र तिनको विकास सङ्घर्षबाटै हुन्छ । चीनमा सम्पन्न जनयुद्धबाट विचारधारात्मक र राजनीतिको विकासका साथै नयाँ ढङ्गको पार्टी निर्माणका निम्ति नयाँ मान्यताको विकास हुन गएको छ । माओले भन्नुभयो– ‘चीनमा सङ्घर्षको मुख्य रूप युद्ध हो र सङ्गठनको रूप फौज हो ।’ माओको यो भनाइबाट कुन कुराको पुष्टि हुन्छ भने नयाँ ढङ्गको पार्टी निर्माणका निम्ति सशस्त्र युद्धको आवश्यकता तथा अनुभव अर्थात् सैन्यीकरण एक अनिवार्य सर्त हो । ग्रामीण क्षेत्रमा जानु र भीषण सङ्घर्षमा भाग लिनु तथा वर्गयुद्ध सञ्चालन गर्नुले पार्टी साँच्चैको बोल्सेभिक एवम् फौजी पार्टी बन्न पुग्यो । त्यसैले त माओले आफूहरूलाई गाउँतिर लखेटेकोमा धन्यवाद दिँदै च्याङकाई सेकलाई ‘असल शिक्षक’ सम्म भन्न पुग्नुभएको थियो । यसैगरी अन्तरसङ्घर्ष र दुई लाइन सङ्घर्षले नयाँ ढङ्गको पार्टी निर्माण एवम् विकासका निम्ति आधारभूत भूमिका निर्वाह गर्न पुगेको छ । पार्टीभित्रको सङ्घर्ष, तेस्रो अन्तर्राष्ट्रिय एवम् स्टालिनसँगको अन्तरसङ्घर्ष र सोभियत संशोधनवादीहरूसँगको भीषण सङ्घर्षले सही विचारधारा एवम् राजनीतिक कार्यदिशाको विकासका साथै नयाँ ढङ्गको पार्टी अवधारणाको विकासका निम्ति पनि राम्रो आधार तयार हुन पुग्यो । यी सब कारणले महान् सर्वहारा सांस्कृतिक क्रान्तिको अवधिसम्म आउँदा विश्वका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूका निम्ति नयाँ ढङ्गको पार्टी निर्माणका लागि निनियाँ कम्युनिस्ट पार्टी एक साँच्चै नमुना बनेको थियो । क्रान्तिकारी सिद्धान्त र राजनीतिक कार्यदिशाका साथै माओले क्रान्तिकारी कार्यशैलीको आवश्यकतामाथि पनि जोड दिनुभएको छ । यस सन्दर्भमा उहाँले सिद्धान्तलाई व्यवहारसँग जोड्ने, जनसमूहबाट लिएर जनसमूहलाई दिने, मनोगतवाद, एकलकाँटेपना र टपरटुइयाँ प्रवृत्तिका विरुद्ध उदारवाद र सङ्कीर्णतावाद विरुद्ध जुझ्नुपर्ने तथा आलोचना–आत्मालोचनाको पद्धतिलाई राम्रोसँग पक्रनुपर्नेमा जोड दिनुभएको छ । उहाँले जनतामा निर्भर रहने, जनताबाटै सिक्ने र जनतालाई जगाउँदै अघि बढ्ने कुरामा जोड दिँदै जननीतिको प्रतिपादन गर्नुभएको छ । उहाँले साङ्गठनिक कार्यशैली र सङ्गठनात्मक सिद्धान्तका दुवै क्षेत्रमा अन्तरविरोधको नियमलाई राम्रोसँग लागू गर्नुभएको छ । उहाँले एकातिर विभिन्न कामहरूमध्ये मुख्य कामलाई पहिलो दर्जामा राख्ने र अर्कोतिर जनवाद तथा केन्द्रीयता, अनुशासन तथा स्वतन्त्रताबीचको द्वन्द्वात्मक सम्बन्ध कायम गरिनुपर्ने कुरामा विशेष जोड दिनुभएको छ । उहाँ पार्टीमा अनुशासन कायम गरिनुपर्ने प्रश्नलाई निकै गम्भीरताका साथ लिनुहुन्छ । माओले केन्द्रीयतालाई समझदारी, नीति, योजना कमान्ड र काममा एकरूपताका लागि ‘सही विचारहरूको केन्द्रीकरण’ बताउनुभएको छ र त्यसका निम्ति जनवादलाई आधार ठान्नुभएको छ । परन्तु उहाँ क्रान्तिकारी सिद्धान्त तथा राजनीति र क्रान्तिका विरुद्ध संशोधनवादीहरूबाट प्रयोग गरिने यान्त्रिक तथा नोकरशाही जनवादी केन्द्रीयताको घोर विरोधी हुनुहुन्थ्यो । माओले भन्नुभयो– ‘विद्रोह गर्ने अधिकार छ ।’ वास्तवमा महान् सर्वहारा सांस्कृतिक क्रान्ति जनवादका आधारमा दक्षिणपन्थी संशोधनवादमाथि बुर्जुवा हेडक्वार्टरमाथि गरिएको भीषण हमला थियो ।

सही विचारधारात्मक एवम् राजनीतिक कार्यदिशाको अवलम्बन, जनसङ्घर्ष, अन्तरसङ्घर्षबाट दुई लाइन सङ्घर्षको द्वन्द्ववादी परिचालन, शुद्धीकरण अभियान, पार्टीको फौजीकरण, सर्वहारा सांस्कृतिक आन्दोलनमा संलग्नता, नयाँ उत्तराधिकारीहरू निर्माणको आवश्यकता, जननीति र एकता, सङ्घर्ष र नयाँ आधारमा नयाँ एकता आदि नयाँ ढङ्गको पार्टी निर्माणसम्बन्धी मालेमावादी मान्यताका मूल तत्व हुन् ।
चीन र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा दुई लाइन सङ्घर्ष तीव्र बन्दै गयो । त्यो बेला माओले पार्टीभित्रका प्रतिक्रान्तिकारी तत्वसँग सतर्क रहने र नयाँ उत्तराधिकारीहरूको सृष्टि तथा प्राप्ति गर्नुपर्ने आवश्यकतामाथि विशेष जोड दिनुभयो । माओले गुटवाद एवम् फुटवादका विरुद्ध कडा सङ्घर्ष चलाउँदै आउनुभयो र क्रान्तिका निम्ति नेतृत्वको विशेष महत्व हुने कुरा बताउनुभयो ।

एउटा पार्टीले क्रान्तिकारी आन्दोलनलाई कसरी विजयको दिशातिर अगाडि बढाउन सक्छ ? माओले भन्नुभयो– ‘क्रान्तिकारी सिद्धान्त तथा इतिहासको ज्ञान र व्यावहारिक आन्दोलनको गहिरो ज्ञान नहोउन्जेल कुनै राजनीतिक दलले पनि महान् क्रान्तिकारी आन्दोलनलाई विजयतर्फ लैजान सम्भव छैन ।’ क्रान्तिकारी पार्टीको निर्माणका सम्बन्धमा हामीले माओको उक्त भनाइलाई अर्थात् सिद्धान्त, इतिहास र व्यावहारिक आन्दोलनको गहिरो ज्ञानसँग सम्बन्धित कुरालाई राम्रोसँग समात्नु जरुरी छ ।

अतः नयाँ ढङ्गको पार्टी निर्माणका सम्बन्धमा माओले मार्क्सवादी–लेनिनवादी मान्यतालाई राम्रोसँग बुझ्नुपर्छ र त्यसलाई मालेमावादी मान्यताका रूपमा विकसित गर्नुपर्छ । सही विचारधारात्मक एवम् राजनीतिक कार्यदिशाको अवलम्बन, जनसङ्घर्ष, अन्तरसङ्घर्षबाट दुई लाइन सङ्घर्षको द्वन्द्ववादी परिचालन, शुद्धीकरण अभियान, पार्टीको फौजीकरण, सर्वहारा सांस्कृतिक आन्दोलनमा संलग्नता, नयाँ उत्तराधिकारीहरू निर्माणको आवश्यकता, जननीति र एकता, सङ्घर्ष र नयाँ आधारमा नयाँ एकता आदि नयाँ ढङ्गको पार्टी निर्माणसम्बन्धी मालेमावादी मान्यताका मूल तत्व हुन् ।

यद्यपि आज प्रतिक्रान्ति एवम् फुटको कारण अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको एकता कमजोर भएको छ, परन्तु आज हामीसँग नयाँ ढङ्गको पार्टी निर्माणसम्बन्धी मार्क्सवाद–लेनिनवादको समृद्ध मान्यताको समृद्ध रूपमा मालेमावादी मान्यता छ र आज यसै आधारमा संसारमा नयाँ ढङ्गको कम्युनिस्ट पार्टीहरू निर्मित एवम् विकसित हुँदै गइरहेका छन् । क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन नयाँ ढङ्गबाट जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै जानुपर्ने छ । नयाँ ढङ्गको पार्टी निर्माणका निम्ति आज मार्क्सवाद–लेनिनवाद–माओवाद एक अनिवार्य विचारधारात्मक सर्त बन्न पुगेको छ । मालेमा नमान्ने कुनै पनि व्यक्ति सच्चा कम्युनिस्ट हुन नसक्ने कुरा स्पष्टै भइसकेको छ ।

नेपालमा नयाँ ढङ्गबाट क्रान्तिकारी पार्टीको निर्माणका निम्ति मालेमा मान्यतालाई दह्रोसँग पकड्दै २१ औँ शताब्दीमा वैज्ञानिक युगमा विश्वभूमण्डलीकरण भएको अवस्थामा मालेमाको आधारभूत सिद्धान्तलाई पकड्दै नेपाली समाज विकासको क्रम, भूबनोट, राजनीतिक स्थिति, आर्थिक स्थितिअनुसार नवऔपनिवेशिक अवस्थामा दलाल संसदीय व्यवस्थाका विरुद्ध नेपाली सर्वहारा वर्गको राज्यसत्ता स्थापनाका लागि एकीकृत जनयुद्धको कार्यदिशामार्फत वैज्ञानिक समाजवाद स्थापना गर्नु अनिवार्य सर्त हो र यसका लागि दिशामा नयाँ ढङ्गको पार्टी निर्माणको आवश्यकता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *