अखिल (क्रान्तिकारी) कञ्चनपुरको संयोजकमा विरेन्द्र नाथ

Education

कञ्चनपुर : नेकपा बहुमत निकट रहेको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) जिल्ला समिति कंचनपुरले विरेन्द्र नाथको संयोजकत्वमा २३ सदस्यीय जिल्ला सम्मेलन आयोजक कमिटी निर्माण गरेकाे छ ।

बर्तमान दलाल निगम पुजिवादी शिक्षाको भन्डाफोर गर्दै बैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि शैक्षिक संघर्ष संगै जनताको जीवन संग जोडिएका र राष्ट्र संग जोडिएका मुद्दाहरुमा सडक संघर्षको रूपमा स्थापित अखिल (क्रान्तिकारी) ले अभियानलाई निरन्तरता दिने र भब्य रूपमा जिल्ला सम्मेलन सम्पन्न गर्न गइरहेको छ।

यसैविच संगठनका प्रदेश इन्चार्ज सुरेन्द्र धानुकको प्रमुख आतिथ्य, संगठनका सु.प. बिश्वविद्यालय इन्चार्ज प्रकाश भट्टको उपस्थिति र बिरेन्द्र नाथको संचालनमा महेन्द्रनगर माविमा चन्द्रीका अवस्थीको अध्यक्षता २७ सदस्यीय एकाइ कमिटी गठन गरिएको छ ।

सुदूरपश्चिम प्रदेश इन्चार्ज सुरेन्द्र धानुकले संगठनमा आबद्ध हुने उर्जावान,सिर्जनशील,संघर्षशील,जुझारु क्रान्तिकारी छात्रछात्राहरुलाई हार्दिक बधाई तथा शुभकामना दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *