कञ्चनपुर : नेकपा (बहुमत) कञ्चनपुरले जिल्लाकाे भीमदत्त नगरपालिका ८ र १० स्थितका मजदुरहरूको पारिश्रमिक दिन माग गरेको छ । उक्त पार्टीका कार्यालय सचिव दिपेन्द्र ऐरीले साेमबार प्रेस नाेट जारी गरी काम गराएर ज्याला नदिने ठेकेदार पारस चन्द आफ्नो पार्टीले ज्याला दिने गरी सहमति गरेको र उल्टै आफू माथि कपोलकल्पित मुद्दा लगाएको र सो मुद्दा फिर्ता लिन पनि गरेको छ।
यस्तो छ सो पार्टीको विज्ञप्तिको अंश :
” हिजो मात्रै जिल्लाको भिनपा ८ र १० नम्बर वडा बसोबास गरिरहेका श्रमिकहरु लाई काम गरेबाफत को ३०/३५ जना मजदुरहरु लाई पारिश्रमिक नदिई आज भोलि भन्दै कयौँ दिन ठगिरहने पारस बहादुर चन्द भनि चिनिने एक जना पेटि ठेगदारलाई पार्टी सम्पर्क मा ल्याई उक्त पैसा दिन दुई भित्र दिने सहमति भएको थियो । तर आज पारस ब. चन्दले हाम्रो पार्टीका कार्यलय सचिव तथा युवा संगठनका जिल्ला ईन्चार्ज दिपेन्द्र ऐरी को नाम मा ६० हजार को चेक,३०००० नगद र निज चन्दले आफुमाथि अभद्र व्यवहार गर्दै कुटपिट गरेको भन्दै किटानि जाहेरि जिप्रका कञ्चनपुर मा दिएको बिषय प्रति गम्भिर ध्यानाकर्षण भएको छ। उक्त मुद्वा कपोलकल्पित मुद्दा भएको हुदा तत्काल मुद्दा फिर्ता लिई श्रमिकहरुको पारिश्रमिक ज्याला तत्काल दिन हाम्रो पार्टी चेतावनि दिन चाहन्छ । नेकपा (बहुमत) जिल्ला पार्टी कार्यलय ।”