काठमाडाैँ : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघकाे पांचाै पुर्ण बैठक केही महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न भएकाे खवर छ । बैठकमा नेपाल श्रमजिवि मजदुरहरुले भाेगेका समस्याहरुकाे वारेमा गम्भीर छलफल भएकाे बुझिएको छ।
अहिले श्रमिकहरुकाे मुल समस्या भनेकाे वेराेजगारी समस्या र श्रमिक विराेधि श्रम ऐन कानुन र त्यस भित्र रहेका दफा उपदफा र धाराहरु हुन भन्ने बैठकले निष्कर्ष निकालेकाे छ।
तत्काल श्रमिक तथा मजदुहरुका समस्याहरुलाई हल गर्न सरकारलाइ जाेडदार रुपमा माग राखि संघर्ष गर्ने बताईएकाे छ। महासंघकाे बैठकले बन्द रहेका सरकारी स्वामित्वमा रहेका उद्योग कलकारखानाहरु खुलाउनु पर्ने प्रत्येक गाउँ पालिका सम्म कम्तिमा एउटा उद्योग निर्माण तथा संचालन गर्नुपर्ने श्रमिकहरुकाे राेजगारीकाे सुनिश्चितता स्वेदेशमै हुनुपर्ने श्रमिक तथा मजदुरहरुका पारिश्रमिक सेवा सुविधा बृद्धि गरिनुपर्ने जस्ता न्यायाेचित मागहरु राखि केन्द्र र सातैवटा प्रदेसमा संघर्षका कार्यक्रम संचालन गर्ने वताईएकाे छ।
बैठकका प्रमुख अतिथीकाे रुपमा उपस्थित भएका नेपाल कम्युनिस्ट पार्टि (बहुमत)का प्रवक्ता हेमन्त प्रकाश ओली ‘सुदर्शन’ले एकाधिकार दलाल पुँजीवादी व्यवस्था रहेसम्म नेपालका श्रमिकहरुकाे अवस्थामा खासै परिवर्तन आउन नसक्ने हुदां श्रमिक बिराेधि दलाल संददिय व्यवस्थालाई फालि नयां जनवादी तथा समाजवादि व्यवस्था स्थापना गरे मात्र श्रमिककाे भविष्य वदलिने कुरामा जाेड दिदै त्यसका लागि आफ्नाे पार्टीले मजदुर संगठनलाई सधै मद्दत गर्ने बताउनु हुदै संम्पुर्ण श्रमिकहरु संगठित हुनपर्ने र फेरी एउटा क्रान्तिकाे युगिन कार्यभारकाे जिम्मा मजदुर संगठनकाे कांधमा आएका हुंदा त्यसकाे नेतृत्व अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले लिनुपर्ने विचार व्यक्त गर्नुभएकाे थियाे।
बैठकमा विशेष अथितिकाे भुमिकामा उपस्थित हुनुभएका महासंघकाे फ्याक्शन ईन्चार्ज सार्दुल कमरेडले प्रशिक्षण दिनु भएकाे थियाे।उक्त वैठक विनाेद थापाकाे अध्यक्षता सम्पन्न भएकाे खवर छ।