धनमाया बिष्ट/दाङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत ) निकट युवा जनस्वयंमसेवक नेपाल, पर्वतको दोस्रो भेला सम्पन्न भएको छ । भेलाले आरजे रसाइलीको अध्यक्षता मा १३ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ ।
युवा जनस्वयंमसेवक पर्वतको भेलाका प्रमुख अतिथि अनन्तले भेलाको उद्घाटन गर्दै युवाहरुले महान सहिद हरुका सपना पूरा गर्ने युवा हरुको मुख्य भुमिका पुरा गर्दै देश लाई आमूल परिवर्तन गर्न का लागि युवा हुरुले आन्दोलन को आँधिभेरी सिर्जना गर्नु पर्ने आवाश्यकता समेत औल्याए । आजकाे विज्ञान र प्रविधिलाई उच्चतम प्रयोग गर्दै देशको छरिएर रहेकाे क्रान्तिकारी शक्तिहरु गाेलबन्द गरेर बैज्ञानिक समजवादकाे अभियानमा लामबद्द हुन समेत अपिल गरेका छन् ।
आर.जे काे अध्यक्षतामा भएको जिल्लामा भेलामा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का पर्वत र म्यादी जिल्ला इन्चार्ज अनन्त, अतिथिहरु युवा जनस्वयंमसेवक नेपाल, गण्डकी प्रदेश संयोजक प्रमोद, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) पर्वतका जिल्ला संयोजक प्रयास अनेरास्ववियु (क्रान्तिकारी) गण्डकी प्रदेश इन्चार्ज हरि बिष्ट, जिल्ला पार्टी सदस्य डिबि, अखिल (क्रान्तिकारी) केन्द्रिय सदस्य तथा पर्वत जिल्ला संयोजक मनिसा परियार लगायतको उपस्थिति रहेको थियोे ।