लेखक: निर्मला खड्का (निरु)
म मनै रहन मन् पर्छ
नत कसैको दबाब संग झेल्लिन मन छ !
नत कहिकतै कसैको अभाव संग रहन मन् छ!!
हो मान्छु जन्म आमाको कोखले नैं दिएको
जब धर्तीमा पाईला टेके
तब मलाई मनै मन् पर्छ!!
न कसैको रिस संग बाझिन पुगु
नत कसैको रंग संग रंगीन चाहु
केवल स्वतन्त्र चरी जसरी आकाशमा
उड्न सकु!
कसैको ईसारामा छम छम् नाच्ने
कसैको पिजडामा सुगा सरी कैद हुने
अँह म त्यो कदापि चाहान्न
त्यसैले मलाई मनै रहन मन् पर्छ!
नत गोलबन्द संग जोडिएको
सम्बन्ध संग रहुँ
नत स्वार्थलाई नियालेर एक्लौटी
राज गरू
नत कसैको निर्देशन संग एकता कायम
राखु
नत दिमाग मस्तिष्क संग विद्रोह गर्न पूगु
त्यसैले मलाई मनै रहन मन् पर्छ!
अन्याय विरुद्धको निम्ति उर्लिएका
यी आवाज
दलाली व्यवस्था
संग विद्रोह गरेका यी विद्रोही शब्द,
स्वतन्त्र संग फिजिएका यी मेरा विद्रोहका प्वाँख
न कसैको हस्तक्षेप न कसैको डर त्रास संग रहुँ
हो त्यसैले मलाई मनै रहन मन् पर्छ!
सडक देखि संसद सम्म बुलन्द
आवाज उठाउँदै
नत खोक्रो आदर्श संग बाझिएका ती
गद्दार संग मित्रता गास्दै
नत कसैको ईसारामा रुमलिदै
अन्त आफ्नो अधिकार निम्ती धूलो धुवाँ
संग मित्रता कायम राख्दै
लम्किएका यी पाईला संग दुःख पीडा
साट्दै
त्यसैले मलाई म नै रहन मन् पर्छ!
हिजो कसैलाई विश्वास गरेर हिँड्दा हिँड्दै
बीच बाटोमा अल्झाईदिएको यात्रा
झूठा आश्वासनले सजाईदिएको मस्तिष्क
दुई आँखामा बाँधिदिएको कालो पट्टी हो
त्यसैले आज
त्यस्तै भ्रममा नपर्न मलाई म नै रहन मन् पर्छ!