संसदवादी आहालमा चिप्लिएका विप्लवको अरण्य रोदन

Opinion

कात्तिक ५ गतेको मिति हालेर विप्लवले ‘दुई घातक हमलाविरुद्ध सङ्घर्ष’ शीर्षक दिँदै एउटा निबन्ध आफ्ना प्रकाशनहरूमा प्रकाशित गरेका छन् । उनले त्यसमा एउटा घातक भनिएको हमला सरकार सम्बन्धमा केन्द्रित गरेका छन् जसमा नेपाल सरकारले विप्लवलाई संसदीय चुनावमा भाग लिन तयारी गर्दागर्दै वारेन्ट जारी गरेर चुनावमा भाग लिन नपाएको आक्रोश पोखिएको छ । उनले दोस्रो हमला नेपाल कम्युनिस्ट पार्टी (बहुमत) तिर सोझ्याएका छन् जसमा (बहुमत) पुनर्गठन हुनुबाट पैदा भएको रोष, कुण्ठा र आक्रोशको बौछार गरेका छन् । सरकारसँगको आक्रोशका बारेमा कतिपय विषयहरू सान्दर्भिक उठाएका छन् जुन कुरा हामीसँग पनि सम्बन्धित छ । जस्तो सरकारले तीनबुँदे सहमति कार्यान्वयन नगर्नु र पछि हट्नु देशको समस्या, राजनीतिक आन्दोलन र जनताको मामिलाप्रतिको विश्वासघात हो । यस्तो विश्वासघातले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा समेत राज्यप्रतिको विश्वसनीयता गुमेको छ । हुनत हाम्रा कार्यकर्ताहरू जेलमा राख्न कतिपय वैदेशिक दबाब नै प्रमुख रहेको बताइन्छ र हाम्रो टाउकोमाथि मुद्दाको तरबार झुन्ड्याउन विदेशीकै सुझावले काम गरेको भनिन्छ तर पनि सरकारको नीतिले अर्काको आदेशमा राज्य चलाउने नवऔपनिवेशिक र पराधीन भएको नै पुष्टि गर्छ । राज्यले गरेको राजनीतिक सहमति एनसेल, एमसीसीजस्ता वैदेशिक कम्पनीहरूको दबाब र सुझावमा कार्यान्वयन गर्नु, राज्यको विश्वसनीयतामाथि सङ्कट निम्त्याउनु हो । यसबारे विप्लवको चासो हुनु स्वाभाविक हो । त्यसमा हाम्रो पनि ऐक्यबद्धता हुन आउँछ ।

दोस्रो घातक हमला भनेर विप्लवले हाम्रो पार्टी र नेतामाथि तथानाम लाञ्छनाहरू थोपरेका छन् । त्यसमा उनको वास्तविक चरित्र उदाङ्गो भएको छ जसमा उनको गैरराजनीतिक, वितण्डा र हुलहुज्जतपन्थी चरित्र सतहमा उत्रिएको छ । केन्द्रीय समितिको १२ औँ बैठकमा जसरी उनको आधारभूत सैद्धान्तिक विचलन देखापर्यो, त्यसलाई सच्याउनु नै उनको बुद्धिमानी हुन सक्थ्यो । तर उनले त्यसलाई सच्याउनुको बदला संसद्‌वादतिर प्रवेश गर्ने रुझानले उनको वास्तविक चरित्र उजागर गर्यो । क्रान्तिकारी आन्दोलनमा यसप्रकारका पात्रहरू समयसमयमा पैदा हुने गर्छन् । समाजमा कुनै न कुनै प्रकारको प्रहसन गर्ने र बिलाउने पनि गर्छन् । त्यस्तै प्रकारका पात्र बनेका छन् विप्लव । जसका लागि हामीले लामो समय सहकार्य गर्यौँ, जसको नेतृत्वमा नेपाली क्रान्तिको कार्यभार पूरा गर्ने अभिलाषा पनि राख्यौँ तर उनको सैद्धान्तिक अल्पदृष्टि, राजनीतिक होचोपना, बच्कना बालरोग सतहमा देखापर्यो । उनमा तमाम प्रकारका राजनीतिक, वैचारिक र साङ्गठनिक समस्याहरू देखापरे । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को दस्ताबेजमा उल्लेख भैसकेको छ– ‘उनमा ‘दार्शनिक रूपले सारसङ्ग्रहवाद, राजनीतिक दृष्टिले संसदीय संशोधनवाद, सङ्गठनात्मक दृष्टिले निषेधात्मक अधिभूतवाद, सङ्घर्षका दृष्टिले आत्मसुरक्षावाद र आर्थिक दृष्टिले जुझारु अर्थवाद देखापरे । यसप्रकारका समस्याहरूको स्रोत विप्लवमा देखिएको निम्नपुँजीवादी रोमान्टिसिज्म (स्वच्छन्दतावाद) हो ।’ क्रान्तिकारीहरूले धैर्यपूर्वक नै त्यसको वैचारिक, राजनीतिक, दार्शनिक र सङ्गठनात्मक सामना गर्दै जानुपर्छ र क्रान्तिलाई विजयसम्म पुर्याउन सकिन्छ । दस्ताबेजमा भनिएको छ, ‘यसप्रकारका विचलनका विरुद्ध निर्मम सङ्घर्ष गरेर नै क्रान्तिकारी धारको रक्षा, प्रयोग र विकास गर्न सकिन्छ ।’ यसप्रकाका व्यक्तिहरू समयसमयमा सतहमा देखापर्छन्, कुनै न कुनै प्रकारको भूमिका निर्वाह गर्छन् र फेरि पनि सतहमै बिलाउने गर्छन् । विप्लवको पेट्टीबुर्जुवा रोमान्टिसिज्म पनि त्यही हो जो सतहमा देखापर्यो, बर्सात्को तलाउमा पानीको फोकाजस्तै रङ्गीबिरङ्गी आकृति देखायो, क्षणिक समयमा फुट्यो र त्यही सतहको पानीमा बिलायो ।

धर्मेन्द्र बास्तोला ‘कञ्चन’
लेखक: धर्मेन्द्र बास्तोला

विप्लवले उनको प्रकाशनमा प्रकाशित निबन्धमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को पुनर्गठन भएपछि उनको राजनीतिक आवरणमा चलेको कुत्सित धन्दामा पैदा भएका अवरोध, असफलता, अकर्मण्यता र दिशाहीन अवस्थाको उजागर मात्र गरेका छैनन्, नेकपा (बहुमत) विरुद्ध समूल नष्ट गर्न अनेक प्रकारका शब्दजालको प्रयोग गरेका छन् र उनीभित्र गुम्सिएको तुच्छ प्रकारको कुण्ठा, असैह्य आक्रोश, सैद्धान्तिक हीनता र सङ्गठनात्मक लघुताभाषको प्रलाप गरेका छन् । उक्त लेखमा उनले यसप्रकारको कुण्ठाबाट मुक्ति प्राप्त गर्न अरण्यरोदन प्रकट गरेका छन् । के भनिरहनु आवश्यक छैन भने विप्लवको यो लेखमा अभिव्यक्त अराजनीतिक, असैद्धान्तिक, मनोगत तथा प्रायोजित विचारहरू र उनले हाम्रा कमरेडहरूमाथि काठमाडौँको बागबजारमा पत्रकार नकुल चौलागाईंमाथि गरेको अभद्र व्यवहारदेखि कपिलवस्तुमा कमरेड टुकलाल पुनमाथि गरेको आपराधिक गुण्डागर्दीबाट व्यावहारिक रूपमा उनी विगतको ‘विप्लव’ नभएर अब अराजनीतिक ब्यान्डिटमा परिणत हुन पुगेका छन् । त्यति मात्र होइन, उनले आफ्ना वैचारिक, सैद्धान्तिक, राजनीतिक त्रुटिहरू सच्याउनुको बदला क्रान्तिकारीमाथि भौतिक हमला गर्ने, जिल्ला–जिल्लामा छानेर (बहुमत) का नेताहरूमाथि कुटपिट गर्ने, पार्टीका नेताहरूलाई गौँडा ढुकेर प्रचण्डलाई कैलालीमा बम हानेजस्तै आक्रमण गर्ने, उनको जुझारु अर्थवादी स्वार्थमा धक्का दिनेहरूलाई जाजरकोटका गगन खड्का ‘जीवन’ लाई पार्टी छोडेको झोकमा काठमाडौँमा फलामे रडले टाउकोमा मरणासत्र हुनेगरी हानेजस्तै आक्रमण गर्ने, विप्लवको पार्टी छाड्नेहरूलाई वीरजङ्गको सुराकी गरेको अभियोगमा उनकै कार्यकर्ताको विवशताको वास्ता नगरी पलायन गराउनेजस्ता कारबाही गर्ने निर्णय उनको कथित महाधिवेशन र त्यसपछिका बैठकहरूमा गरिनु र त्यो अराजनीतिक, आपराधिक अभियानअन्तर्गत कमरेड टुकलालमाथि आक्रमण गर्नुले उनी र उनको विप्लव–प्रकाण्ड गुट अत्यन्त निच, आपराधिक र हिंश्रक शैलीको कोन्ट्राका रूपमा पतन भएको पुष्टि गरेको छ । उनका यी गतिविधिले विप्लव–प्रकाण्ड गुटलाई जानी–नजानी, प्रायोजित वा स्वतस्फूर्त रूपमा सबैखाले साम्राज्यवाद र सबैखाले प्रतिक्रियावादको गोटीका रूपमा प्रयोग गर्न पुगेको छ ।

बहसको सुरुआत

गत वैशाखमा भएको पार्टीको केन्द्रीय समितिको बैठकमा विप्लव–प्रकाण्ड गुटले नेपालमा अधुरो रहेको क्रान्ति सम्पत्र गर्न पुनर्गठित गरिएको नेपाल कम्युनिस्ट पार्टीलाई संसद्‌वादी राजनीतिमा लैजाने षड्यन्त्र प्रस्तुत गरे । त्यसमा उनीहरूका तर्क थिए, नेपालमा अब (यो बहस हुँदासम्म ‘अब’ को अभिप्राय तत्काल भत्रे थियो) क्रान्ति नहुने भएपछि ४–५ बर्ष संसदीय राजनीतिमा घुम्नुपर्छ, संयुक्त मोर्चा फराकिलो बनाउनुपर्छ, पार्टी भनेजस्तो नभएकाले केही समय संसदीय राजनीतिमा जानुपर्छ र यी सबै उद्देश्य पूरा गर्न चुनावमा भाग लिनुपर्छ । उनले भनेका थिए, चुनाव भनेको कार्यनीतिक प्रश्न हो र आवश्यक पर्दा भाग लिन सकिन्छ, आवश्यक पर्दा बहिष्कार गर्न सकिन्छ । चुनावमा गइयो भने तीन लाख भोट आउँछ र हामी तेस्रो पार्टी हुन्छौँ । एमसीसीको विरोधमा हाम्रो पार्टीको भूमिका नेतृत्वदायी भएका कारण हामीले तीन लाख मात्र होइन, चार लाख र अझ पाँच लाखसम्म भोट ल्याउँछौँ भत्रे प्रकाण्डको तर्क थियो ।

त्यसमा हामीले भनेका थियौँ– एक्काईसौँ शताब्दीको नवउदारवादी राजनीतिले निर्देशित गरेको संसदीय चुनावमा भाग लिनुको तात्पर्य नैतिक रूपमा संसद्‌वाद स्वीकार गर्नु हो । संसद्‌वादी संविधान, कानुन, नियम–विनियमहरू स्वीकार गरेर, संसदीय व्यवस्थाको संस्थागत विकास गर्नका लागि प्रतिबद्धता जाहेर गरेर, कानुनका अगाडि विधिवत् रूपमा संसदीय प्रवाहमा समाहित भैसकेपछि संसदीय चुनावमा भाग लिनु स्वतः संसदीय राजनीतिमा प्रवेश गरेको हुन्छ, नीतिगत रूपमा संसदीय व्यवस्था स्वीकार गरेको हुन्छ र संसदीय व्यवस्था संस्थागत गर्ने भित्री रूपमा प्रतिबद्धता गरिसकेपछि बाहिर जनतालाई संसद्‌वादको विरोध गरेको देखाउनु अवसरवाद मात्र हुन्छ, अनैतिक, अराजनीतिक र जनताविरुद्ध षड्यन्त्र मात्र हुन्छ । हामीले स्पष्ट गरेका थियौँ– यसप्रकारको अवसरवाद, अनैतिक, अराजनीतिक, षड्न्त्रकारी, रहस्यात्मक विधिले संसारको कुनै पनि देशमा समाजवादी क्रान्ति हुन सक्दैन र नेपाल त्यसबाट अछुतो रहन सक्दैन । हामीले अगाडि तर्क गरेका थियौँ, भलै संसदीय चुनावमा भाग लिने नीतिले सङ्गठन एमाले र माकेजत्तिकै ठूलो हुन सक्छ, तीन, चार वा पाँच लाखको ठाउँमा तीस, चालीस वा पचास लाख नै भोट पनि पाउन सकिएला । संयुक्त मोर्चाको दायरा ऋषि कट्टेल र आहुतिभन्दा पर झलनाथ, नारायणकाजी र भीम रावलसम्म पुग्न सक्छ परन्तु नैतिक रूपले संसदीय व्यवस्थाप्रति आत्मसमर्पण गरेका कारण व्यवस्थाविरुद्ध झन्डा उठाउने नैतिक अधिकार कमजोर हुन्छ र यस्तो कमजोर राजनीतिक नैतिकता भएको पार्टीको नेतृत्वमा समाजवादी क्रान्ति असम्भव हुन्छ ।

त्यसपछि विप्लवको तर्क थियो– लेनिनले दुमामा भाग लिएका थिए । पछि २०४८ सालमा हामीले पनि भाग लिएका थियौँ । रोजा लग्जम्बर्गलगायत विश्वका तमाम कम्युनिस्ट पार्टीहरूले चुनावमा भाग लिएका थिए । उनीहरू कसरी संसद्‌वादी भए ? उनले तर्क थपेका थिए– पार्टीका लागि आवश्यक पर्दा भाग लिने हो, आवश्यक पर्दा बहिष्कार गर्ने हो । विगतमा चुनाव बहिष्कार गर्यौँ, यो चुनाव उपयोग गरौँ । यो कार्यनीति हो । यो हाम्रो आवश्यकतामा हुने हो ।

उनको त्यो तर्कको जबाफमा हामीले भनेका थियौँ, क्रान्तिकारी कम्युनिस्ट पार्टीका लागि पुँजीवादी व्यवस्थाभित्र हुने चुनाव कार्यनीतिक विषय हो तर कुन समयमा कुन उद्देश्य पूरा गर्ने भन्ने प्रश्न महत्वपूर्ण हुन्छ । उपयोग गर्दा क्रान्तिलाई फाइदा हुने हो भने उपयोग गर्ने हो र बहिष्कार गर्दा फाइदा हुन्छ भने बहिष्कार गर्ने हो । उपयोग र बहिष्कारको कार्यनीतिले जनताको क्रान्तिकारी भावनालाई मलजल गर्नु र्छ । उपयोग वा बहिष्कारले क्रान्तिकारी भावनाको प्रतिनिधित्व गर्न सकेन, तर्कपूर्ण रहन सकेन, नीतिगत रूपमा पुस्ट्याइँ गर्न सकेन भने त्यसको भूमिका प्रतिक्रान्तकारी हुन पुग्छ । त्यसले जनताको विश्वासमा कुठाराघात गर्छ, पार्टीलाई कमजोर बनाउँछ । क्रान्तिकारी कार्यनीतिबारे स्टालिनले स्पष्ट गर्नुभएको थियो, ‘सामाजिक जनवादी कार्यनिति पछ्याउन दुई अवस्था थाहा पाउनु आवश्यक हुन्छ : पहिलो, त्यो कार्यनीति सामाजिक जीवनको विपरीत जानु हुँदैन र दोस्रो, त्यसले जनमानसको क्रान्तिकारी भावनालाई माथिभन्दा माथि उठाउनुपर्छ ।’-To pursue genuinely Social-Democratic tactics two conditions are necessary: first, that those tactics should not run counter to the course of social life; and second, that they should raise the revolutionary spirit of the masses higher and higher._

(Stalin Vol 1, page 211)

क्रान्तिकारी कार्यनीतिबारे विप्लवलाई यही तर्क गरिएको थियो र संसारभर भएका हजारौँ चुनाव उपयोगका अनुभवहरूको उदाहरण पेस गर्दै गलत बाटोमा नजानका लागि सङ्घर्ष गरिएको थियो । यसको विपरीत विप्लवको संसदीय चुनावमा भाग लिँदै संसद्‌मा प्रवेश गर्ने कार्यनीतिले जनताको क्रान्तिकारी सामाजिक जीवनको विपरीत जान्थ्यो, दोस्रो संसद्‌वादविरुद्ध खडा भएका जनतालाई संसद्‌वादभन्दा अर्को विकल्प छैन भत्रे निराशामा पतन गराउँथ्यो । उदार पुँजीवादी राजनीतिको दबदबा रहेको अहिलेको जमानामा बुर्जुवा जनवादी चुनावमा भाग लिनुले जनताबाट नाङ्गिएको संसद्‌वादी सत्ताको कुनै विकल्प छैन भत्रे गलत सन्देश दिनु हुन्छ, जनतामा निराशा बाँड्नु हुन्छ र यो उपयोग चुनावको उपयोग नभएर संसद्वादप्रति आत्मसमर्पण हुन्छ । यो सुझावसहित बैठकमा सङ्घर्ष भएको थियो ।

त्यसपछि विप्लव र प्रकाण्ड दुवैजनाले पालोपालो गरी भनेका थिए–बहिष्कार गर्ने हो भने पनि बहिष्कार गरौँ ! तर त्यो बहिष्कार पहिलेको भन्दा उच्च स्तरको हुनुपर्छ । हामीले प्रश्न गर्यौँ– पहिलेको भन्दा उच्च भनेको के हो ? तपाईंहरूले भनेको बहिष्कार के हो ? किनभने बहिष्कार गर्नेबित्तिकै क्रान्तिकारी हुने र उपयोग गर्नेबित्तिकै पुँजीवादी हुने भत्रे पनि हुँदैन । बुर्जवा सत्ताभित्र बुर्जुवाको अर्को हिस्साले बहिष्कार गरेका तमाम उदाहरण पाइन्छन् । तपाईंहरूको बुझाइमा पुँजीवादी चुनावको कार्यनीतिक उपयोग वा कार्यनीतिक बहिष्कार के हो ? त्यसको जबाफमा विप्लव र प्रकाण्डका तीन बुँदामा जबाफ थिए । विप्लवले भनेका थिए, पहिलो, पार्टीलाई आवश्यक पर्दा उपयोग गर्ने र आवश्यक पर्दा भाग लिनु कार्यनीति हो । दोस्रो, लेनिनले कार्यनीति भनेका थिए । २०४८ सालको चुनाव उपयोगलाई कार्यनीति भनिएको थियो । रोजाहरूले चुनाव उपयोग गरेका थिए र माओले पनि भनेका थिए–हामीसँग संसद् भएको हुन्थ्यो भने हामी संसदीय चुनावमा भाग लिन्थ्यौँ र तेस्रो, प्रकाण्डले भनेका थिए–पहिलेको भन्दा उच्च स्तरको बहिष्कार भनेको विगतमा बम मात्र हानियो । यो चुनावमा न्यूनतम ५ जनासम्म उम्मेदवारलाई विस्फोटमा पार्नुपर्छ । विप्लव–प्रकाण्डको यो चुनाव उपयोग र बहिष्कारसम्बन्धी कार्यनीतिका तीन बुँदाको बुझाइमा हाम्रो तर्क थियो र अहिले पनि छ– यो पूरापूर विसर्जनवाद हो । मैले नै तर्क गरेको थिएँ–यहाँ लेनिनको भनाइ स्पष्ट रूपमा लागू हुन्छ । लेनिनले भत्रुभएको थियो– उग्र दक्षिणपन्थी अवसरवाद उग्र वामपन्थी अवसरवादमा पतन हुन्छ । कि त चुनावमा भाग लिने, चुनावमा भाग नलिए ५ जनासम्म उम्मेदवारलाई विस्फोटमा पार्ने तर्क विसर्जनवादको चरम नमुना हो । यो विसर्जनवादी एक सिक्काको दुई पाटो हो । विप्लवले गरेको पहिलो तर्क पार्टीलाई अथवा पार्टीको नेतालाई जे आवश्यक पर्छ त्यही गर्नु कार्यनीति भत्रु क्रान्तिकारी कार्यनीति नभएर निम्नपुँजीवादी अवसरवाद हो । उनले गरेको दोस्रो तर्क लेनिनले भनेकै कारण कार्यनीति हो भत्रु जडसूत्रवाद हो । विप्लव–प्रकाण्डहरूको तर्क बिल्कुल वितण्डतावादी थियो । उनको तर्कमा विसर्जनवाद थियो । विप्लवले आफ्नो लेखमा एक ठाउँमा भनेका छन् जुन कुरा उनको यो चुनाव उपयोग र बहिष्कारको तर्क र नीतिसँग जोडदार तरिकाले मिल्दछ । उनले लेखेका छन्, ‘वर्गसमाज र सत्ता सङ्घर्षको नियम नै हो कि क्रान्तिभित्र विभिन्नखाले अवसरवादहरू पैदा भइरहन्छन् । त्यसलाई उत्तेजित र प्रकट हुने वातावरण क्रान्तिमा बन्दै जाने नयाँ परिस्थिति र विषयहरूले बनाइदिन्छन् । परिस्थितिअनुसार अवसरवादीहरूले छेपाराले रङ फेरेजस्तो शैलीहरू फेरिरहन्छन् । कहिले उनीहरू उग्र वामपन्थीका रूपमा प्रकट हुन्छन्, कहिले मध्यमार्गी ढुलमुले रूपमा देखापर्छन् । कहिले दक्षिणपन्थी आत्मसमर्पणवादी बन्छन्, कहिले चाकडीबाज बन्छन्, कहिले षड्यन्त्रकारीका रूपमा आइलाग्छन् ।’ चुनावको उपयोग, संसदीय व्यवस्थामा प्रवेश गर्ने बहाना विप्लव–प्रकाण्ड गुटका लागि छेपाराले रङ बदलेजस्तै अवसरवादी कुरा हो । वर्गसङ्घर्ष र वैचारिक सङ्घर्षको समयमा सङ्घर्षको तीव्रतासँगै घटनाक्रम पनि तीव्रतामा विकास हुन्छन् । त्यही तीव्रतामा विप्लव–प्रकाण्डको अवसरवाद, विसर्जनवाद र क्रान्तिकारी आन्दोलनबाट भाग्ने पलायनवाद कति तीव्र रूपमा देखापर्यो भने उत्तिखेरै अवसरवादी, उत्तिखेरै सुधारवादी, उत्ति नै खेर मध्यमार्गी ढुलमुल, उत्ति नै खेर आत्मसमर्पणवादी देखापरे । क्रान्तिको नेतृत्व गर्ने विश्वास दिलाएका विप्लवको यो दयनीय अवस्था थियो । उनले जुन कुरा माथि भनेका छन् त्यो उनको जीवनमा व्यावहारिक प्रयोग भइरहेको, उनको मस्तिष्कमा उद्वेलित भैरहेको, सम्पूर्ण मनोदशाको प्रतिबिम्ब थियो । यहाँ विप्लवको चुनावको उपयोगको सवालमा विप्लव–प्रकाण्डको चरित्र उनले भनेजस्तै गरी मिलेको छ । कहिले दक्षिणपन्थी अवसरवाद, कहिले उग्रवाद, कहिले विसर्जनवाद, कहिले मध्यपन्थी अवसरवाद र कहिले आत्मसमर्पणवाद !
यसपछि हामी केन्द्रीय समितिको बैठकमा उपस्थित भयौँ । सचिवालयमा भएका यी सबै तर्कहरू केन्द्रीय समितिको बैठकमा पनि गरिए । ६८ जनाको केन्द्रीय समिति र ४ जना केन्द्रीय सल्लाहकारसहित ७२ जनाको बहसमा विप्लव–प्रकाण्डहरूले अगाडि सारेको नीति दक्षिणपन्थी हो भत्रेमा ४५ मत अभिव्यक्त भयो । उनीहरूले सारेको चुनावपरस्त नीति सही हो भत्रेमा ९ मत केन्द्रीय समितिमा र सचिवालयका विप्लव, प्रकाण्ड र सन्तोषसहित १२ मत रह्यो । विप्लवले प्राप्त गरेको ९ मतमध्ये कस्ता विचार थिए भत्रे प्रश्न रोचक छ । ९ मतमध्येका अनिल विरहीले साथीहरूका बीचमा संसद्‌वादपरस्त नीति लिनुपरेको कारणबारे स्पष्टिकरण दिँदै भनेका थिए– विप्लवले जति क्रान्तिको कुरा गरे पनि उसको नीति र नेतृत्वमा क्रान्ति हुने होइन । कार्यनीतिक उपयोगका नाममा भए पनि चुनावपरस्त नीति ल्याएकै समयमा समर्थन गर्यो भने यो पार्टी संसद्वादमा समाहित हुन्छ । क्रान्तिको झूटो प्रचार समाप्त हुन्छ । विप्लवलाई समर्थन गर्ने ९ मतमध्येका सबै साथीहरूको भित्री मनसाय एउटै हो– विप्लवको नेतृत्वमा क्रान्ति असम्भव छ । वास्तवमा यी साथीहरूले विप्लवको मुटु छामिसकेका थिए र विप्लवको नेतृत्वमा मात्र क्रान्ति हुन्छ भत्रे अधिभूत पालेका कारण जीवनको लामो खण्ड क्रान्तिका लागि व्यतित गरेर पनि संसद्वादपरस्त नीति स्वीकार गर्न विवश बनेका थिए । अनिलको टिप्पणी अप्रिय लागे पनि आधारले विप्लवलाई जानकारी गराइसकेका थिए । तर विप्लवलाई अनिलको टिप्पणीले कुनै असर गरेन किनभने उनको वास्तविक कार्यदिशा संसद्‌वाद नै थियो तर अनिलजस्ता समर्थकहरूको प्रयत्नका बाबजुद विप्लवले बैठकमा समर्थन गुमाए । त्यसले विप्लवलाई विचलित मात्र गरेन, विक्षिप्तसमेत बनायो । बीचबीचमा बसेको बैठकमा हामीले स्पष्ट गरेका थियौँ– तपाईंहरू चुनाव प्रवेशमार्फत संसदीय राजनीतिमै जान खोजेको हो भने हामीले रोक्नुछैन, जानुहोस् तर हाम्रो बाहुला नसमात्नुहोस् । चुनावमार्फत समाजवादी क्रान्ति गर्न सङ्गठन, संयुक्त मोर्चा र जनाधार बन्छ भत्रे लगेको हो भने त्यो भ्रम मात्र हो भनेर हामीले बारम्बार भन्यौँ । कैयौँपटक स्पष्ट गर्ने प्रयत्न गर्दै विप्लवलाई भन्याैँ– संसदीय राजनीतिका लागि सङ्गठित र प्रशिक्षित भएको जनताले क्रान्तिको बाटोमा मद्दत गर्न सक्दैन । क्रान्तिमा लामबद्ध हुन क्रान्तिकारी सिद्धान्त, क्रान्तिकारी कार्यदिशा, क्रान्तिकारी कार्यनीति, क्रान्तिकारी संस्कृति र सोचबाट प्रशिक्षित हुनुपर्छ । जनतामा त्यसको प्रशिक्षण हुन क्रान्तिकारी पार्टीका नेताहरू नै स्पष्ट हुनु पहिलो सर्त हो । हामीले भन्यौँ– विप्लवमा देखिएको ढुलमुल र अस्थिरताले, अस्पष्टता र अन्योलले जनता झनै दिग्भ्रमित हुन पुग्छ । छेपारोले रङ बदलेजस्तै विप्लव कहिलेकहीँ बुझेको अभिनय पनि गर्थे र कहिले संसद्‌वादमै अडान लिन पुग्थे तर विप्लवको अवसरवाद यहाँ पनि छुपेरुस्तमका रूपमा रहिरह्यो । बैठकको अन्तिम अवस्थामा उनले संसदीय बाटो समात्ने कुरा खुला रूपमा स्वीकार गरेनन् । केन्द्रीय समितिलाई लागेको थियो– विप्लवमा ठूलो रूपान्तरण आएको छ । अब पार्टीले राम्रो गति लिनेछ र विगतका भ्रमहरूको अन्त्य गर्दै क्रान्तिकारी कार्यदिशामा अगाडि बढ्नेछ । अन्ततः १२ औँ केन्द्रीय समितिको बैठकले पार्टी चुनावमा नजाने, पार्टी दर्ता नगर्ने र त्यति बेलाको विशिष्ट अवस्थामा साम्राज्यवाद, प्रतिक्रियावादविरोधी र प्रगतिशील चरित्र देखाउने उम्मेदवारहरूलाई समर्थन गर्न सकिने नीति एकमतले पारित गरियो तर विप्लव–प्रकाण्ड गुटले क्रान्तिकारी नीतिको विसर्जनको लक्ष्य पनि छाडेको थिएन भत्रे तथ्य चितवनको प्रशिक्षणमा उदाङ्गो भयो । केन्द्रीय समितिको निर्णयका विरुद्ध प्रमुख भएको नेता नै हमलामा उत्रिएपछि केन्द्रीय समितिको अपेक्षामा पुनः कुठाराघात हुन पुग्यो ।

काठमाडौँ आइसकेपछि सचिवालयका दुई बैठक भए । पहिलो बैठकमा विप्लव र प्रकाण्डलाई कारबाही गर्नुपर्ने आवश्यकतामा छलफल भयो । प्रकाण्डलाई भनिएको थियो– उनलाई सचिवालयबाट हटाइनुपर्छ र प्रवक्ताको जिम्मेवारी निलम्बन गरिनुपर्छ । विप्लवलाई मैले नै भनेको थिएँ– उनलाई एक वर्ष, एक महिना, एक साता, एक दिन, एक घन्टा वा एक मिनेट कति समय कारबाही गर्नुपर्छ ? त्यसको प्रस्ताव महासचिव भएकाले उनैले गरून् । कारबाही किन ? किनभने जनताले एउटा क्रान्तिकारी पार्टीको नेतालाई कसरी बुझ्ने ? पार्टीको अनुशासित नेता भनेर बुझ्ने वा केन्द्रीय समितिको निर्णय नमात्रे अराजक, अनैतिक, अनुशासनहीन नेता भनेर बुझ्ने ? निश्चय पनि क्रान्तिका लागि जनताले अनुशासित नेताको माग गर्छ । १२ औँ केन्द्रीय समितिका निर्णयहरूको उल्लङ्घन गरेका कारण त्यो दोषबाट मुक्त हुन विप्लवले कारबाही भोग्नुपर्छ भत्रे हाम्रो तर्क थियो । प्रकाण्डले गल्ती गरेको भए कारबाही भोग्न तयार छु भनेर थोरै राजनीतिक चरित्र देखाएका थिए तर उनी यसमा कहाँनिर सुरक्षित थिए भने उनले चुनाव सार्ने, पार्टी दर्ता गर्ने, चुनाव चिह्न लिने जुन हर्कतहरू गरेका थिए त्यो विप्लवको आदेश र निर्देशनमा नै गरेका थिए र विप्लव नै आदेश दिने भएकाले त्यसको दोषी विप्लव नै हुन्छन् भत्रे थियो । प्रकाण्डको अवसरवाद थियो यो । उसो त विप्लव र प्रकाण्ड तर चोर र तरबार चोरको कथाजस्तै एउटै विकृतिका दुई पाटा हुन् तर पनि औपचारिक रूपमा नै सही, प्रकाण्डले सामान्य राजनीतिक नैतिकता देखाउँदा विप्लवले छलफल गर्ने सामान्य नैतिकतासम्म देखाउन सकेनन् । दोस्रो बैठकमा यी गल्तीहरू नदोहोर्याउने वचनबद्धता गरे र त्यसअनुसारको वक्तव्य दिने निर्णय पनि भयो तर बैठकबाट निस्कनेबित्तिकै फेरि संसद्वादपरस्त राजनीतिक काम सुरु गरिहाले । यतिबेला पार्टीभित्रको अराजकता यति माथि पुग्यो– केन्द्रीय सदस्यहरूले गरेका कमजोरीहरूको लेखाजोखा हराउन थाल्यो । ‘धोती फुस्किएपछि लाजको के परबाह’ भत्रे नेपाली उखानजस्तै पार्टीको प्रमुख नेता भनिएका विप्लव र प्रवक्ता भनिएका प्रकाण्डको क्रान्तिकारी विचार, दर्शन, राजनीतिको धोती फुस्किएपछि पार्टीका केन्द्रीय सदस्यहरूको अराजकताले सीमा नाघ्नु अन्यथा हुँदैनथ्यो, त्यही भयो । कोही एमालेको चुनावचिह्न लिएर खडा भए, कोही काङ्ग्रेसको । विप्लवको वर्गविश्लेषणमा प्रचण्ड प्रतिगामी र केपी ओली क्रान्तिकारी भएपछि माके पार्टीलाई हराउन एमालेसँग मिलोमतो गर्ने नीतिसमेत बन्यो । विप्लव–प्रकाण्ड गुटमा क्यान्सरझैँ फैलिएको राजनीतिक अराजकताले अन्ततः त्यो पार्टीमा रहेको क्रान्तिकारी भावना, लक्ष्य र उत्सर्गको विसर्जन गर्यो ।

क्रान्तिकारी लक्ष्य, भावना र उत्सर्गको विसर्जन भैसकेपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी विसर्जित हुनु अनिवार्य थियो र विसर्जित पार्टी विप्लव–प्रकाण्ड गुटमा परिणत हुनु अनिवार्य थियो, भयो पनि । क्रान्तिकारी प्रतिष्ठा, जनताको विश्वास समाप्त भएपछि त्यो गुटमा आक्रोशको राग उम्लिएको छ, नक्कली अहंकारले राज गरेको छ र विक्षिप्त मनोदशा शरीरमा एसिडझैँ फैलिएको छ । उनले नेपाल कम्युनिस्ट पार्टी (बहुमत) विरुद्ध जे वाणीहरू बौछार गरेका छन् त्यसले उनको मानसिक हीनता, निकृष्ट संस्कृति, कुण्ठा र वितृष्णाको भारी बोकेको छ । यसको अन्तिम परिणाम भनेको आपराधिक हर्कतमा उत्रनु हो । उनका हर्कतहरू अहिले त्यही दिशामा बढेका छन् ।

विप्लवले आफ्ना निम्नपुँजीवादी रोमाञ्चवादी सम्पूर्ण औकात बिर्सिएर ‘गद्दार लिनपियाओवादी चरित्र बोकेका वाम आवरणका अवसरवादी–अराजकतावादी…हरूले हमला गरे’ भनेका छन् । गद्दार लिनपियाओवादको प्रसङ्ग चिनियाँ कम्युनिस्ट पार्टीको इतिहासमा देखापर्छ । लिनपियाओ तत्कालीन चिनियाँ कम्युनिस्ट पार्टीका उपाध्यक्ष थिए जतिबेला माओ त्सेतुङ अध्क्षक्ष हुनुहुथ्यो । उनी ती व्यक्ति थिए जसले माओको हत्या गर्ने योजना बनाएका थिए । माओका विरुद्ध गरिएको त्यो घटनाको पछि प्रतीकात्मक रूपमा नेतृत्वका विरुद्ध हमला गर्ने प्रवृत्तिलाई लिनपियाओवादी भत्रे गरिन्छ । यसका दुई अर्थ हुने गर्छन् : पहिलो अर्थ जुन हमला भएको छ त्यो अन्यायपूर्ण हो र दोस्रो अर्थ जसमाथि हमला हुन्छ त्यो माओकै हैसियत राख्ने व्यक्ति हो । विप्लवले अपनाएको सम्पूर्ण राजनीतिक चरित्र, उनका कतिपय विद्रोह र पेट्टी बुर्जुवा रोमान्टिस्ट कारबाहीहरूको कसीबाट विप्लवलाई जाँचेर हेर्ने हो भने विप्लव स्वयम् लिनपियाओवादी हुन् भत्रे प्रमाणित हुन्छ ।

यसमा पहिलो कुरा, हामीले प्रचण्डसँग विद्रोह गर्दा नेपाली क्रान्तिको वैचारिक, दार्शनिक, राजनीतिक र साङ्गठनिक समस्या समाधान गर्ने उद्देश्यले पार्टी पुनर्गठन गरेका थियौँ । नेपाली क्रान्तिको समस्या समाधान गर्ने नेपाली कम्युनिस्ट नेतृत्वले वैचारिक, राजनीतिक, दार्शनिक क्षेत्रमा चुक्ने गरेका खाईहरू, आउने गरेका विचलनका बिन्दु पहिल्याउने र त्यसबाट बच्ने विधिहरूको विकास गर्ने उद्देश्य थियो । परन्तु पार्टी अलग भैसकेपछि विप्लवसँगको लामो सहकार्यबाट स्पष्ट हुँदै आयो– उनको पार्टी पुनर्गठन गर्नुको उद्देश्य प्रतिशोध पूरा गर्नु थियो । हुन पनि त्यति बेला प्रचण्ड र त्यहाँ भएका साथीहरूले विभित्र आर्थिक, राजनीतिक प्रलोभनका कारण पार्टी फुटाएको आरोप लगाउने गरेका थिए । त्यस आरोपको एउटा पुष्टि वादलहरूको संसद्वादप्रति भएको पुनर्एकताले गरिसकेको छ । दोस्रो पुष्टि हेर्न हामीले विप्लवका बानी–बेहोरा, विचार र दृष्टिकोणहरू नै हेर्नुपर्छ । विप्लवले धेरैजसो समयमा जसरी प्रचण्डले पैसा जम्मा गरेको, जनमुक्ति सेनाको पैसा लुकाएको, जीवन आलिसान बनाएको बारे छलफको एजेन्डा बनाउने गर्थे, त्यसको तुलनामा माओवादी नेतृत्वमा जनवादी गणतन्त्र स्थापना गर्ने अवस्थामा पुगेको जनयुद्ध किन असफल भयो, त्यसमा कुन–कुन शक्ति र कुन–कुन बाध्यताले काम गर्यो र यसप्रकारको बाध्यता हाम्रो अगाडि खडा हुनसक्छ कि सक्दैन भत्रे विषय कमै एजेन्डा हुने गर्थे र माओवादी आन्दोलनमा देखापरेका राजनीतिक, वैचारिक र दार्शनिक समस्याका विषयमा खासै ध्यान पुग्दैनथ्यो । संसद्वाद र माक्र्सवादबीच भेद छुट्ट्याउन नसक्नेले पार्टी फुटाउनु; पार्टी बनिसकेपछि हमेसा जुझारु अर्थवादमा ध्यान दिनु (जसअन्तर्गत आन्दोलनलाई सुधारवादी कार्यनीतिमा घुमाउनु र पार्टी र आन्दोलनको दुरुपयोग गर्दै पार्टीको प्रतिष्ठालाई चन्दाको मोलमोलाइमा गिराउनु हुन्छ); राजनीतिक हिसाबले चुनावमा भाग लिँदै संसद्‌वादमा आत्मसमर्पण गर्नु र त्यसमा अहिले संसद्‌वादमा पतन भए पनि कुनै समयमा जनवादी गणतन्त्रका लागि लडेको प्रचण्डलाई हराउन सम्पूर्ण रूपले माओवादी आन्दोलन, क्रान्ति र जनताविरुद्ध लागेका एमाले र काङ्ग्रेससँग चुनावी गठजोड गर्नुले उनको राजनीतिक भित्रता एमाले, काङ्ग्रेस र माकेभन्दा फरक रहेन भत्रे कुरा प्रस्ट भएको छ । विप्लवको पनि सुधारवादी राजनीति हुने, भित्र तरिकाले सम्पत्ति कमाउनकै लागि उस्तै सुधारवादी राजनीति अँगालेका प्रचण्डका विरुद्ध पार्टी फुटाएको हो भने र सम्पत्तिमै हालीमुहाली गरेको प्रतिशोधमा कैलालीमा बम हात्र लगाएको हो भने वास्तविक लिनपियाओवादी विप्लव भएको होइन ? के विप्लवले यो ऐतिहासिक तथ्यको हेक्का राखेका छन् ? आगामी दिनहरूमा शब्द चयन र वाक्य गठनमा विप्लवले ध्यान दिऊन् ।

अब आउँछ अरूलाई लिनपियाओवादी भनेर आफू माओ स्तरमा भएको दाबी गर्ने प्रसङ्ग । माओ महान् मार्क्सवादी–लेनिनवादी हुनुहुन्थ्यो जसको योगदानले मार्क्सवाद–लेनिनवादलाई मार्क्सवाद–लेनिनवाद–माओवादमा विकास गरेको छ । यो सबैका अगाडि प्रस्ट छ । उहाँका बारेमा यहाँ धेरै उल्लेख गर्न आवश्यक छैन । तर आफैँलाई माओको स्तरमा निर्लज्ज रूपमा दाँज्ने विप्लव को हुन ? विप्लव पहिलो कुरा प्रचण्डले त्यति बेला ठाउँ नदिएको कारण प्रतिशोधमा उभिएका रहेछन् भत्रे कुरा यो एक दशकको आन्दोलन र अनुभवले प्रमाणित गर्यो । विप्लव राजनीतिक हिसाबले संसदीय संशोधनवादी, दार्शनिक हिसाबले सारसङ्ग्रहवादी, वैचारिक हिसाबले दक्षिणपन्थी अवसरवादी, सङ्गठनात्मक हिसाबले निरङ्कुशतावादी अधिभूतवादी, आन्दोलनका हिसाबले जुझारु अर्थवादी, मनोवैज्ञानिक स्वभावका हिसाबले निम्नपुँजीवादी रोमाञ्चवादी हुन् भत्रे तथ्य पनि यो एक दशकको आन्दोलन र अनुभवले सिद्ध गरेको छ । यसप्रकारको व्यक्तिले आफैँलाई माओसँग दाँजेर प्रस्तुत गर्नु विप्लवको बच्कना बालरोग हो । त्योभन्दा अझ अगाडि बढेर विप्लवले लेखेका छन्, ‘त्यति मात्र होइन, उनीहरूको यो षड्यन्त्रकारी हमलाभित्र बाकुनिन, कामेनेव, जिनोवेब, खु्रस्चोभका प्रसस्त अन्तरघाती जीवाणुहरू चल्मलाइरहेका देखिन्छन् ।’ क्रान्तिकारी कार्यदिशा निर्माण गर्ने कञ्चन ख्रुस्चोभ हो कि क्रान्तिकारी पार्टीलाई संसदीय राजनीतिमा धकेल्ने विप्लव ? ख्रुस्चोभ, कामेनेव, जिनोवेबको नेपाली रूप त ती विप्लव–प्रकाण्डमा औतारिएको हो जसले क्रान्तिकारी पार्टीलाई संसद्‌वादी राजनीतिमा पतन गराउँदै विप्लव–प्रकाण्ड गुटमा सीमित गरे । भनिरहन आवश्यक छैन– विप्लव–प्रकाण्डहरूले अहिले २१ औँ शताब्दीमा त्यही लाइन पकडेका छन्, जुन १९ औँ र बीसौँ शताब्दीका संशोधनवादीहरूले अपनाएका थिए जसरी अहिले विप्लवले मार्क्सवाद २०० वर्ष पुरानो भैसक्यो, अब नयाँ दर्शन र राजनीति चाहिन्छ भन्दै सुधारवाद र संशोधनको बाटो समातेका छन् । त्यसैले उनीहरू मार्क्सवाद–लेनिनवाद–माओवाद होइन, बाकुनिनवाद, कामेनेववाद, जीनोवेववाद, ख्रुस्चोभवाद, तेङवाद वा भनौँ चाउचेस्कुवादका अनुयायी बत्र पुगेका छन् । यसरी दक्षिणपन्थी भासमा जाकिएको विप्लवले अरूलाई जिनोवेब, कामेनेव भनेर आफूलाई लेनिनको स्तरमा देखाउने चेष्टा गर्नु आफैँमा हास्यास्पद हो ।

विप्लवको मनोगतवाद, रोमान्टिक्स, काल्पनिक स्वेरतरलता एवम् मानसिक सनकले अधिभूतवादी मूल्याङ्कन गर्दै माओ र लेनिनसँग तुलना गरे पनि अहिलेकै लागि वस्तुवादी तरिकाले तुलना गर्ने हो भने विप्लवको मिल्दोजुल्दो प्रवृत्तिका हिसाबले सटिक प्रकारले दाँज्ने हो भने बिरप्पनसँग दाँज्नु वस्तुपरक हुन्छ, बिल्कुल स्वाभाविक हुन्छ । राजनीतिक तथ्यहरूले प्रमाणित गर्नसक्ने कुरा के हो भने विप्लवका तमाम गुणहरू बिरप्पनसँग मिल्दाजुल्दा छन् । बिरप्पन एक्लै जङ्गलमा बस्न रुचाउँथे, विप्लव त्यस्तै रुचाउँछन् । बिरप्पन राजनीतिलाई गौण र हतियारलाई प्रमुख बनाउँथे, विप्लव पनि राजनीतिलाई गौण र हतियार नै प्रमुख मान्छन् । बिरप्पन हतियारको बलमा सामन्तको सम्पत्ति लुटपाट गर्थे, विप्लव पनि त्यसै गर्न रुचाउँछन् । बिरप्पन समाजवाद भन्थे, विप्लव पनि समाजवाद नै भन्छन् । बिरप्पन निमुखा जनताको सेवा गर्नुपर्छ भन्थे, विप्लव पनि त्यस्तै भत्र रुचाउँछन् । बिरप्पनले पुँजीवादी हुँदाहुँदै पनि र चुनावमा भाग लिन चाहँदाचाहँदै पनि राज्यका कारण भारतमा हुने सबै चुनावहरू बहिष्कार गरेका थिए, विप्लव पनि राज्यका कारण चुनाव बहिष्कार गर्न विवश भएका छन् । यिनै कारण र तथ्यहरूको कसीमा जाँचपडताल गर्ने हो भने यति बेलाका सन्दर्भमा, यति बेला विकास भएको ठोस परिस्थितिको ठोस विश्लेषणका आधारमा, वैज्ञानिक निष्कर्षसहित भत्र मिल्छ : विप्लव प्रवृत्तिबराबर बिरप्पन प्रवृत्ति हुन्छ अथवा बिरप्पन प्रवृत्तिबराबर विप्लव प्रवृत्ति हुन्छ ।

यी त भए विप्लव र बिरप्पनबीच मिल्ने तथ्यहरू । जसरी वस्तुको विकासका सन्दर्भमा केही अपवाद पैदा हुन्छन् त्यस्तै गरी विप्लव र बिरप्पनका बीचमा केही अपवाद अवश्य छन् । उनीहरूका बीचको मिल्ने प्रवृत्तिका बाबजुद नमिल्ने एउटा गुण छ । बिरप्पन सामन्तबाट लुटेको सम्पत्ति गरिबहरूमा वितरण गर्थे, विप्लव भने सबै आफैँले कुम्ल्याउन चाहन्छन् । यी ज्यामितीय तथ्यहरूले पुष्टि गर्छन्– विप्लवले त्यति बेला प्रचण्डबाट पार्टी फुटाउन हामीसँग जुन सहकार्य गरे त्यो प्रचण्डका विरुद्ध विद्रोह थिएन, त्यो उनको लिनपियाओवादी कमजोरी थियो । हामीले त १२ औँ केन्द्रीय समितिको बैठकमा उनको प्रस्ताव खारेज गर्न बहस गर्याैँ, विप्लवलाई गलत कार्यनीति परित्याग गर्न प्रोत्साहित गर्यौँ, विप्लवले गलत नीति सच्याएबापत हामीले आभार प्रकट पनि गर्यौँ, पार्टीलाई एकताबद्ध बनाएर जनवादी केन्द्रीयताका आधारमा विप्लवको नेतृत्वमा पार्टीका कामहरूलाई शिखरमा पुर्याउने वचनबद्धता गर्यौँ अनि जब विप्लवले ११ दिनको बहस, केन्द्रीय सदस्यहरूको जनवादलाई लत्याएर पराजित भएको उनको संसद्‌वादपरस्त कार्यनीति व्यवहारमा लागू गरे त्यसपछि पनि हामीले उनलाई आत्मालोचना गर्न प्रस्ताव गर्यौँ । १ सेकेन्ड भए पनि कारबाहीमा बस्न र जनताको दृष्टिमा विप्लव भनेको अनुशासित नेता हो भत्रे स्थापित गर्न प्रस्ताव गर्यौँ । यी सबैका बाबजुद विप्लव–प्रकाण्डको यात्रा संसद्‌वादको दिशामा पतन भएपछि हामीले खुला तरिकाले, तीव्र गतिमा, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा सबै विरासतहरूमा नयाँ आयाम थप्दै विप्लव गुटलाई पार्टीबाट निष्कासन गर्यौँ र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को पुनर्गठन गर्यौँ । यो विद्रोहलाई लिनपियाओवाद भत्रु विप्लवको जडसूत्रवाद हो, कुण्ठा भरिएका पीडाहरू हुन्, आक्रोश, अहंकार र विक्षिप्तताको बराही–क्रन्दन (बराह अर्थात् सुँगुर; बराही अर्थात् सुँगुर प्रकृतिको) हो । यो गुटले कम्युनिस्ट नैतिकताका सामान्य मूल्यहरूसमेत उल्लङ्घन गरेपछि, सबै ठाउँमा अनुशासनमाथि पूरापूर धोती लगाएपछि, आडम्बरी अजीर्णताको पराकाष्टा देखाएपछि, अराजकताको ताण्डव नृत्य देखाएपछि र सचेत रूपमा संसदीय राजनीतिमा प्रवेश गरेपछि हामीले उनको यो गुटलाई पार्टीबाट निष्कासन गरेर पार्टी पुनर्गठन गरेका हौँ । यी तथ्यहरूलाई विप्लवका कुनै पनि भावनात्मक र मनोगत तर्कले विस्थापित गर्न सक्दैन ।

यो अवस्थामा विप्लवका लागि अझै पनि अपवादका रूपमा के हुनसक्छ भने उनले वैचारिक, राजनीतिक, दार्शनिक खोटलाई विनम्रतापूर्वक सच्याए भने यी सबै तथ्यहरू उल्टिन सक्छन् । यो द्वन्द्ववादी नियम हो र यसलाई हामीले कदाचित नजरअन्दाज गर्नु हुँदैन । तसर्थ हाम्रा लागि विप्लवले आफ्ना राजनीतिक, वैचारिक कमजोरीहरू सच्याउनु ठूलो शुभेच्छा हुनेछ ।

विप्लवले आफ्नो लेखमा भनेका छन्, उनले गरेको ‘महाधिवेशन’ ले विप्लवको ‘सही विचारको (शब्दमा जोड मेरो) रक्षा गर्न मूलभूत रूपले सफल भएको छ ।’ यहाँ विप्लवका लागि सही विचार के हो ? उनको सही विचार भनेको त्यही हो जो माथि उल्लेख गरिएको छ । उनको महाधिवेशनले जुन हटाउनुपर्ने विचार हो, जसमा शुद्धीकरण गर्नुपर्ने हुन्थ्यो, जसमा उनले दुनियाँले बुझ्ने गरी आत्मालोचना गर्नुपर्ने हुन्थ्यो त्यही कुरा रक्षा गर्न सफल हुनु यो केवल दुनियाँका लागि उदेकको विषय मात्र होइन, स्वयम् विप्लवका लागि पनि लज्जास्पद विषय हो ।

अब आउँछ विप्लवको चुनाव बहिष्कारको कुरा । चुनावको बहिष्कार गर्नेबित्तिकै क्रान्तिकारी होइन्छ भत्रु गलत कुरा हो । विश्वका तमाम देशहरूमा र नेपालमै पनि तमाम पुँजीवादीहरू, संसद्‌वादीहरूले परिस्थिति नमिलेको अवस्थामा चुनाव बहिष्कार गर्दै आएका छन् । त्यसको पछिल्लो नमुना नेपालका तमाम ढुलमुल राजनीतिक पार्टीहरू र स्वयम् विप्लव–प्रकाण्ड गुट हो जो संसदीय चुनावमा जान चाहेर पनि, उनको विचारमा, जान राज्यले निषेधको व्यवहार गरेका कारण भाग लिन असम्भव भयो । विप्लवले उनको निबन्धमा भनेका छन्, ‘पार्टीले असोज १ ऐतिहासिक नवौँँ महाधिवेशन काठमाडौँमा उद्घाटन गर्दैछ र तयारी धुमधामसँग हुँदैछ अनि साउन २२ बाट सङ्घ र प्रदेशको चुनावमा भाग लिन चाहने दलहरूले दल दर्ता गर्नु पर्नेछ, पार्टीले आन्तरिक र मित्रशक्तिसँग छलफल गर्दैछ । यो सबैलाई हेरेर मालिकहरूलाई खुसी पार्ने, महाधिवेशनलाई बिथोल्ने र पार्टी चुनाव उपयोगका पक्षमा जानै चाहे पनि भाग लिन नसक्ने बनाउने उद्देश्यका साथ घटना घटाइएको छ ।’ संसदीय चुनावमा भाग लिन नपाउनुको अरण्य रोदन हो यो विप्लवको । चुनावको बहिष्कार राजनीतिक हो कि प्रतिशोध ? यो राजनीतिक नभएर प्रतिशोध हो भत्रे तथ्य तलको वाक्यले स्पष्ट गर्छ । उनले भनेका छन्, ‘यो खेलमा मुख्यतः माके र काङ्ग्रेस संलग्न देखिन्छन् ।’

उनका भनाइहरूलाई विचार गरौँ : साउन २२ बाट सङ्घ र प्रदेशको चुनावमा भाग लिने पार्टी र दलहरूले दल दर्ता गर्नु पर्नेछ । विप्लव–प्रकाण्ड गुट पनि चुनावमा जानुपर्ने भएकाले त्यो समयावधिमा दर्ता गर्नु पर्नेछ किनकि दर्ता नगरीकन, संविधान, नियम, कानुनप्रति सम्पूर्ण रूपले समर्पित नगरीकन र दलाल पुँजीवादी संसदीय व्यवस्थालाई संस्थागत गर्ने प्रतिबद्धतामा सहीछाप नगरीकन चुनावमा भाग लिन पाइँदैन । त्यसका लागि उनको गुटले एक्लै संसदीय राजनीतिमा स्थान बनाउन नसक्ने भएपछि मित्रशक्तिहरूसँग अथवा आहुती, ऋषि कट्टेल, कर्णजित बुढा, केपी ओलीलगायत सङ्गठनहरूसँग छलफल गर्नैपथ्र्यो । पार्टी (भनेको विप्लव–प्रकाण्ड गुट) चुनाव उपयोगका पक्षमा जानै चाहे पनि भाग लिन नसक्ने बनाउने उद्देश्यका साथ घटना घटाइयो जुन घटना सरकारले तत्कालीन नेपाल कम्युनिस्ट पार्टीका नेताहरूमाथि वारेन्ट गरेको थियो । अब विषयहरू स्पष्ट हुँदै आउँछन्– विप्लव–प्रकाण्ड गुटको बहिष्कार के हो ? यो क्रान्तिकारी समाजवादी कार्यनीति हो कि बुर्जुवा तथा सामन्ती प्रतिशोधात्मक प्रतिगामी कार्यनीति ? उनका भनाइहरूबाटै प्रस्ट हुन्छ विप्लव उनको संसद्‌वादपरस्त राजनीतिक नीतिअनुसार संसदीय चुनावमा जान चाहन्थे, परन्तु सरकारले वारेन्ट गरेको घटना घटाएका कारण चुनावमा भाग लिन बर्जित गरिए । विप्लवले जसरी आफूलाई क्रान्तिकारी देखाउने कोसिस गरेका छन् त्यसमा कि उनलाई क्रान्तिकारी र सुधारवादी के हो भत्रे कुनै भेउ छैन कि त उनले त्यहाँ भएका तमाम साथीहरूलाई उल्लु बनाइरहेका छन् जसको श्रम र पसिनाको प्रयोग गरेर भोलिका दिनहरूमा चन्दा सङ्कलन, गिट्टी–बालुवाको व्यापार, कुटपिट, गुन्डागर्दीको रक्षा गर्नेछन् । यही क्रममा विप्लवले उनको आलेखमा भनेका छन्, ‘जरुरी पर्छ भने सम्पूर्ण दाउ थापेर पनि भिड्न सक्नुपर्छ । परिस्थितिले हामीलाई त्यही दिशातिर धकेलिरहेको छ’ र उनले ठीक त्यही गरेका पनि छन् जो उनले भनेका छन्, जसको सुरुआत नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का कपिलवस्तु जिल्ला सचिवालय सदस्य टुकलाल पुनमाथि साङ्घातिक हमला गरेका छन् । यो हर्कत उनको विक्षिप्त मनोदशा, आपराधिक प्रवृत्ति, हीनताबोध, लघुताभास र नीचताको पराकाष्टा हो ।

क्रमशः अर्को अङ्कमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *