पाेखरा : नेपाल कम्युनिस्ट पार्टी(बहुमत) कास्कीले विवादास्पद घर खाली गर्न उर्दी जारी गरेको छ ।
कास्कीको पाेखरा महानगरापालिका वडा नं ८ मा रहेको घर नं. ११० लाई खाली गर्नको लागी विहिवार उर्दी नै जारी गरेको छ ।
नेकपा (बहुमत) का नेताकार्यकर्ता पुगेर उक्त विवादित भएको घरका मुलि व्यक्ति भनिने रेवत बज्राचार्य सम्पर्कमा नआएकाे हुँदा उक्त घरमा बस्ने भाडावहालहरुलाई छाडी आफुहरुकाे संघर्षमा सहयोग गर्न भन्दै उक्त पत्र टाँस गरेको छ ।
उक्त घरमा टाँसिएको पत्रमा लेखिएको छ “उपरोक्त विषयमा शिवलाल तिमिल्सिना र रेवत बज्राचार्य बीच सृजनाचोक फिर्के पुल नजिक पोखरा महानगरापालिका वडा नं ८ मा रहेको घर नं. ११० को विषयमा विवाद रहेको र सो विवाद समाधान गर्न पटक-पटक हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले रेवत बज्राचार्यलाई ताकेता गर्दा समेत सम्पर्कमा नआएको हुनाले हाम्रो पार्टी संघर्षमा जान बाध्य भएको छ र यो संघर्ष रेवत बज्राचार्यसँग भएको हुनाले घरभाडामा बस्नुहुने तपाईहरूलाई कुनै बाधा नपरोस् भनी विवादित भएको घरको कोठा सारी हाम्रो संघर्षलाई सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछौं ।”