म हिजै जलेको हुँ,
तिमी बानेश्वर अगाडि जल्यौ
म मंगलसेनमा जलें
खारामा जलें
बेनिमा जलें
यो देशलाई जल्नबाट बचाउन
म कहाँ कहाँ जलिन ?
म कहाँ कहाँ जलिन होला प्रेम
म कहाँ कहाँ बलिन होला
प्रेम
प्रेम जल्नमा तिमिभन्दा
म जेठो छु
प्रेम तिमी आज जल्नु र
र म हिजो जल्नु
अनि भोलि मेरो पुस्ता र
तिम्रो पुस्ता जल्नु बिच
केही भिन्नता हुनेछैन
प्रेम
हामिले पुरानो सत्तालाई
समयमै जलाएनौं भनेँ?
जसरी जले पनि
प्रेम
तिमिलाई र मलाई जलाउने आगो एउटै हो
सत्ता एउटै हो
अब प्रेमहरु बानेश्वर अगाडि होइन
पुरानो सत्ताको छातिमा जल्नुपर्छ
प्रेम तिमी र म जल्नेको मात्रै होइन
जलाउनेको पनि प्रेम बन्नुपर्ने रहेछ
हार्दिक श्रद्धाञ्जली …
२०७९/१०/११
